अमर कल्याण उच्च माध्यमिक विद्यालय

अमर कल्याण उच्च माध्यमिक विद्यालय[१] इलाम जिल्लाको माईजोगमाई गाउँपालिकामा पर्ने एक माध्यमिक विद्यालय हो। यो विद्यालयको स्थापना वि.सं. २०११ सालमा स्वयंभू सिद्ध पाठशालाको रूपमा भएको थियो।

अमर कल्याण उच्च माध्यमिक विद्यालय
स्थान
नक्सा

निर्देशाङ्क२६°५७′N ८८°०१′E / २६.९५°N ८८.०१°E / 26.95; 88.01निर्देशाङ्कहरू: २६°५७′N ८८°०१′E / २६.९५°N ८८.०१°E / 26.95; 88.01
जानकारी
प्रकारसार्वजनिक
स्थापनासन् १९५४; ७० वर्ष अघि (१९५४)
ग्रेड१-१० र १०+२
भाषानेपाली तथा अङ्ग्रेजी
तालिकाविहान १० बजे - अपराह्न ४ बजे

बालागुरूले नाङ्गो पहाड नाघीको रूपमा रहेको डाँडामा बस्ती बसाई नयाँबजार नामाकरण गरेपछि प्राथमिक स्कूलको रूपमा यस विद्यालयको स्थापना भएको थियो। पछि निम्न माध्यमिक विद्यालय हुँदै वि.सं. २०४० सालदेखि यो माध्यमिक विद्यालय बनेको हो। वि.सं. २०६० सालदेखि यस विद्यालयले उच्च माध्यमिक शिक्षा परिषदबाट सम्बन्धन लिएर १०+२ कक्षा सञ्चालन गर्न सुरू गरेको हो। यस विद्यालयमा कक्षा १ देखि १० सम्म नेपाली तथा अङ्ग्रेजी विषयमा पठन पाठन हुन्छ। हाल मानविकी, शिक्षाशास्त्र, वाणिज्यशास्त्र विषयमा कक्षा ११ र १२ को पनि पढाई हुन्छ। वि.सं. २०५९ सालको प्रवेशिका परीक्षाको परिक्षाफलमा यो विद्यालयले जिल्लाकै सबैभन्दा उत्कृष्ट नतीजा ल्याएको थियो।[स्रोत नखुलेको]

चित्र दीर्घा सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "सामुदायिक विद्यालयमा डिजिटल प्रविधिबाट अध्यापन", गाउँ संसार (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-१९ 

बाह्य सूत्र सम्पादन गर्नुहोस्