घेघरी घाँसेफिस्टो नेपाल लगायत दक्षिण एसियाका भूभागमा पाइने घाँसेफिस्टो एक प्रजाति हो। यो प्रजाति अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा संवेदनशील अवस्थामा सूचिकृत छ। यसलाई अङ्ग्रेजीमा ग्रे-काउन्ड प्रिनिया (Grey-crowned Prinia) भनिन्छ।

घेघरी घाँसेफिस्टो
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
P. cinereocapilla
वैज्ञानिक नाम
Prinia cinereocapilla
हड्सन

विबरण सम्पादन गर्नुहोस्

घेघरी घाँसेफिस्टो मैलो सुन्तले आखीँभौँ, तालु र गर्दन नीलोफुस्रो, पिठ्युँ र ढाड खैरो भएको हुन्छ। यसको लम्बाई ११ सेन्टिमिटर तथा तौल ६ देखि ८.५ ग्राम हुन्छ।

वितरण तथा वासस्थान सम्पादन गर्नुहोस्

घेघरी घाँसेफिस्टो दक्षिण एसियामा नेपाल, भुटान र उत्तरी भारत पाइन्छ। नेपालको सन्दर्भमा यो प्रजाति चितवन राष्ट्रिय निकुञ्जमा पाइएको अभिलेख छ। यो प्रजाति १०६५ मिटर भन्दा तलको भूभागमा पाइने गर्छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्