अत्तरपुर नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। अत्तरपूर गाविस जिल्लाको दक्षिणपूर्वीमा अवस्थित गाविस हो। गाविसको पूर्वी सिमानामा ठूलो धादिङ गाविस र रामेछाप जिल्ला पर्दछ भने पश्चिममा ठूलोपाखार दक्षिणमा लिसंखु गाविस पर्दछ। जिल्ला सदरमुकामबाट ७ कोष टाढा पर्ने यस गाविसले करिव २३।३४ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। यस गाविसमा अधिकांश नेवार र तामाङ जातिको बसोबास रहेको छ। औसत हावापानी भएको यस गाविसको प्रमुख कृषि बाली आलु धान मकै कोदो तथा फापर हो। गाविसका अधिकांश जनताहरू कृषि पेशामा निर्भर छन्। यस गाविसमा यातायातको सुविधा छ। विसं २०५८ सालको जनगणना अनुसार यस गाविसको जनसङ्ख्या १६०९ छ भने ३०५ घरधुरी छन्। तौथली थुम अन्तर्गत पर्ने अत्तरपुरको प्रशिद्ध स्थलमा ताम्चेको नाउँ अगाडि छ। समष्टि दृश्यावलोकनका लागि ताम्चे निकै नै प्रसिद्ध स्थल हो।[१]

अत्तरपुर
देश नेपाल
अञ्चलबागमती
जिल्लासिन्धुपाल्चोक
जनसङ्ख्या
 (1991)
 • जम्मा२,००८
 • धर्म
हिन्दु
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "फुल्पिङडाँडा", merosindhu.com, अन्तिम पहुँच २०११-०७-३०  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०९-११ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्