उत्क्रोशी फ्यालफ्याले

उत्क्रोशी फ्यालफ्याले नेपाल लगायत भारतीय उपमहाद्वीपका केही राष्ट्रहरूमा पाइने फ्यालफ्यालेको एक प्रजाति हो। यो चराको प्रजाति अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा सङ्कटापन्न अवस्थामा सूचिकृत छ। यसलाई अङ्ग्रेजीमा ब्ल्याक-बेलिड टर्न (Black-bellied Tern) भनिन्छ।

उत्क्रोशी फ्यालफ्याले
Black-bellied Tern
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
S. acuticauda
वैज्ञानिक नाम
Sterna acuticauda
ग्रे, १८३२

विबरण सम्पादन गर्नुहोस्

उत्क्रोशी फ्यालफ्याले लम्बाई ३२ देखि ३५ सेन्टिमिटर (१३ देखि १४ इन्च)सम्म हुन्छ। वयस्क उत्क्रोशी फ्यालफ्यालेको सुन्तले वा पहेँलो रङको ठुँड, कालो तालु र गर्दन, गाढा फुस्रो छाती, कालो पेट र निर्गमस्थल हुन्छ। अल्पवयस्क चराको सेतो पेट र कालो चुच्चो भएको सुन्तले ठुँड हुन्छ। यसको तालुमा ठाडा धर्काहरू हुन्छन्।

वितरण तथा वासस्थान सम्पादन गर्नुहोस्

उत्क्रोशी फ्यालफ्याले नेपाल लगायत एसियाका देशहरू पाकिस्तान, भारत, बङ्गलादेश देखि म्यानमारसम्म पाइन्छन्। यो प्रजाति ७३० मिटर (२४०० फिट)को उँचाई क्षेत्रसम्म पाइने गर्छ। यो चरा ठूला पानीका खुल्ला क्षेत्रहरू, धापीला जमिनमा साथै कहिलेकाँही साना खोल्सा र पोखरीहरूमा पनि बसोबास गर्ने गर्छन।

खतरा तथा संरक्षण अवस्था सम्पादन गर्नुहोस्

उत्क्रोशी फ्यालफ्यालेलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ आफ्नो रातो सूचीमा सङ्कटापन्न अवस्थामा सूचिकृत गरेको छ। नेपालको सन्दर्भमा यो अति सङ्कटापन्न अवस्थामा रहेको छ। प्रजनन् स्थान, वासस्थानको विनास, अवैध सिकार तथा अण्डा सङ्कलन, कुकुर, काग तथा विरालो जस्ता जनावरद्वारा अण्डा नष्ट गरिनु, बाढीले गुँड नष्ट गर्नु, संरक्षित क्षेत्रभित्र अवैध रूपमा माछा मार्ने गतिविधी जस्ता कारणले गर्दा यो प्रजाति खतरामा परेको छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्