डम्बर शाह
गोरखाका राजा
राजा डम्बर शाह गोरखा राज्यका राजा थिए । यिनको जन्म राजा राम शाह र रानी शशीरेखा देवीको कोखबाट भएको थियो । यिनी राजा श्रीकृष्ण शाहका पिता थिए । यिनलाई पिता राम शाहले आफू जिवितै रहँदा राजा बनाइदिएका थिए । यिनको शासनकाल सन् १६३३ देखि १६४५ सम्म रह्यो । यिनको मृत्यु सन् १६४५ मा गोरखामा भयो ।[१]
पूर्वाधिकारी राम शाह |
गोरखाको राजा सन् १६३३ – १६४५ |
उत्तराधिकारी श्रीकृष्ण शाह |