अन्ना हजारे
किसन बाबुराव हजारे (मराठी: अण्णा हजारे; ⓘ, चर्चित नाम: अन्ना हजारे, ⓘ; जन्म : १५ जुन १९३७) एक भारतीय समाजसेवी हुन् । सन् १९९२ मा भारत सरकारले उनलाई पद्मभूषणले सम्मानित गरेको थियो । सूचनाको अधिकारको लागि कार्य गर्ने मध्येमा उनी प्रमुख व्यक्ति हुन् । जन लोकपाल विधेयक पारित गराउनका लागि अन्नाले १६ अगस्त २०११ देखि आमरण अनशन आरम्भ गरेका थिए ।
अन्ना हजारे Anna Hazare | |
---|---|
जन्म | रालेगन सिद्धि, अहमदनगर, महाराष्ट्र | १५ जुन १९३७
राष्ट्रियता | भारतीय |
अन्य नाम | किसन बाबुराव हजारे |
चिनारीको कारण | भ्रष्टाचार विरोधी जन आन्दोलन |
धर्म | हिन्दू |
मातापिता | लक्ष्मीबाई हजारे बाबुराव हजारे |
पुरस्कार | पद्म श्री (१९९०) पद्म विभूषण (१९९२) |
वेबसाइट | www |
उनी भारत सरकारबाट सन् १९९२ मा उनले आफ्नो गाउँको विकासको लागि गरेको प्रयासको लागि नागरिकहरूले पाउने तेश्रो उच्च पुरस्कार पद्यम भुषणबाट सम्मानित समेत भएका थिए ।[१]
भारत सरकारलाई भ्रष्टाचार विरूद्ध कानुन लागु गर्नको लागि दबाब दिनको लागि उनले सन् २०११ अप्रिल ५ मा भोक हडताल शुरू गरेका थिए । फरेन पोलिसी पत्रिकाले सन् २०११ को उच्च १०० विश्व विचारक मध्ये एकको रूपमा उनको नाम राखेका थिए ।[२] साथै सन् २०११ मा नेशनल डेलि पत्रिकाले उनलाई मुम्बईको सबैभन्दा प्रभावशालि व्यक्तिको सूचिमा राखेको थियो ।[३]
जीवनी
अन्ना हजारेको जन्म १५ जुन १९३७ मा महाराष्ट्रको अहमदनगरको रालेगन सिद्धि गाउँको एक मराठा किसान परिवारमा भएको थियो । उनको बुवाको नाम बाबुराव हजारे र आमाको नाम लक्ष्मीबाई हजारे हो ।[४] उनको प्रारम्भिक जीवन निक्कै नै गरीबीमा बितेको थियो । उनको बुवा एक साधारण कामदार थिए र हजुरबुवा सेनामा थिए । उनको हजुरबुवाको कार्यस्थल भिङ्गनगरमा थियो । अन्नाको पूर्वजहरूको गाउँ अहमद नगर जिल्लामा स्थित रालेगन सिद्धिमै थियो। हजुरबुवाको मृत्युको सात वर्षपछि अन्नाको परिवार रालेगन आएर बसोबास थाले । अन्नाका ६ भाईहरू छन् । परिवारको आर्थिक अवस्थाको कारणलाई मध्यनजर गरेर अन्नाको फुपूले उनलाई मुम्बई लिएर गईन् । त्यहाँ उनले सात कक्षा सम्मको पढाई गरेका थिए ।
सैनिक सेवा
सन् १९६२ मा भारत-चीन युद्धपछि भारत सरकारले युवाहरूलाई सेनामा भर्ना हुने अपिल गरेपछि अन्ना सन् १९६३ मा भारतीय सेनाको मराठा रेजिमेन्टमा ड्राइभरको रूपमा भर्ती भए । अन्नाको पहिलो नियुक्ति भारतको पञ्जाबमा भयो । सन् १९६५ मा भारत-पाकिस्तान युद्धको समयमा अन्ना हजारे खेमकरण सीमामा नियुक्त थिए । १२ नोभेम्बर १९६५ मा सेनाको चौकीमाथि पाकिस्तानी हवाई बमबारीमा त्यहाँ तैनात सम्पूर्ण सैनिक मारिए ।[५] यस घटनाले अन्नाको जीवनलाई पूर्ण रूपले परिवर्तन गरेको थियो । यसपछि उनले सेनामा १३ वर्षसम्म काम गरे । उनको तैनाती मुम्बई र कश्मीरमा पनि भयो । सन् १९७५ मा जम्मूमा तैनातीको समय सैनिक सेवाको १५ वर्ष पार गरेर उनले स्वैच्छिक सेवा निवृत्ति लिए र आफ्नो गाउँ रालेगन सिद्धि फर्किए । यसै गाउँलाई उनले आफ्नो सामाजिक कर्मस्थान बनाएर समाज सेवामा जुडेर काम अगाडि बढाए ।
सामाजिक कार्य
सन् १९६५ को युद्धमा मृत्युसँगको साक्षात्कार पछि उनले नयाँ दिल्ली रेलवे स्टेशनमा उनले स्वामी विवेकानन्दद्वारा लिखित एक पुस्तक कल टु द युथ फर नेसन किने । यसै पुस्तकलाई पढेर उनले आफ्नो मनमा आफ्नो जीवनलाई समाजको लागि समर्पित गर्ने इच्छा दृढ बनाए । उनले महात्मा गान्धी र विनोबा भावेद्वारा लिखित अनेकौ पुस्तकहरू पनि पढे । सन् १९७० मा उनले आजीवन अविवाहित रहेर स्वयंलाई सामाजिक कार्यहरूका लागि पूर्णतः समर्पित गर्ने सङ्कल्प गरे ।
रालेगन सिद्धि
मुम्बईमा पदस्थापनको दौरान उनको आफ्नो गाउँ रालेगन मा आउने र जाने गर्दथे । तिनीले गाउँको ढुंगा माथि बसेर गाउँ सुधार गर्ने सम्बन्धमा सोच्ने गर्दथे। सन् १९७८ मा स्वेच्छिक अवकाश लिएकर रालेगन आएर उनले आफ्नो सामानजिक कार्य प्रारम्भ गरेका थिए। उनको गाँउमा बिजुली र पानीको सार्है दुःख थियो। अन्नाले गाउँवासीहरूलाई नहर बनाउने र खाल्टो खनेर आकाशको पानी जम्मा गर्नको लागि प्रेरित गरेका थिए र उनी आफू पनि यसमा योगदान गरेका थिए। अन्नाले सुझावमा गाउँमा विभिन्न स्थानहरूमा रूखहरू रोपिएका थिए। गाउँमा सौर्य उर्जा र गोबर ग्यासबाट बिजुली उत्पादन गरिएको थियो। उनीहरूले आफ्नो जग्गा बच्चाहरूको होस्टेलको लागि दान गरेका थिए र आफ्नो अवकाश कोषबाट प्राप्न हुने रकम गाउँ विकासको लागि समर्पित गरी दिएका थिए। उनी गाउँको मन्दिरमा नै बस्ने गर्दछन् र होस्टेलमा बच्चाहरूको लागि बनाइने खाना खाने गर्दछन् । अहिले गाउँको हरेक व्यक्तिहरू आत्मनिर्भर छन्। वरिपरिको गाउँको लागि पनि यस गाउँबाट चारा, दुध आदि जाने गर्दछ। यो गाउँ आज शान्ति, सौहार्द्र एंव सहयोगको उदाहरण बनेको छ।
सम्मान
वर्ष | सम्मान | सम्मान गर्ने संस्था |
---|---|---|
२०१३ | अल्लाड अन्तराष्ट्रिय निष्ठा पुरस्कार | ब्रिटिस कोल्मबिया विश्वविद्यालय कानुन संकाय[६] |
२०११ | एनडिटिभि इन्डियन अफ द इयर अरबिन्द केजरीवालसँग [७] | एनडिटिभि |
२००८ | जित गिल मेमोरियल सम्मान[८][९][१०][११] | विश्व बैङ्क |
२००५ | मानार्थ डक्टरेट | गान्धिग्राम ग्रामिण विश्वविद्यालय |
२००३ | निष्ठा सम्मान[१२] | ट्रान्सपरेन्सि इन्टरनेसनल |
१९९९ | अग्रणी सामाजिक योगदान सम्मान | भारत सरकार |
१९९८ | केयर इन्टरनेसनल सम्मान[१२] | केयर |
११९७ | महाभिर सम्मान[१२] | |
१९९६ | शिरोमनी सम्मान[१२] | |
१९९२ | पद्यम भुषण[१२] | भारतीय राष्ट्रपति |
१९९० | पद्यमी श्री[१२] | भारतीय राष्ट्रपति |
१९८९ | कृषि भुषन सम्मान[१२] | महाराष्ट्र सरकार |
१९८६ | इन्दिरा प्रियादर्शिनी भ्रिकशमित्रा सम्मान[१२] | भारत सरकार |
व्यक्तिगत जीवन
हजारे अविवाहित हुन् । उनी सन् १९७५ देखि रालेगन सिद्धिको सन्त यादवबाबा मन्दिरसँगै भएको सानो कोठामा बस्दै आइरहेका छन् । सन् २०११ अप्रिल १ मा उनले आफ्नो बैङ्क खाताको रकम रू. ६७,१८३ तथा रू. १,५०० नगद रहेको घोषणा गरेका थिए । [१३] रालेगन सिद्धिमा ०.०७ हेक्टरको पारिवारिक जग्गा समेत उनको स्वामित्वमा रहेको छ, जुन उनको दाजुभाइहरूले प्रयोग गर्ने गर्दछन् । गाँउ तथा भारतीय सेनाले आफूलाई प्रदान गरेको दुई स्थानको जग्गा उनले गाउँलाई दान गरेका थिए । [१४]
सन्दर्भ सामग्रीहरू
- ↑ "Padma Bhushan Awardees", २३ अप्रिल २०११-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १० अप्रिल २०११।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Foreign Policy top 100 global thinkers", Foreign Policy, ३० नोभेम्बर २०११, अन्तिम पहुँच ३० नोभेम्बर २०११। वेब्याक मेसिन अभिलेखिकरण ३० नोभेम्बर २०११ मिति
- ↑ "The DNA power list: Top 50 influentials", Mumbai: DNA, २९ जुलाई २०११, अन्तिम पहुँच ३० जुलाई २०११।
- ↑ अन्ना हजारे
- ↑ http://www.bbc.co.uk/hindi/india/2011/08/110816_anna_profile_ml.shtml
- ↑ ANI (३० सेप्टेम्बर २०१३), "Anna Hazare awarded inaugural Allard Prize for International Integrity in Canada", business-standard.com, Vancouver, अन्तिम पहुँच ५ अक्टोबर २०१३।
- ↑ "NDTV Indian of the Year 2011", ndtv.com, अन्तिम पहुँच १९ अक्टोबर २०११।
- ↑ "Anna Hazare", http://srimca.edu.in, अन्तिम पहुँच २८ डिसेम्बर २०१३। वेब्याक मेसिन अभिलेखिकरण ३० डिसेम्बर २०१३ मिति
- ↑ "Can a Social Activist like Anna Hazare Curtail the Supremacy of Corruption in India?", http://www.biztechreport.com, अन्तिम पहुँच २८ डिसेम्बर २०१३। वेब्याक मेसिन अभिलेखिकरण २५ जुलाई २०१९ मिति
- ↑ "Wolfowitz and Hazare", http://www.dawn.com, अन्तिम पहुँच २८ डिसेम्बर २०१३।
- ↑ "Anna Hazare, Indian green pioneer, wins World Bank award", http://twocircles.net, अन्तिम पहुँच २८ डिसेम्बर २०१३।
- ↑ १२.० १२.१ १२.२ १२.३ १२.४ १२.५ १२.६ १२.७ "Awards", अन्तिम पहुँच २८ डिसेम्बर २०१३। वेब्याक मेसिन अभिलेखिकरण ११ अप्रिल २०११ मिति
- ↑ "Anna Hazare declares bank balance of Rs 67,183 and Rs 1,500 as money in hand", The Economic Times (New Delhi), १६ अप्रिल २०११, अन्तिम पहुँच १४ जुन २०११।[स्थायी मृत कडी]
- ↑ "Anna Hazare, others declare assets", The Hindu (New Delhi), १६ अप्रिल २०११, अन्तिम पहुँच १४ जुन २०११। वेब्याक मेसिन अभिलेखिकरण १८ अप्रिल २०११ मिति