कुभिण्डे नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। कुविण्डे गाविस जिल्ला सदरमुकामबाट नजीकै पर्ने गाविस हो। सदरमुकामबाट आधा कोष टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल ८.७२ वर्गकिलोमिटर छ। कुविण्डे गाविसको पूर्वमा फुल्पिङडाँडा, पश्चिममा चौतारा, उत्तरमा बतासे र दक्षिणमा इर्खु गाविस पर्दछ। चौतारा थुम अन्तर्गत पर्ने यस गाविसमा ब्राम्हण नेवार तामाङ जातिको बाक्लो बसोबास छ। यस गाविसको प्राय भेगमा चिसो हावापानी छ। प्रमुख कृषि बालीमा मकै, धान, कोदो तथा केही नगदे बालीहरू गर्दछन्a। सदरमुकामबाट नजीकै भएकाले यस गाविसमा पशुपालनबाट पनि जनताहरू लाभान्वित हुने गरेको छन। विसं २०५८ सालको जनगणना अनुसार कुविण्डे गाविसमा ६५० घरपरिवार रहेको छ कुल जनसङ्ख्या ३२२९ छ।[१]

कुभिण्डे
देश नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लासिन्धुपाल्चोक
जनसङ्ख्या
 (1991)
 • जम्मा२,७७२
 • धर्म
हिन्दु
समय क्षेत्रयुटिसी+5:45 (Nepal Time)

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "कुभिण्डे", merosindhu.com, अन्तिम पहुँच २०११-०७-३० [dead link]

बाह्य कडीहरू सम्पादन गर्नुहोस्