कृष्णगोपाल श्रेष्ठ एक नेपाली राजनीतिज्ञ र नेपालका पूर्व मन्त्री हुन्।[१] उनी नेपालको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का राजनीतिज्ञ हुन्।

कृष्णगोपाल श्रेष्ठ
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
कार्यकाल
सन् २०२० डिसेम्बर २५ – सन् २०२१ जुलाई १३
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीखड्गप्रसाद ओली
मन्त्रिपरिषद्दोस्रो ओली मन्त्रिपरिषद्
पूर्वाधिकारीगिरीराज मणि पोखरेल
वन तथा वातावरण मन्त्री
कार्यकाल
सन् २०२१ जुन २४ – सन् २०२१ जुलाई १२
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीखड्गप्रसाद ओली
मन्त्रिपरिषद्दोस्रो ओली मन्त्रिपरिषद्
पूर्वाधिकारीनारदमुनि राणा
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
कार्यकाल
सन् २०२१ जुन २४ – सन् २०२१ जुलाई १३
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीखड्गप्रसाद ओली
मन्त्रिपरिषद्दोस्रो ओली मन्त्रिपरिषद्
पूर्वाधिकारीविमल प्रसाद श्रीवास्तव
युवा तथा खेलकुद मन्त्री
कार्यकाल
सन् २०२१ जुन २४ – सन् २०२१ जुलाई १३
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीखड्गप्रसाद ओली
मन्त्रिपरिषद्दोस्रो ओली मन्त्रिपरिषद्
पूर्वाधिकारीएकवाल मियाँ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री
कार्यकाल
सन् २०२१ जुन २४ – सन् २०२१ जुलाई १३
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीखड्गप्रसाद ओली
मन्त्रिपरिषद्दोस्रो ओली मन्त्रिपरिषद्
पूर्वाधिकारीशेरबहादुर तामाङ
सहरी विकास मन्त्री
कार्यकाल
सन् २०२० अक्टोबर १४ – सन् २०२० डिसेम्बर २५
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीखड्गप्रसाद ओली
मन्त्रिपरिषद्दोस्रो ओली मन्त्रिपरिषद्
स्थानीय विकास राज्य मन्त्री
कार्यकाल
सन् २००४ – सन् २००५
मन्त्रिपरिषद्तेस्रो देउवा मन्त्रिपरिषद्
सङ्घीय संसद सदस्य
कार्यकाल
सन् २०१७ – सन् २०२१
निर्वाचन क्षेत्रकाठमाडौँ ९
प्रतिनिधि सभा सदस्य
कार्यकाल
सन् १९९२ – सन् १९९४
निर्वाचन क्षेत्रकाठमाडौँ ५
प्रतिनिधि सभा सदस्य
कार्यकाल
सन् १९९४ – सन् १९९९
निर्वाचन क्षेत्रकाठमाडौँ ७
व्यक्तिगत विवरण
जन्म (1958-09-22) २२ सेप्टेम्बर १९५८ (उमेर ६५)
राष्ट्रियतानेपाली
राजनीतिक दलनेकपा (एमाले)

राजनीतिक करियर सम्पादन गर्नुहोस्

श्रेष्ठ सन् १९७९ मा नेकपा एमालेको पूर्ववर्ती नेकपा मालेको सदस्य भएर राजनीतिमा प्रवेश गरेका थिए। दलविहीन पञ्चायत व्यवस्था विरुद्धको लडाइँमा उनी पटक–पटक गिरफ्तार र जेल परेका थिए।[२][२] सन् १९८२ मा पार्टीको काठमाडौँ जिल्ला सचिव बनेका थिए। उनले सन् १९८६ मा भक्तपुर जिल्ला सचिव, सन् १९९० मा ललितपुर जिल्ला सचिव[२](माओवादी केन्द्र)सँग एकता भएए नेकपा एमाले संस्थागत राजनीतिक दल भएपछि सन् १९९८ देखि सन् २०१८ सम्म उनी नेकपाको केन्द्रीय सदस्य बनेका थिए।[२]

पार्टीका सचिव मदन भण्डारीले आफ्नो सिट छाडेपछि उनी वि.स. २०४८ को उपनिर्वाचनमा काठमाडौँ ५ बाट निर्वाचित भएका थिए।[२] उनी आम निर्वाचन २०५१ मा काठमाडौँ ७ निर्वाचन क्षेत्रबाट विजयी भएका थिए तर आम निर्वाचन २०५६ मा उनी काठमाडौँ ७ बाट पराजित भएका थिए।[२]

सन् २००५ मा उनी स्थानीय विकास राज्य मन्त्री नियुक्त गरिएका थिए।[२] सन् २००८ को संविधानसभा निर्वाचनमा उनी काठमाडौँ ९ बाट पुन: उम्मेदवार भएपनि पराजित भएका थिए। सन् २०१३ को दोस्रो संविधानसभाको निर्वाचनमा समेत उनी काठमाडौँ ९ निर्वाचन क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार थिए तर आफ्नो लामो समयदेखिका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ध्यान गोविन्द रञ्जितसँग पराजित भएका थिए।[२][३]

वि.सं. २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी वाम गठबन्धनको नेकपा एमालेको प्रतिनिधित्व गर्दै काठमाडौँ ९ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए।[४] नेकपा एमालेको नेकपा (माओवादी केन्द्र)सँग एकीकरण भएपछि उनी नयाँ पार्टीको कोषाध्यक्ष तथा आर्थिक व्यवस्थापन विभागको उपप्रमुखमा नियुक्त भएका थिए।[५][६]

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

उनको जन्म सन् १९५८ अक्टोबर १ मा काठमाडौँमा बुवा हरिलाल र आमा हरिमाया श्रेष्ठको घरमा भएको थियो।[२] उनले आफू विनम्र पृष्ठभूमिबाट आएको र एकै पटक सोझै पाँच कक्षामा भर्ना भएको बताएका थिए।[२] उनले अर्थशास्त्रमा स्नातकोत्तरको उपाधि प्राप्त गरेका छन्।[२] उनको दुई छोरी छिन्। [२]

निर्वाचन इतिहास सम्पादन गर्नुहोस्

निर्वाचन वर्ष निर्वाचन क्षेत्र नतिजा मत राजनीतिक दल स्रोत
आम निर्वाचन २०४८ वि.सं. २०४९ काठमाडौँ ५ विजयी २१,२५३ नेकपा एमाले [७]
आम निर्वाचन २०५१ वि.सं. २०५१ काठमाडौँ ७ विजयी २२,३१३ नेकपा एमाले
आम निर्वाचन २०५६ वि.सं. २०५६ काठमाडौँ ७ पराजित १५,३०४ नेकपा एमाले [८]
संविधानसभा निर्वाचन, २०६४ वि.सं. २०६४ काठमाडौँ ९ पराजित १२,१९४ नेकपा एमाले
संविधानसभा निर्वाचन २०७० वि.सं. २०७० काठमाडौँ ९ पराजित १३,१०० नेकपा एमाले [९]
प्रतिनिधिसभा निर्वाचन, २०७४ वि.सं. २०७४ काठमाडौँ ९ विजयी २२,८५२ नेकपा एमाले

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "को हुन् नवनियुक्त शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ ? Nepalpatra", नेपालपत्र (नेपालीमा), अन्तिम पहुँच २०२१-११-३० 
  2. २.०० २.०१ २.०२ २.०३ २.०४ २.०५ २.०६ २.०७ २.०८ २.०९ २.१० २.११ "Krishna Gopal Shrestha" [कृष्णगोपाल श्रेष्ठ], उज्यालो अनलाइन (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-२३ 
  3. "संसद विघटनको छैठौं दिनमा नयाँ शिक्षा मन्त्री, शहरी विकासबाट शिक्षामा सरुवा !", एडु खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-११-३० 
  4. "Economic revolution under left alliance govt: Shrestha", सेतो पाटी (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-२३ 
  5. "CPN finalizes department chiefs, Ishwore Pokharel to head school department", सेतोपाटी (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-२३ 
  6. "प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् हेरफेर, विष्णु पौडेल अर्थमन्त्री, कृष्णगोपाल श्रेष्ठ सहरी विकासमन्त्री", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-११-३० 
  7. "Election 1991 constituency results", नेपाल रिसर्च (pdf) (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-११-३० 
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-२३ 
  9. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति