कैलो घाँसेभ्याकुर (Dumetia hyperythra) सानो घाँसेभ्याकुरको प्रजाति हो। यसले साना झाडिदार जङ्गलहरूमा साना समूहहरूमा बस्ने र चर्ने गर्छन्। भारतीय उपमहाद्वीप भित्र यसका तीन उप-प्रजातिहरू रहेका छन्।

कैलो घाँसेभ्याकुर
D. hyperythra hyperythra - सतपुरा राष्ट्रिय निकुञ्जमा
आवाज
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Old World babbler
वंश: Dumetia
(Franklin, 1831)[२]
प्रजाति:
D. hyperythra
वैज्ञानिक नाम
Dumetia hyperythra
(Franklin, 1831)[२]
पर्याय
  • Malacocercus albogularis Blyth. 1847[३]
  • Timalia hyperythra Franklin, 1831

विबरण सम्पादन गर्नुहोस्

यसको लम्बाई चुच्चो देखि लामो गोलाकार किनारा भएको पुच्छर सम्म १३ सेन्टिमिटरको हुन्छ। बाहिरी पुच्छरको प्वाँखहरूको लम्बाइ बिचको प्वाँखको आधा हुन्छन्। यसको माथिको भाग गाढा खैरो रङ्ग र तलको भाग सुन्तला रङ्गको हुन्छ। यसको निधारमा प्वाँखहरू कडा हुन्छन् र पुच्छर जैतून-खैरो रङ्गको हुन्छ। भारतीय उपमहाद्वीप र श्रीलङ्कामा पाइने वयस्कहरूको घाँटी सेतो हुन्छ। तथापि, श्रीलङ्कामा पाइने प्रजातिहरूको ठूलो ठुँड र तल्लो भाग पहेँलो रङ्गको हुन्छ।

माउन्ट अबुमा पाइने प्रजातिहरूको सेतो घाँटी, टाउकोमा कटुस रङ्गको प्वाँखहरू फिक्का ठुँड भएको हुन्छन्।

वितरण तथा वासस्थान सम्पादन गर्नुहोस्

कैलो घाँसेभ्याकुर नेपाल र उत्तर-मध्य भारतदेखि श्रीलङ्कासम्म पाइन्छ। यसको प्राकृतिक वासस्थान झाडिदार र अग्लो घाँसे मैदानहरू हुन्। श्रीलङ्कामा यो चरा समुद्री सतहबाट करिब १५०० मिटरसम्मको पहाडमा पाइन्छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. BirdLife International (२०१७), "Dumetia hyperythra", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2017: e.T२२७१६२८६A११११०६३८९, डिओआई:10.2305/IUCN.UK.2017-1.RLTS.T22716286A111106389.en, अन्तिम पहुँच १२ नोभेम्बर २०२१ 
  2. Franklin, James (१८३१), "Catalogue of Birds", Proceedings of the Committee of Science and Correspondence of the Zoological Society: 114–125। 
  3. Blyth, E (१८४७), "Notices and descriptions of various new or little known species of birds", J. Asiat. Soc. Bengal 16: 428–476। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्