कृष्णगोपाल श्रेष्ठ
कृष्णगोपाल श्रेष्ठ एक नेपाली राजनीतिज्ञ र नेपालका पूर्व मन्त्री हुन्।[१] उनी नेपालको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का राजनीतिज्ञ हुन्।
कृष्णगोपाल श्रेष्ठ | |
---|---|
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री | |
कार्यकाल सन् २०२० डिसेम्बर २५ – सन् २०२१ जुलाई १३ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | खड्गप्रसाद ओली |
मन्त्रिपरिषद् | दोस्रो ओली मन्त्रिपरिषद् |
पूर्वाधिकारी | गिरीराज मणि पोखरेल |
वन तथा वातावरण मन्त्री | |
कार्यकाल सन् २०२१ जुन २४ – सन् २०२१ जुलाई १२ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | खड्गप्रसाद ओली |
मन्त्रिपरिषद् | दोस्रो ओली मन्त्रिपरिषद् |
पूर्वाधिकारी | नारदमुनि राणा |
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री | |
कार्यकाल सन् २०२१ जुन २४ – सन् २०२१ जुलाई १३ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | खड्गप्रसाद ओली |
मन्त्रिपरिषद् | दोस्रो ओली मन्त्रिपरिषद् |
पूर्वाधिकारी | विमल प्रसाद श्रीवास्तव |
युवा तथा खेलकुद मन्त्री | |
कार्यकाल सन् २०२१ जुन २४ – सन् २०२१ जुलाई १३ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | खड्गप्रसाद ओली |
मन्त्रिपरिषद् | दोस्रो ओली मन्त्रिपरिषद् |
पूर्वाधिकारी | एकवाल मियाँ |
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री | |
कार्यकाल सन् २०२१ जुन २४ – सन् २०२१ जुलाई १३ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | खड्गप्रसाद ओली |
मन्त्रिपरिषद् | दोस्रो ओली मन्त्रिपरिषद् |
पूर्वाधिकारी | शेरबहादुर तामाङ |
सहरी विकास मन्त्री | |
कार्यकाल सन् २०२० अक्टोबर १४ – सन् २०२० डिसेम्बर २५ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | खड्गप्रसाद ओली |
मन्त्रिपरिषद् | दोस्रो ओली मन्त्रिपरिषद् |
स्थानीय विकास राज्य मन्त्री | |
कार्यकाल सन् २००४ – सन् २००५ | |
मन्त्रिपरिषद् | तेस्रो देउवा मन्त्रिपरिषद् |
सङ्घीय संसद सदस्य | |
कार्यकाल सन् २०१७ – सन् २०२१ | |
निर्वाचन क्षेत्र | काठमाडौँ ९ |
प्रतिनिधि सभा सदस्य | |
कार्यकाल सन् १९९२ – सन् १९९४ | |
निर्वाचन क्षेत्र | काठमाडौँ ५ |
प्रतिनिधि सभा सदस्य | |
कार्यकाल सन् १९९४ – सन् १९९९ | |
निर्वाचन क्षेत्र | काठमाडौँ ७ |
व्यक्तिगत विवरण | |
जन्म | २२ सेप्टेम्बर १९५८ |
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | नेकपा (एमाले) |
राजनीतिक करियर
सम्पादन गर्नुहोस्श्रेष्ठ सन् १९७९ मा नेकपा एमालेको पूर्ववर्ती नेकपा मालेको सदस्य भएर राजनीतिमा प्रवेश गरेका थिए। दलविहीन पञ्चायत व्यवस्था विरुद्धको लडाइँमा उनी पटक–पटक गिरफ्तार र जेल परेका थिए।[२][२] सन् १९८२ मा पार्टीको काठमाडौँ जिल्ला सचिव बनेका थिए। उनले सन् १९८६ मा भक्तपुर जिल्ला सचिव, सन् १९९० मा ललितपुर जिल्ला सचिव[२] र (माओवादी केन्द्र)सँग एकता भएए नेकपा एमाले संस्थागत राजनीतिक दल भएपछि सन् १९९८ देखि सन् २०१८ सम्म उनी नेकपाको केन्द्रीय सदस्य बनेका थिए।[२]
पार्टीका सचिव मदन भण्डारीले आफ्नो सिट छाडेपछि उनी वि.स. २०४८ को उपनिर्वाचनमा काठमाडौँ ५ बाट निर्वाचित भएका थिए।[२] उनी आम निर्वाचन २०५१ मा काठमाडौँ ७ निर्वाचन क्षेत्रबाट विजयी भएका थिए तर आम निर्वाचन २०५६ मा उनी काठमाडौँ ७ बाट पराजित भएका थिए।[२]
सन् २००५ मा उनी स्थानीय विकास राज्य मन्त्री नियुक्त गरिएका थिए।[२] सन् २००८ को संविधानसभा निर्वाचनमा उनी काठमाडौँ ९ बाट पुन: उम्मेदवार भएपनि पराजित भएका थिए। सन् २०१३ को दोस्रो संविधानसभाको निर्वाचनमा समेत उनी काठमाडौँ ९ निर्वाचन क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार थिए तर आफ्नो लामो समयदेखिका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ध्यान गोविन्द रञ्जितसँग पराजित भएका थिए।[२][३]
वि.सं. २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी वाम गठबन्धनको नेकपा एमालेको प्रतिनिधित्व गर्दै काठमाडौँ ९ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए।[४] नेकपा एमालेको नेकपा (माओवादी केन्द्र)सँग एकीकरण भएपछि उनी नयाँ पार्टीको कोषाध्यक्ष तथा आर्थिक व्यवस्थापन विभागको उपप्रमुखमा नियुक्त भएका थिए।[५][६]
व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्उनको जन्म सन् १९५८ अक्टोबर १ मा काठमाडौँमा बुवा हरिलाल र आमा हरिमाया श्रेष्ठको घरमा भएको थियो।[२] उनले आफू विनम्र पृष्ठभूमिबाट आएको र एकै पटक सोझै पाँच कक्षामा भर्ना भएको बताएका थिए।[२] उनले अर्थशास्त्रमा स्नातकोत्तरको उपाधि प्राप्त गरेका छन्।[२] उनको दुई छोरी छिन्। [२]
निर्वाचन इतिहास
सम्पादन गर्नुहोस्निर्वाचन | वर्ष | निर्वाचन क्षेत्र | नतिजा | मत | राजनीतिक दल | स्रोत |
---|---|---|---|---|---|---|
आम निर्वाचन २०४८ | वि.सं. २०४९ | काठमाडौँ ५ | विजयी | २१,२५३ | नेकपा एमाले | [७] |
आम निर्वाचन २०५१ | वि.सं. २०५१ | काठमाडौँ ७ | विजयी | २२,३१३ | नेकपा एमाले | |
आम निर्वाचन २०५६ | वि.सं. २०५६ | काठमाडौँ ७ | पराजित | १५,३०४ | नेकपा एमाले | [८] |
संविधानसभा निर्वाचन, २०६४ | वि.सं. २०६४ | काठमाडौँ ९ | पराजित | १२,१९४ | नेकपा एमाले | |
संविधानसभा निर्वाचन २०७० | वि.सं. २०७० | काठमाडौँ ९ | पराजित | १३,१०० | नेकपा एमाले | [९] |
प्रतिनिधिसभा निर्वाचन, २०७४ | वि.सं. २०७४ | काठमाडौँ ९ | विजयी | २२,८५२ | नेकपा एमाले |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "को हुन् नवनियुक्त शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ ? Nepalpatra", नेपालपत्र (नेपालीमा), अन्तिम पहुँच २०२१-११-३०।
- ↑ २.०० २.०१ २.०२ २.०३ २.०४ २.०५ २.०६ २.०७ २.०८ २.०९ २.१० २.११ "Krishna Gopal Shrestha" [कृष्णगोपाल श्रेष्ठ], उज्यालो अनलाइन (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-२३।
- ↑ "संसद विघटनको छैठौं दिनमा नयाँ शिक्षा मन्त्री, शहरी विकासबाट शिक्षामा सरुवा !", एडु खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-११-३०।
- ↑ "Economic revolution under left alliance govt: Shrestha", सेतो पाटी (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-२३।
- ↑ "CPN finalizes department chiefs, Ishwore Pokharel to head school department", सेतोपाटी (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-२३।
- ↑ "प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् हेरफेर, विष्णु पौडेल अर्थमन्त्री, कृष्णगोपाल श्रेष्ठ सहरी विकासमन्त्री", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-११-३०।
- ↑ "Election 1991 constituency results", नेपाल रिसर्च (pdf) (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-११-३०।
- ↑ "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-२३।
- ↑ "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति