कुसुम (वैज्ञानिक नाम: ब्याकुरिआ रेमिफ्लोरा)[१] जसलाई अङ्ग्रेजीमा बर्मी अङ्गुर भन्ने गरिन्छ, फिलान्थेसी परिवारमा एक ढिलो-बढ्ने सदाबहार रूख हो जुन २५ मिटरसम्म अग्लो हुने गर्छ। यो वनस्पति एसियाका बर्मा, कम्बोडिया, लाओस, भियतनाम, भारत, बङ्गलादेश, नेपालमलेसियामा लगायतका देशहरूमा पाइन्छ।[२] यो माटोको एक विस्तृत श्रृङ्खलामा सदाबहार वनमा बढ्छ। यसको फलको प्रयोग वाइन बनाउन, स्थानीयद्वारा फलको रूपमा खान तथा छाला रोगको उपचारको लागि औषधीय रूपमा पनि प्रयोग गरिन्छ। यो वनस्पतिको बोक्रा, जरा र काठ औषधि प्रयोगको लागि काटिन्छ।

कुसुम
कुसुमको रुख
कुसुमको फल
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: दुईदलीय वनस्पति
प्राकृतिक समूह: रोसाइड्स
गण: मेल्पिघिएल्स
परिवार: फिलान्थेसी
वंश: ब्याकुरिआ
लोरेरो, सन् १७९०
प्रजाति:
B. ramiflora
वैज्ञानिक नाम
Baccaurea ramiflora
लोरेरो, सन् १७९०

यसको फल अण्डाकार, रङ्गीन पहेलो, गुलाबी देखि चम्किलो रातो वा बैजनी रङको हुने गर्छ।[३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Lour. (1790) In: Fl. Cochinch.: 661
  2. "Baccaurea ramiflora - Useful Tropical Plants", tropical.theferns.info, अन्तिम पहुँच २०१९-०९-१७ 
  3. "कति गुनी छन् कुसुम, गान्टे र रामगुवा?", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्