चिलिमे कालिज परिवारको एक प्रजाति हो। यो एक अपेक्षाकृत सानो, छोटो पुच्छर भएको चरा हो जुन व्यापक रूपमा पूर्वी हिमालयका भारत, नेपाल, भुटान, चीन र उत्तरी म्यानमारमा पाइन्छ। यसको जनसङ्ख्याको प्रवृत्ति बिस्तारै घट्दै गएको देखिन्छ, त्यसैले सन् २००९ मा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीमा यस प्रजातिलाई कम चासोको रूपमा मूल्याङ्कन गरिएको छ।[]

चिलिमे चरा
Ithaginis cruentus
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
उपकुल:
वंश:
Ithaginis

Wagler, 1832
प्रजाति:
I. cruentus
वैज्ञानिक नाम
Ithaginis cruentus
(Hardwicke, 1821)
पर्याय

Ithaginis cruentatus

चिलिमे भारतीय राज्य सिक्किमको राष्ट्रिय प्रतीक हो।[]

 
पोथी चिलिमे चरा सिक्किम, भारतमा

चिलिमेको आकार सानो हुन्छ। यसको लम्बाई लगभग १७ इन्च (४३ सेन्टिमिटर) हुन्छ। यो छोटो, बलियो कालो ठुँड, आँखाको बीचमा प्वाँख, र विभिन्न रङको प्वाँखको सानो शिखा हुन्छ। सेतो धर्साको साथ माथिको प्वाँखको रङ गाढा खरानी हुन्छ। पखेटाका आवरणहरू हरियो रङ सहित विभिन्न रङ्गका हुन्छन्। भाले र पोथी दुवैको खुट्टा रातो हुन्छ र आँखाको वरिपरि नाङ्गो छालाको छुट्टै रिङ हुन्छ जुन सामान्यतया रातो रङको हुन्छ, तर केही उपप्रजातिहरूमा सुन्त रङको हुन्छ। पोथीहरू अधिक समान रूपमा रङ्गीन हुन्छन्।[]

वितरण र वासस्थान

सम्पादन गर्नुहोस्

नेपाल, सिक्किम, उत्तरी म्यानमार, तिब्बत र मध्य र दक्षिण-मध्य चीनका पहाडहरूमा यसको उल्लेख्य बसोबास रहेको पाइन्छ जहाँ यस प्रजाति कोणधारी वा मिश्रित जङ्गल र हिमरेखा नजिकका क्षेत्रहरू रूचाउँछन्। तिनीहरू मौसमको आधारमा आफ्नो दायरा सार्छन्, र गर्मीको समयमा उच्च उचाइमा पाइन्छन्। शरद ऋतु र जाडो याममा हिउँ पर्ने क्रम बढेसँगै यिनीहरू तल्लो उचाईमा सर्छन्।[]

यस प्रजातिलाई हाल सङ्घले रातो सूचीमा कम चासोको रूपमा वर्गीकृत गरिएको छ।[][] यद्यपि, आधाभन्दा बढी जनसङ्ख्या बासस्थानको क्षति र विखण्डन, अवैध शिकार र मानव अशान्तिको कारण खतरामा रहेको मानिन्छ।[] दक्षिण पश्चिम चीनमा यसको अधिकांश वितरण दायरा पान्डाको वासस्थानसँग जोडिएको छ। यसले भुइँमा गुँड बनाउने र अपेक्षाकृत लामो प्रजनन अवधिले गर्दा यसलाई विशेष गरी जनावरहरूद्वारा कुल्चने र वासस्थानको ह्रासको लागि असुरक्षित बनाउँदछ।[]


तस्विर सङ्ग्रह

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. १.० १.१ १.२ BirdLife International (२००९), "Ithaginis cruentus", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2010.4, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ 
  2. Kazmierczak, K.; Singh, R. (१९९८), A Birdwatchers' Guide to India, London, UK: Prion, पृ: १३७, आइएसबिएन 978-1-871104-08-0 
  3. Hardwicke, T. (१८२१), "Descriptions of a Wild Dog of Sumatra, a new Species of Viverra, and a new Species of Pheasant.", The Transactions of the Linnean Society of London (Linnean Society of London) XIII: 235–238। 
  4. Johnsgard, P. A. (1999) The Pheasants of the World: Biology and Natural History. Washington, D.C: Smithsonian Institution Press
  5. Fan, F.; Bu, H.; McShea, W.J.; Shen, X.; Li, B.V.; Li, S. (२०२०), "Seasonal habitat use and activity patterns of blood pheasant Ithaginis cruentusbe in the presence of free-ranging livestock", Global Ecology and Conservation 23: e01155, डिओआई:10.1016/j.gecco.2020.e01155 
  6. Wei, W.; Swaisgood, R. R.; Dai, Q.; Yang, Z.; Yuan, S.; Owen, M. A.; Pilfold, N. W.; Yang, X.; Gu, X.; Zhou, H.; Han, H.; Zhang, J.; Hong, M.; Zhang, Z. (२०१८), "Giant panda distributional and habitat-use shifts in a changing landscape", Conservation Letters 11 (6): e12575, डिओआई:10.1111/conl.12575 
  7. Jia, C.-X.; Sun, Y.-H.; Swenson, J. E. (२०१०), "Unusual Incubation Behavior and Embryonic Tolerance of Hypothermia by the Blood Pheasant (Ithaginis cruentus)", The Auk 127 (4): 926–931, डिओआई:10.1525/auk.2010.09254 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्