कम्पनी

निश्चित उद्देश्य प्राप्तको स्थापित निकाय

सामान्यतया कम्पनी भन्नाले कुनै निश्चित उद्देश्य प्राप्तिको लागि सहयोगी व्यक्तिहरूको समूहलाई बुझिन्छ । यसै गरी कुनै निश्चित उद्देश्य प्राप्तिको लागि नेपालको प्रचलित कानुन अनुसार स्थापना भएको व्यक्तिहरूको समूहलाई कम्पनी भनिन्छ । यो शव्द अङ्ग्रेजी बाट आएको आगन्तुक शव्द हो ।

प्रचलित कानुन अनुसार स्थापना हुने भएकोले कम्पनीलाई कानुनी व्यक्ति पनि भनेर चिनिन्छ । कम्पनी स्थापनाको लागि समुहमा रहेका व्यक्तिहरूबाट रकम पूँजीको रूपमा सङ्कलन गरिन्छ भने उक्त पूँजीको बदलामा सो व्यक्तिहरूलाई शेयर वितरण गर्ने गरिन्छ । कम्पनीमा शेयरधनीको दायित्व उसले लिएको शेयरको अंकित मूल्य बराबर मात्र हुने हुँदा कम्पनीमा सिमित दायित्व हुने गर्दछ ।

कानुनी परिभाषा सम्पादन गर्नुहोस्

नेपालको प्रचलित कानुन कम्पनी ऐन, २०६३ को दफा ३ (१) अनुसार मुनाफाको उद्देश्य लिई कुनै उद्यम गर्न चाहने व्यक्तिले एक्लै वा अरूसँग समूहबध्द भई प्रबन्धपत्रमा उल्लेख भए बमोजिम एक वा एक भन्दा बढी उद्देश्य प्राप्तिका लागि दायित्व सिमित गरी संस्थापना गरेकोलाई कम्पनी भनिएको छ ।[१]

कम्पनिका मुलभूत विशेषताहरु सम्पादन गर्नुहोस्

  1. स्वतन्त्र कानुनि अस्तित्व
    कानुनि रुपमा कम्पनीको अस्तित्व कृत्रिम व्यक्ति सरह रहेको हुन्छ । यसको छुट्टै नाम हुनुको साथै आफ्नो नामबाट सम्पत्ति खरिद तथा विक्री गर्न पाउने र अन्य पक्षको नाममा मुद्दा दायर गर्न पाउने अधिकार समेत कम्पनीलाई प्राप्त हुन्छ ।
  2. सीमित दायित्व
    प्रत्येक शेयरधनीहरूको दायित्व उनीहरुले लगानी गरेको शेयरको मुल्यसम्म मात्र सीमित हुन्छ कम्पनीको सम्पत्तिबाट दायित्व भुक्तानी गर्न नसकिएमा पनि शेयरधनीको व्यक्तिगत सम्पत्तीबाट ऋण तिर्नुपर्दैन ।
  3. अविछिन्न उत्तराधिकारी
  4. छुट्टै सम्पति
  5. कम्पनिले मुद्दा गर्न सक्ने तथा कम्पनि उपर पर्न सक्ने
  6. साझा छाप
    व्यक्तिको हस्ताक्षर सरह मान्यता प्राप्त एउटा छुट्टै छाप कम्पनीले प्रयोग गरेको हुन्छ । छाप नभएका कम्पनीका कुनै पनि कागज पत्रले कानुनी मान्यता प्राप्त गर्न सक्दैन् l
  7. हस्तान्तरणीय शेयर
  8. प्रतिनिधित्व मुलक व्यवस्थापन
  9. औपचारिकता, जानकारी तथा खर्च

कम्पनीको प्रकार सम्पादन गर्नुहोस्

१. पब्लिक कम्पनी सम्पादन गर्नुहोस्

पब्लिक कम्पनी भन्नाले कम्तिमा सात जना संस्थापक भई बढीमा जति पनि संस्थापक रहि स्थापना हुने कम्पनीलाई पब्लिक भनिन्छ । साथै जुन कम्पनीको शेयर स्वामित्वलाई साधारण जनतामा बाडिएको र शेयर बजारमा स्वतन्त्र रूपमा शेयरको कारोबार हुने कम्पनीलाई पब्लिक कम्पनी भनिन्छ ।

२. प्राइभेट कम्पनी सम्पादन गर्नुहोस्

प्राइभेट वा निजी कम्पनी भन्नाले बढीमा एक सय एक जनासम्म शेयरधनी हुने तथा आफ्नो धितोपत्र शेयरधनीहरू बाहेक धितोबन्धक राखी वा अन्य कुनै किसिमले हक छाडी दिन नपाउने कम्पनीलाई प्राइभेट कम्पनी भनिन्छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्