अत्तरिया नगरपालिका
अत्तरिया नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चल, कैलाली जिल्लामा अवस्थित नगरपालिका हो । अत्तरिया सुदुर पश्चिमको मुख्य नाकाको रुपमा रहिआएको छ । महेन्द्र राजमार्ग सँगै जोडिएको अत्तरिया सुदुर पश्चिमको प्रबेशद्वार बन्न पुगेको छ । यसै बर्ष नेपाल सरकारले घोषणा गरेका ७२ ओटा नयाँ नगरपालिका मध्ये अत्तरिया पनि एक हो। मालाखेती, श्रीपूर, बेलादेवीपुर र गेटा गा.बि.स. लाई मिलाएर २०७१ जेठ ४ मा अत्तरिया नगरपालिका बन्न पुग्यो । यस नगरपालिकामा हाल १३ वटा वडाहरु रहेका छन् । [१]
अत्तरिया नगरपालिका | |
---|---|
देश | नेपाल |
अञ्चल | सेती अञ्चल |
जिल्ला | कैलाली |
जनसङ्ख्या (बि.स.२०६८) | |
• जम्मा | ७,९०० |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
वेबसाइट | www.attariyamun.gov.np |
शिक्षा
सम्पादन गर्नुहोस्प्रमुख स्कुलहरू
सम्पादन गर्नुहोस्- श्री समैजी माध्यमिक विद्यालय (मजगाउँ)
- होलिल्याण्ड हाईअर सेकेन्डरी स्कुल
- जे के सेकेन्डरी स्कुल
- ठेकराज माध्यमिक विद्यालय (घोडसुवा)
- ग्लोवल एकेडेमी (घोडसुवा)
- दुर्गा जोति बोर्डिङ स्कुल (स्याउले बजार)
- घण्टेश्वरी माध्यमिक विद्यालय (अत्तरिया)
- लोतस एकेडेमी
- गुरास माध्यमिक विद्यालय
- ईमानुयल एकेडेमी
- गुह्यश्वरी माध्यमिक विद्यालय
- सारदा माध्यमिक विद्यालय (श्रीपुर)
- सिद्धबाबा माध्यमिक विद्यालय (गेटा)
प्रमुख क्याम्पसहरू
सम्पादन गर्नुहोस्- दुर्गालक्ष्मी बहुमुखी क्याम्पस
- सरस्वती ईन्टरनेशनल हाई स्कुल
स्वास्थ्य
सम्पादन गर्नुहोस्अस्पतालहरू
सम्पादन गर्नुहोस्- सेवानर्सिङ होम
- पदमा अस्पताल
- गेटा अाँखा अस्पताल
यातायात
सम्पादन गर्नुहोस्अत्तरिया सुदूरपश्चिम नेपालको प्रवेशद्वारको रूपमा रहेको छ | महेन्द्र राजमार्ग र महाकाली राजमार्ग दुबै अत्तरिया भएर गएका छन | यो काठमाडौबाट करिब ६०० कि.मी. टाढा, धनगढीबाट १५ कि.मी., महेन्द्रनगरबाट ४० कि.मी. र डडेल्धुराबाट १२० कि.मी. टाढा रहेको छ | बस, मुख्य यातायात साधनको रूपमा रहेको छ | म्याजिक गाडी, ट्याम्पो, ट्याक्सी, विद्युतिय अटो अादि स्थानीय यातायातकाे रूपमा सेवा दिदै अाइरहेका छन |
मिडिया (रेडियो)
सम्पादन गर्नुहोस्- गोदावरी एफ एम : ८७.९ मेघाहर्ज
- खप्तड एफ एम : ९८.२ मेघाहर्ज
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "सरकारद्वारा ७२ नयाँ नगरपालिका घोषणा", द काठमान्डौ पोस्ट, अन्तिम पहुँच २०१४-०६-१०। वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-०६ मिति