गोरखा राज्य चौबिसे राज्य मध्येको एक राज्य थियो। गोरखा राज्यको बिस्तार पश्चिममा मर्स्याङ्दी नदीदेखि पूर्वमा त्रिशूली नदी सम्म थियो।

गोरखा राज्य
गोरखा
वि.सं. १६१६–वि.सं. १८२५
राजधानीगोरखा
आम भाषाहरूखस भाषा (नेपाली),
धर्म
हिन्दु,
सरकारराजतन्त्र
राजा 
• वि.सं. १६१६ - १६२७
द्रव्य शाह (प्रथम)
• वि.सं. १६७१ - १६९३
राम शाह (चौथो)
• वि.सं. १७७९ - १८२५
पृथ्वीनारायण शाह (अन्तिम)
इतिहास 
• राजा द्रव्य शाहले लिगलिगकोटको युद्धद्वारा गोरखामाथि शासन गरेको
वि.सं. १६१६
वि.सं. १७९३ - १८०३
वि.सं. १८१४ - १८२४
• राजा पृथ्वीनारायण शाहले गोरखाबाट काठमाण्डौ राजधानी सारेर नेपाल अधिराज्यको स्थापना गरेको
वि.सं. १८२५
पूर्ववर्ती
उत्तरवर्ती
लिगलिगकोट क्षेत्र
त्रिशुली क्षेत्र
नेपाल अधिराज्य
अचेल नेपाल

नामाकरण सम्पादन गर्नुहोस्

गोरखा राज्यको नाम गुरु गोरखनाथको नामबाट राखिएको हो।[१]

इतिहास सम्पादन गर्नुहोस्

द्रव्य शाहले विसं १६१६ मा लिगलिगकोट जितेर गोरखा राज्यको सुरुवात गरेका थिए।[२] यशोब्रम्ह शाहका दुई छोरा नरहरिद्रव्य शाह थिए र द्रव्यले आफू राजा बन्न सक्ने सुनेपछि लिगलिगकोटको दौडमा भाग लिएर दौड जितेका थिए।[३]

राजाको सुची सम्पादन गर्नुहोस्

राजा जन्म मृत्यु राज्यारोहण शासन अन्त्य
द्रव्य शाह १५७० वि.सं. १६१६ १६२७
पुरेन्द्र शाह वि.सं. १६६२ वि.सं. १६२७ वि.सं. १६६२
छत्र शाह वि.सं. १६६३ वि.सं. १६६२ वि.सं. १६६३
राम शाह वि.सं. १६९० वि.सं. १६६३ वि.सं. १६९०
डम्बर शाह वि.सं. १६९९ वि.सं. १६९० वि.सं. १६९९
श्रीकृष्ण शाह वि.सं. १७१५ वि.सं. १६९९ वि.सं. १७१५
रूद्र शाह वि.सं. १७२६ वि.सं. १७१५ वि.सं. १७२६
पृथ्वीपत्ति शाह वि.सं. १७७३ वि.सं. १७२६ वि.सं. १७७३
नरभूपाल शाह वि.सं. १७९९ वि.सं. १७७३ वि.सं. १७९९
श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह वि.सं. १७७९ वि.सं. १८३१ वि.सं. १७९९ वि.सं. १८३१

चित्र सम्पादन गर्नुहोस्


सन्दर्भ साम्रगीहरू सम्पादन गर्नुहोस्

  1. तामाङ, राम (१४ असार २०७४), "गोरखाल्याण्डको नामाकरण र गोरखा शब्दको उत्पत्ति", अनलाइनखबर, अन्तिम पहुँच १६ आषाढ २०७९ 
  2. महर्जन, वसन्त (२६ पुस २०७७), "गोरखा राज्य विस्तारकाे अनौठो अभ्यासः भौगोलिक विजय, सांस्कृतिक पराजय !", हिमालखबर, अन्तिम पहुँच १६ आषाढ २०७९ 
  3. कैनी, सुदीप (६ माघ २०७४), "द्रव्यशाहको सालिक अनावरण", रेडियो कान्तिपुर, अन्तिम पहुँच १६ आषाढ २०७९