गजुरी गाउँपालिका
गजुरी गाउँपालिका धादिङ जिल्लाका ११ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका गजुरी, पिडा र किरानचोक गाविसहरू यसमा गाभिएका थिए।
गजुरी गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २८°४′१२.३१″उ॰ ८५°०′३१.९८″पू॰ / २८.०७००८६१°N ८५.००८८८३३°Eनिर्देशाङ्कहरू: २८°४′१२.३१″उ॰ ८५°०′३१.९८″पू॰ / २८.०७००८६१°N ८५.००८८८३३°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | धादिङ |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | गणेशलाल श्रेष्ठ (नेकपा (माओवादी केन्द्र)) |
• उपाध्यक्ष | शर्मिला विसुराल (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १३८.६६ किमी२ (५३.५४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २८,६३४ |
• घनत्व | २१०/किमी२ (५३०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०१० |
वेबसाइट | आधिकारिक वेबसाइट |
राजधानी काठमाडौँबाट करिब ७२ किलोमिटर पश्चिममा पर्ने यस स्थान पञ्चायतकालमा पनि एक प्रमुख स्थानमा पर्दथ्यो। यो धादिङ जिल्लाको सदरमुकाम धादिङ्गबेसी पछि रहेको एक प्रमुख स्थान हो। गजुरीबाट सदरमुकाम करिब २५ किलोमिटरको दुरीमा पर्दछ। तत्कालिन समयमा एउटा शान्त गाउँका रुपमा रहेको यस स्थान अहिले विस्तारै शहरीकरण तर्फ उन्मुख हुँदै गइरहेको छ। वर्तमान समयमा यहाँ विभिन्न बैंक तथा वित्तीय संस्थाहरु खुलेका छन् भने विभिन्न बोर्डिङ्ग स्कूलहरू पनि खुलेका छन्। पृथ्वी राजमार्गले विचमा चिरेको यो सहरका भित्री भागहरूमा पनि शाखा बाटोहरू खुलेर घरहरू बन्ने क्रम जारी छ। त्रिशुली नदीको किनारमा रहेको यो स्थान समुद्र सतहबाट करिब ५०० मिटरको उचाइमा रहेको छ।
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गजुरी गाउँपालिकाको कुल जनसङ्ख्या २८,६३४ रहेको छ भने यहाँ ६,८३९ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति