गाई एउटा घरपालुवा तथा स्तनधारी जनावर हो । गाईलाई दुध, गुइठा र कम्पोस्ट मलका लागि पाल्ने गरिन्छ । यसका अलावा गाईको छाला समेत उपयोगि हुन्छ । यो जनावरको भाले पशुलाई साँढे वा गोरु भनिन्छ । गोरुलाई गाडाहरू तान्ने र खेत बारीमा जोत्ने काममा प्रयोग गरिन्छ । गाई हिन्दुहरूको पुज्य पशु हो । गाई नेपालको राष्ट्रिय जनावर हो । हिन्दुहरूले गाईलाई लक्ष्मीको रूपमा मान्नेगर्दछन् । नेपालमा गाई तिहारको दिन गाईको पूजा धुमधामले गरिन्छ । दुध हामीले दैनिक जीवनमा प्रयोग गर्ने पौष्टिक पदार्थ हो । दुधले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउनुका साथै मष्तिष्कलाई निकै फाइदा गर्छ । धेरैजस्तो राष्ट्रमा गाईपालन माशुका लागि पनि गरिन्छ ।

गाई
A Swiss Braunvieh cow wearing a cowbell
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
स्तनधारीप्राणी
उपवर्ग:
उपवर्ग:
गण:
कुल:
उपकुल:
वंश:
प्रजाति:
B. primigenius
उपप्रजाति:
B. p. taurus,
B. p. indicus
वैज्ञानिक नाम
Bos primigenius
Bojanus, 1827[१]
त्रिपद नाम
Bos primigenius taurus,
Bos primigenius indicus

Bovine range
पर्याय

Bos taurus,
Bos indicus

गाईको पिसाब सम्पादन गर्नुहोस्

गाईको पिसाबलाई गौमुत्र अथवा गहुँत भनिन्छ । हिन्दू मान्यता अनुसार गोमुत्रले अपवित्रता नास गर्छ भन्ने रहेको छ । कुनै पनि धार्मीक कार्यक्रम गर्दा गोमुत्र छर्केर पवित्र गराउने प्रचलन रहेको छ ।गाईको गहुँत पवित्र मानिन्छ र हिन्दु धर्मका देव तथा पितृ कार्यहरूमा गौमूत्रको ठूलो महत्त्व छ।

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. Grubb, Peter (१६ नोभेम्बर २००५), "Bos taurus primigenius", in Wilson, Don E., and Reeder, DeeAnn M., eds, Mammal Species of the World: A Taxonomic and Geographic Reference (3rd संस्करण), Baltimore: Johns Hopkins University Press, 2 vols. (2142 pp.), आइएसबिएन 978-0-8018-8221-0, ओसिएलसी 62265494 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

"https://ne.wikipedia.org/w/index.php?title=गाई&oldid=1133368" बाट अनुप्रेषित