जलबिरे नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो ठाउँमा ५०४ वटा घर छन। जलबिरे गाविस जिल्ला सदरमुकामबाट उत्तरमा पर्ने गाविस हो। सदरमुकामबाट ३ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल ६.३१ वर्गकिलोमिटर छ। जलबिरे गाविसको पूर्वमा हगाम पश्चिममा सेलाङ बतासे उत्तरमा पाङताङ र दक्षिणमा फुल्पिङकोट गाविस पर्दछ। ब्रम्हायणी नदीको काखमा अवस्थित यस गाविस फुल्पिङकोट थमु अन्तर्गत पर्दछ। जलबिरे गाविसमा अधिकांश क्षेत्री तथा नेवारहरूको बसोबास छ। यस गाविसका अधिकांश मानिसहरू कृषिमा व्यस्त भएपनि अन्य व्यावसायीक पेशामा पनि संलग्न छन्। गाविसको प्रमुख कृषिबाली धान मकै तथा गहुँ हो। जलबिरे गाविसमा स्लेट ढुङ्गाको खानी रहेको अनुमान गरिएको छ। विद्यतु उत्पादनका दृष्टिले यस गाविसमा पिको हाइड्रो प्रोजेक्टको विकास गरिएको छ, जुन नेपालमा नै यस प्रकारको चौथो हो। वि.सं. २०५८ सालको जनगणना अनुसार यस गाविसमा ५०४ घरपरिवारमा २४४०को संख्यामा मानिसहरू बसोबास गर्दछन।[१]

जलबिरे
देश नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लासिन्धुपाल्चोक
जनसङ्ख्या
 (1991)
 • जम्मा२,१९०
 • धर्म
हिन्दु
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "जलबिरे", merosindhu.com, अन्तिम पहुँच २०११-०८-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-१० मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्