कदमबास नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो । पूर्वमा ब्रम्हयाणी नदी (बलेफी), उत्तरमा कुविण्डे र फु्ल्पिङडाँडा गाविस, दक्षिणमा सुनकोशी नदी पारिका यमुनाडाँडाकालिका गाविस तथा पश्चिममा साँगाचोकईर्खु गाविस रहेको यस गाविसको दक्षिणमा भागबाट अरनिको राजमार्ग गएको छ। भौगोलिक रूपमा उष्ण हावापानी हुने सुनकोशी नदी किनारदेखि ठण्डा हावापानी हुने देउरालीसम्म फैलिएको यस गाविस कृषिजन्य उत्पादनमा अगाडि छ। नगदे तथा अन्नबालीका साथसाथै पशुपालनबाट यस गाविसका मानिसहरू जीवनयापन गरिरहेका छन्। व्यापार तथा अन्य व्यावसायका साथसाथै नोकरी क्षेत्रमा पनि यहाँका जनताको सहभागिता राम्रो छ।कदमबास गाविसमा क्षेत्री, जैसी, ब्राम्हण, नेवार तथा तामाङ समुदायको मिश्रित बसोबास छ। [१]

कदमबास
देश नेपाल
अञ्चलबागमती
जिल्लासिन्धुपाल्चोक
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्