अभिमान सिंह बस्न्यात

नेपाली मूलकाजी

अभिमान सिंह बस्न्यात नेपाल एकीकरण पछिका पहिलो सैनिक कमाण्डर थिए ।[१] कीर्तिपुर कब्जा गर्ने क्रममा जनरल कालु पाँडेको मृत्यु भएपछि यिनी गोर्खा सेनाका प्रधान सेनापति बनाइएका थिए । उनले असनमा मान मन्दिर बनाएका थिए जो अहिले तिलङ्गा घर छ ।

श्री सेनाध्यक्ष
अभिमान सिंह बस्न्यात
Abhiman Singh Basnet.jpg
अभिमान सिंह बस्नेतको तस्बिर
नेपालको सेनापति
पूर्वाधिकारीकालु पाँडे
व्यक्तिगत विवरण
जन्मवि.सं. १८०१
गोरखा जिल्ला
मृत्युवि. सं. १८५७
मोरङ जिल्ला
अभिभावकs
आफन्तहरूनाहरसिंह बस्न्यात, केहरसिंह बस्न्यात र भाइ धोकलसिंह बस्न्यात
सैन्य सेवा
लडाई/युद्धहरूनेपाल एकिकरण

सुरुवातसम्पादन

उनको जन्म सेनापति बडावीर शिवराम सिंह बस्न्यात र शूरप्रभा थापा बस्न्यातको तेस्रो पुत्रको रूपमा भयो । उनका दाजुहरू नाहरसिंह बस्न्यात, केहरसिंह बस्न्यात र भाइ धोकलसिंह बस्न्यात हुन् ।

मृत्युसम्पादन

अभिमानसिंहलाई काला बन्जार क्षेत्र (हालको मोरङ र सुनसरी) क्षेत्र चढाईँ गर्न खटाइएको थियो । त्यहीँ ज्वरोको कारण उनको ५६ वर्षको उमेरमा वि.सं १८५७ मा निधन भयो । [२]

सन्दर्भ साम्रगीहरूसम्पादन

यो पनि हेर्नुहोलासम्पादन