कोशी प्रदेशको मुख्यमन्त्री

कोशी प्रदेशको मुख्यमन्त्री कोशी प्रदेशको सरकार प्रमुख हो। नेपालको संविधान २०७२को धारा १६७ बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्रीको नियुक्त गर्ने व्यवस्था छ।[] मुख्यमन्त्री पाँच वर्ष वा प्रदेश सभा विघटन नभएसम्म पदमा रहन्छन्।

कोशी प्रदेशको मुख्यमन्त्री
बहालवाला
हिक्मतकुमार कार्की
२०८१ वैशाख २७ देखि
कोशी प्रदेश सरकार
सम्बोधनमाननीय
स्थितिसरकार प्रमुख
सदस्य
नियुक्तिकर्ताप्रदेश प्रमुख
अवधिप्रदेश सभाको पदावधिमा बहुमतको हासिल गरेमा
५ वर्ष नहुञ्जेल सम्म वा पहिले विघटन नगरेसम्म
कुनै सीमा छैन
गठनवि.सं २०७४
प्रथम धारकशेरधन राई
तलबरु - ६१,०००
वेबसाइटOfficial website

कोशी प्रदेशका वर्तमान मुख्यमन्त्री नेकपा (एमाले)का हिक्मतकुमार कार्की हुन्। उनी २०८१ वैशाख २७ मा, मुख्यमन्त्रीमा नियुक्त भएका थिए।[]

नेपालको संविधान २०७२ले मुख्यमन्त्रीपदका लागि योग्य हुनका लागि आवश्यक योग्यता निर्धारण गरेको छ। मुख्यमन्त्रीले प्रदेश सभा सदस्य बन्नका लागि योग्यता पूरा गरेको हुनुपर्दछ।[]

प्रदेश सभाको सदस्य हुनु पर्दछ:

  • एक नेपाली नागरिक
  • सम्बन्धित प्रदेशको मतदाता
  • २५ वर्ष वा सो भन्दा बढी उमेरका
  • कुनै पनि फौजदारी कसुरमा दोषी ठहर नभएको
  • कुनै पनि कानूनद्वारा अयोग्य घोषित नभएको र

कुनै पनि लाभको पद धारण नगरेको

यसका साथै मुख्यमन्त्री प्रदेशसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेता हुनुपर्नेछ। यदि कुनै दलसँग बहुमत छैन भने अन्य दलको समर्थनमा मुख्यमन्त्रीसँग प्रदेश सभामा बहुमत हुनैपर्छ। निर्वाचन भएको तीस दिनभित्र मुख्यमन्त्री नियुक्त नभएमा वा प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेशसभामा सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गरिन्छ। यदि यसरी नियुक्त गरिएको मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न असफल भएमा, कुनै पनि प्रदेश सभा सदस्यले दलगत निष्ठाको बावजूद संसदमा बहुमत प्राप्त गर्न सक्दछ, उसलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ। यदि यी मुख्यमन्त्रीले पनि विश्वासको मत प्राप्त गर्न असफल भएमा प्रदेश प्रमुखले सभा भङ्ग गर्छन् र नयाँ चुनावको आह्वान गरिन्छ।[]

कोशी प्रदेशका मुख्यमन्त्रीहरूको सूची

सम्पादन गर्नुहोस्
क्रम तस्वीर नाम
निर्वाचन क्षेत्र
(जन्म)
कार्यकाल सभा
(निर्वाचन)
राजनीतिक दल मन्त्रिपरिषद् स्रोत
पदभार सम्हालेको पदभार छोडेको अवधि
शेरधन राई
भोजपुर १ (ख)का संसद सदस्य
(जन्म २०२७)
२०७४ फागुन २ २०७८ भदौ १० ३ वर्ष, १९३ दिन पहिलो
(२०७४)
नेकपा (एमाले) शेरधन राई मन्त्रिपरिषद् [][]
भीम आचार्य
सुनसरी १ (ख)का संसद सदस्य
(जन्म २०१५)
२०७८ भदौ १० २०७८ कात्तिक १५ ६७ दिन भीम आचार्य मन्त्रिपरिषद् [][]
  राजेन्द्रकुमार राई
भोजपुर १ (क)का संसद सदस्य
(जन्म २०२६)
२०७८ कात्तिक १६ २०७९ पुस २५ १ वर्ष, ६८ दिन नेकपा (एकीकृत समाजवादी) राजेन्द्रकुमार राई मन्त्रिपरिषद् []
  हिक्मतकुमार कार्की
झापा ५ (क)
(जन्म २०२०)
२०७९ पुस २५ २०८० असार २२ १७९ दिन दोस्रो
(२०७९)
नेकपा (एमाले) पहिलो हिक्मतकुमार कार्की मन्त्रिपरिषद् [१०]
उद्धव थापा
समानुपातिक सांसद
(जन्म २०१४)
२०८० असार २२ २०८० साउन १७ २६ दिन नेपाली काङ्ग्रेस उद्धव थापा मन्त्रिपरिषद् [११]
२०८० साउन १७ २०८० भदौ २२ ३७ दिन दोस्रो उद्धव थापा मन्त्रिपरिषद् [१२]
(४)   हिक्मतकुमार कार्की
झापा ५ (क)का संसद सदस्य
(जन्म २०२०)
२०८० भदौ २२ २०८० असोज २८ ३७ दिन नेकपा (एमाले) दोस्रो हिक्मतकुमार कार्की मन्त्रिपरिषद् [१३]
  केदार कार्की
मोरङ ६ (ख)का संसद सदस्य
(जन्म २०३०)
२०८० असोज २८ २०८१ वैशाख २७ २०७ दिन नेपाली काङ्ग्रेस केदार कार्की मन्त्रिपरिषद् [१४]
(४)   हिक्मतकुमार कार्की
झापा ५ (क)का संसद सदस्य
(जन्म २०२०)
२०८१ वैशाख २७ बहालवाला १०५ दिन नेकपा (एमाले) तेस्रो हिक्मतकुमार कार्की मन्त्रिपरिषद् [१५]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "नेपालको संविधान २०७२ – धारा १६७", नेपाल कानुन आयोग (नेपालीमा), मूलबाट १३ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०८-१३ 
  2. "UML’s Hikmat Karki appointed chief minister in Koshi", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०५-१३ 
  3. नेपालको संविधानको धारा १७८ को बमोजिम (२०७२ असोज ३)
  4. नेपालको संविधानको धारा १६८ को बमोजिम (२०७१ असोज ३)
  5. "Rai sworn in as Province 1 chief minister", thehimalayantimes.com, १६ फेब्रुअरी २०१८, अन्तिम पहुँच २०२२-०६-०३ 
  6. "Bhim Acharya replaces Sherdhan Rai as Province 1 chief minister", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०६-०३ 
  7. "Bhim Acharya takes oath as Chief Minister of Province 1", खबरहब, २६ अगस्ट २०२१, मूलबाट २६ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अगस्ट २०२१ 
  8. "Province 1 Chief Minister Bhim Acharya resigns from his post", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०६-०३ 
  9. "Province 1, Karnali get new chief ministers", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०६-०३ 
  10. "Hikmat Kumar Karki appointed as Province 1 CM", गोरखापत्र, अन्तिम पहुँच २०२३-०१-०८ 
  11. "Uddhav Thapa appointed Koshi chief minister", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-१०-२२ 
  12. "NC’s Thapa appointed Koshi chief minister", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-१०-२२ 
  13. "Supreme Court orders Hikmat Karki be appointed Koshi chief minister", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-१०-२२ 
  14. "Kedar Karki of Nepali Congress appointed Koshi chief minister", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-१०-२२ 
  15. "UML’s Hikmat Karki appointed chief minister in Koshi", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०५-१३