आलुबखडा
आलुबखडा नेपालमा पाइने एक किसिमको फल हो। यसको फलको स्वाद अमिलो र गुलियो हुन्छ। यसको फलबाट जाम पनि बनाइन्छ। यो रातो, कालो, पहेँलो र कतै-कतै हरियो रङको पनि हुन्छ। प्रायजसो यसको फलको पातलो बोक्रा धेरै चुकिलो हुन्छ। यसको गुदी रसदार हुन्छ र यसलाई सीधै खान सकिन्छ। यसको रसमा खमीर उठेपछि आलुबखडाको रक्सी पनि बनाइन्छ। सुखाएको आलुबखडालाई धेरै ठाउँमा खाइन्छ र यसमा एन्टी-अक्सिडेन्ट हुने भएकोले केही रोगहरूबाट शरीरलाई सुरक्षित राख्नमा सहयोगी पनि छ।
आलुबखडा | |
---|---|
'प्रुनस डोमेस्टिका' प्रजातिको एक फल | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | वनस्पति |
प्राकृतिक समूह: | फूल फुल्ने वनस्पति |
प्राकृतिक समूह: | दुईदलीय वनस्पति |
प्राकृतिक समूह: | रोसाइड्स |
गण: | रोसालेस |
परिवार: | रोसासिया |
वंश: | प्रुनस |
Subgenus: | Plum |
Section: | प्रुनस सेक्ट. प्रुनस कार्ल लिनियस |
प्रजाति: | P. domestica
|
वैज्ञानिक नाम | |
Prunus domestica कार्ल लिनियस | |
पर्याय[१] | |
सूची
|
अन्य भाषामा
सम्पादन गर्नुहोस्अङ्ग्रेजीमा आलुबखडालाई 'प्लम' (Plum) भनिन्छ। फारसीमा यसलाई 'आलु' (آلو) भनिन्छ। फारसी भाषामा आलुलाई 'आलु जमीनी' भनिन्छ (अथवा जमीनमा उप्जने आलुबखडा)। कश्मीरीमा आलुबखडालाई 'अऽर' भनिन्छ ('अर' मा 'अ' लाई खिचेर बोल्नुपर्छ - संस्कृतमा यसको चिह्न 'ऽ' हुन्छ र त्यही यहाँ प्रयोग गरिएको हो)।
चित्र दिर्घा
सम्पादन गर्नुहोस्-
रुखमा फलेको आलुबखडा
-
पहेँलो रङको मिराबल आलुबखडा
-
आलुबखडाको अचार
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "The Plant List: A Working List of All Plant Species", अन्तिम पहुँच जनवरी २७, २०१४। वेब्याक मेसिन अभिलेखिकरण अप्रिल ४, २०२२ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा आलुबखडा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।