शाहिद आफ्रिदी

पाकिस्तानी क्रिकेटर

शाहिद अफ्रिदी (उर्दु: شاہدآفریدی; पस्तो: شاهد اپریدی; जन्म साहिबजादा मोहम्मद शाहिद खान आफ्रिदी, वा दर्शकमाझ बम बुम अफ्रिदीको नामले चिनिन्छन । वहाँको जन्म सन १९८० मार्च 1 मा भएको हो । वहाँ पाकिस्तानी भुतपूर्व अन्तर्राष्ट्रिय र टेस्ट क्रिकेट खेलाडी हुन । वर्तमान समयमा वहाँ पाकिस्तानको टि-२० टिमका कप्तान हुन । वहाँको पाकिस्तानी क्रिकेट टिममा अलराउन्डरको भूमिका रहेको छ ।[२][३] सन १९९६ मा श्रीलङ्का विरूद्ध आफ्नो पहिलो एकदिवसिय खेलमा मात्रै ३७ बलमा शतक जमाएर चम्किएका बुम बुम अफ्रिदी आफ्नो आक्रामक ब्याटिङले कुनै पनि बलिङ आक्रमणको धज्जी उडाउन सक्छन ।[४] वहाँले वनडे क्रिकेटमा कुल ३९८ खेल खेलेर ८०६४ रन बनाए र ३९५ विकेट प्राप्त गरेका छन् ।[५][६] वहाँ सन २०११ आइसिसी विश्वकपमा टिमको कप्तान रहे जसमा भारतलाई मोहालीमा भएको सेमिफाइनलमा पाकिस्तानलाई हराएको थियो तर वहाँ प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए । अफ्रिदीको ब्याटिङ शैलीको आलोचना भएता पनि वहाँले आफ्नो आक्रामक अन्दाजलाई अन्त्यसम्म पनि छोडेनन् ।[७]

शाहिद खान आफ्रिदी
شاہد خان آفریدی
व्यक्तिगत जानकारी
नामसाहिबजादा मोहम्मद शाहिद खान आफ्रिदी
उपनामबुम बुम अफ्रिदी[१]
ब्याटिङदायाँ हाते
बलिङदायाँ हाते (लेग स्पिन)
भूमिकाअलराउन्डर
सम्बन्धतारिक अफ्रिदी (भाई)
अस्फाक अफ्रिदी (भाई)
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप २७)२२ अक्टोबर १९९८ v अस्ट्रेलिया
अन्तिम टेस्ट१३ जुलाई २०१० v अस्ट्रेलिया
एदिअ पदार्पण (क्याप ३७८)२ अक्टोबर १९९६ v केन्या
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२० मार्च २०१५ v अस्ट्रेलिया
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक१०
घरेलु टोली जानकारी
वर्षटिम
१९९५-२०१०कराँची
१९९७-२००९हबिब बैङ्क लिमिटेड
२००१लिसेस्टरशायर
२००३डर्बीशायर
२००३-२००४ग्रिकल्याण्ड वेस्ट
२००४केन्ट
२००७-२००८सिन्ध
२०१०साउथर्न रेडब्याक्स
२०१०डेकन चार्जर्स
२०११-ह्याम्पशायर
२०११-मेलबर्न रेनीगेड्स
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडिआई टि-ट्वान्टीआइ प्रथम श्रेणी
म्याच २७ ३९८ ८२ ११२
कुल रन १,७१६ ८,०६४ १२१८ ५,६८९
ब्याटिङ औसत ३६.५१ २३.५७ १९.०३ ३१.६०
१००/५० ५/८ ६/३९ ०/४ १२/३१
सर्वोच्च स्कोर १५६ १२४ ५४* १६४
कुल बल ३,१९४ १७,६७० १७९० १३,५४९
विकेट ४८ ३९५ ८३ २६३
बलिङ औसत ३५.६० ३४.५१ २३.७१ २६.८०
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट n/a n/a
उत्कृष्ट बलिङ ५/५२ ७/१२ ४/११ ६/१०१
क्याच/स्टम्प १०/- १२७/- २०/- ७७/–
स्रोत: क्रिकइन्फो, १७ अक्टोबर २०१५

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "ICC World Twenty20 teams guide", BBC Sport, २८ अप्रिल २०१०, अन्तिम पहुँच २१ फेब्रुअरी २०११ [dead link]
  2. Khabir Uddin Mughal, "Top 10 Best ODI All-Rounders in Currant Cricket", Sporteology, अन्तिम पहुँच २२ मे २०१५  वेब्याक मेसिन अभिलेखिकरण २९ अप्रिल २०१५ मिति
  3. Khabir Uddin Mughal, "Shahid Afridi World records in Tests, ODI's, T20", Sporteology, अन्तिम पहुँच २२ मे २०१५ 
  4. "One-Day Internationals / Batting records / Most sixes in career", Cricinfo, अन्तिम पहुँच ३० जुन २०१० 
  5. Khabir Uddin Mughal, "Longest Six in History of Cricket By Afridi.", Sporteology, अन्तिम पहुँच २२ मे २०१५  वेब्याक मेसिन अभिलेखिकरण १ मे २०१५ मिति
  6. "Leading Wicket Takers in T20 Internationals", १ जनवरी २०१४। 
  7. "Shahid Afridi" 

बाह्य लिङ्क सम्पादन गर्नुहोस्