कालिदास
कालिदास ("कालीको दास" संस्कृत: कालिदास) संस्कृत भाषाका सबैभन्दा महान् कवि र नाटककार थिए। कालिदासको शाब्दिक अर्थ "कालीको सेवक" भन्ने बुझिन्छ। कालिदास शिवका पनि भक्त थिए। उनले पौराणिक कथाहरू र दर्शनलाई आधार मानेर रचनाहरू गरेका छन्। कलिदास आफ्नो अलंकार युक्त सुन्दर, सरल र मधुर भाषाका लागि विशेष रूपले जानिन्छन्। उनको ऋतु वर्णन अद्वितीय मानिन्छ। उनका उपमाहरू अनुपम छन्। सङ्गीत तिनको साहित्यको प्रमुख अङ्ग छ र रसको सृजन गर्नमा तिनको कुनै उपमा छैन। उनले आफ्नो शृंगार रस प्रधान साहित्यमा पनि साहित्यिक सौन्दर्यका साथ साथ आदर्शवादी परम्परा र नैतिक मूल्यहरूको समुचित ध्यान राखेका छन्। तिनको नाम अमर छ र तिनको स्थान वाल्मीकि र व्यासको परम्परामा हो। उनी द्वारा लेखिएको कविता तथा नाटकहरू कहिले लेखिएको यकिन नभएता पनि पाँचौ शताब्दीमा लेखिएको अनुमान गर्न सकिन्छ।[१]
कालिदास | |
---|---|
जन्म | चौथौ शताब्दी |
मृत्यु | पाँचौ शताब्दी गुप्त साम्राज्य, अनुमानित उज्जैन अथवा श्रीलङ्कामा |
पेशा | कवि र नाटककार |
राष्ट्रियता | भारतीय |
विधा | संस्कृत नाटक, शास्त्रीय साहित्य |
विषय | महाकाव्य, हिन्दु पुराण |
उल्लेखनीय कार्यहरू | अभिज्ञान शाकुन्तलम्, रघुवंशम्, मेघदूतम्, विक्रमोर्वशीयम्, कुमारसंभवम् |
जीवनसाथी | पौराणिक कथा अनुसार उनको विवाह एक राजकुमारी सँग भएको थियो जसको नाम विद्योतमा रहेको थियो। |
प्रारम्भिक जीवनी
सम्पादन गर्नुहोस्पूर्वीय संस्कृत महाकाव्यको विकास क्रममा महाकवि कालिदास दोस्रो चरणका कलात्मक महाकाव्य परम्पराका विशिष्ट प्रतिभा हुन्। प्राचीन महाकाव्यकारहरू मध्ये यिनको अति उच्च स्थान रहेको देखिन्छ। यिनको समय र जीवनीका बारेमा विभिन्न विद्वान्का विभिन्न मतहरू पाइन्छन्। ती मतमध्ये अधिकांश विद्वानहरूले इसाको चौथो शतब्दीको उत्तरार्धमा कालिदासको जन्म भएको बताएका छन् र यही मत नै उपयुक्त मानिएको छ। ए. बी. किथ, पं.महावीरप्रसाद द्विवेदी र डा. रमाशङ्कर त्रिपाठी आदि विद्वानहरूले चौथो शताब्दी नै कालिदासको समय रहेको प्रमाणित गरेका छन्।[२]। इसाको ४७२ तिरको शिला लेखमा कालिदासको नाम अङ्कित भएको हुनाले यो मत प्रामाणिक देखिन्छ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Encyclopædia Britannica. "Kalidasa (Indian author)".
- ↑ शर्मा, गोपीकृष्ण (दो.सं.२०५६), संस्कृत साहित्यको रूपरेखा, काठमाडौँ : अभिनव प्रकाशन