४१ सालको कार्य अभियान

नेपालमा विविध लैङ्गिक पहिचानका व्यक्तिहरूको जबरजस्ती, अनिच्छापूर्ण वा बाध्यकारी हिसाबले तेस्

बाध्यकारी अन्यलिङ्गी लेबल भिराइने विरुद्ध र लैङ्गिक पहिचानको मान्यताका लागि कार्य वर्ष ११४१ वा छोटकरीमा ४१ सालको कार्य अभियान क्वयेर युथ ग्रुप, क्याम्पेन फर चेन्ज र पारलैङ्गिक अधिकार समूह लगायत तिनका संजालले संयुक्त रूपमा नेपाल सम्वत् ११४१ साललाई घोषणा गरेका थिए । नेपालमा विविध लैङ्गिक पहिचानका व्यक्तिहरूको जबरजस्ती, अनिच्छापूर्ण वा बाध्यकारी हिसाबले तेस्रो लिङ्गी अथवा अन्यलिङ्गी भनी चिनिन बाध्य बनाइएको विरुद्धमा यो कार्य वर्ष घोषणा भएको थियो । [१][२] [३]

४१ सालको कार्य अभियान
आयोजक
क्वयेर युथ ग्रुप, क्याम्पेन फर चेन्ज र पारलैङ्गिक अधिकार समूह
नेपाल सम्वत् ११४१
स्थान : नेपाल

उद्देश्य सम्पादन गर्नुहोस्

यस कार्य वर्षको उद्देश्यहरू लैङ्गिक पहिचानको कानुनी मान्यता सम्बन्धी सघन, समवेशी र उपयुक्त प्रावधानहरू स्थापित गर्नेका लागि; व्यक्तिले आफ्नो नाम र लैङ्गिक विवरण परिवर्तन गर्नका निम्ति रोगिकरण, अनिच्छापूर्ण चिकित्सकीय हस्तक्षेप लगायत व्यक्तिको मानव अधिकार उल्लंघन गर्ने सबै प्रकारका अपमानजनक र अमानवीय शर्तहरूको अन्त्य गरी आत्मनिर्णयको अधिकार सुनिश्चित गर्नका लागि; व्यक्तिगत लैङ्गिक इतिहास, चिकित्सकीय स्थिति र इतिहास, पारलैङ्गिक वा अन्तरलिङ्गी स्थिति लगायतका विषयमा विस्मृतिको अधिकार सहित गोपनियता हक सुनिश्चित गर्नका लागि; जानीजानी गरिने लैङ्गिक दुस्बोधनको मुद्दालाई सम्बोधन गर्ने कानुनी प्रावधान सहित व्यक्तिले इच्छाएको लैङ्गिक शब्दावलीबाट सम्बोधन गर्न र लैङ्गिक विविधता समावेशी भाषाको प्रयोग गर्न राज्यले उपायहरू अपनाउँछ भनी सुनिश्चित गर्नका लागि; नेपालको कानुनमा यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता बारे सघन परिभाषा र बुझाई स्थापित गर्नका लागि; र ‘अन्यलिङ्गी’ र बाध्यकारी ‘तेस्रो लिङ्गी ‘ लेबल सम्बन्धीको प्रचलित कानुनलाई प्रतिस्थापित गर्नका लागि रहेको छ । [४] [५]

गृह मन्त्रालयको निर्देशिका सम्पादन गर्नुहोस्

यस कार्य अभियानको प्रमुख विषयवस्तु यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई लिङ्गको महलमा 'अन्य' जनाई नागरिकता जारी गर्ने सम्बन्धी निर्देशिका, २०६९ रहेको पाइन्छ । उक्त निर्देशिकाले 'अन्यलिङ्गी'को प्रावधान बाध्यकारी हिसाबले अघि सारेको भनी अभियानताहरूले आलोचना गरेका छन् । निर्देशिका सम्बन्धीको प्रतिवेदन अनुसार यस निर्देशिकाले लैङ्गिक पहिचानको मान्यता सम्बन्धीका वास्तविक अवाश्यकताहरू नै पहिचान नगरेको र सामाजिक मान्यतामा नअटाएको देख्ने समूहहरूलाई बाकसिकरण गरेको भनी आलोचना गरेका छन् । [६] सन् २०२० अक्टोबर २० तारिखका दिन गृह मन्त्रालयको उक्त निर्देशिकाले पारलैङ्गिक महिला, पारलैङ्गिक पुरुष, अन्तरलिङ्गी व्यक्तिहरू एवं गैर-द्वयसांखिक व्यक्तिहरूले आफ्नो वास्तविक लैङ्गिक पहिचान सहित नागरिकता पाउनबाट वञ्चित गरी 'अन्यलिङ्गी' उल्लेख गर्न बाध्य बनाउनका साथै समयौनिक तथा द्वियौनिक व्यक्तिहरूको यौन अभिमुखिकरणलाई लैङ्गिकताका रूपमा अपव्याख्या गरी मानव अधिकारको हनन भएको उल्लेख गरी दुई संस्था र ११ जना व्यक्तिहरूले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिए र सन् २०२० नोभेम्बर २२ तारिखका दिन आयोगले दर्ता गरेको थियो । [७] [८]

प्रमुख गतिविधि सम्पादन गर्नुहोस्

उपलब्धीहरू सम्पादन गर्नुहोस्

  • सन् २०२१ ज्यानुवरी १७ का दिन भाषा आयोग ले सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति (लैङ्गिक तथा यौनिक अल्पसंख्यक) सम्बन्धीका शब्दहरू नेपाली भाषाको आधिकारिक शब्दकोषमा समावेश गर्न/गराउन नेपाल प्रज्ञा प्रतिष्ठानलाई सिफारिस गरेका थिए । [१७]

हेर्नुस् सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "हाम्रो बारेमा", ४१ सालको कार्य अभियान। 
  2. "बाध्यकारी अन्यलिङ्गी लेबल भिराइने विरुद्ध र लैङ्गिक पहिचानको मान्यताका लागि कार्य वर्ष ११४१", ४१ सालको कार्य अभियान। 
  3. "A group of activists strives to end forced imposition of the third gender label", The Kathmandu Post। 
  4. "‘बाध्यकारी अन्यलिङ्गी लेबल भिराइने विरुद्ध र लैङ्गिक पहिचानको मान्यताका लागि कार्य वर्ष ११४१’ (#Actionof1141) बारे संयुक्त वक्तव्य" 
  5. "Joint Statement on the ‘Year of Action for Recognition of Gender Identity & Against Forced Others Gender Labelling 1141’ #Actionof1141" 
  6. "गृह मन्त्रालयको अन्यलिङ्गी निर्देशिका (२०६९)को अध्ययन प्रतिवेदन" 
  7. "Complaint Against the directive on others gender", Queer Archiver Nepal। 
  8. "अन्यलिङ्गी सम्बन्धी निर्देशिका विरुद्ध उजुरी", Queer Archiver Nepal। 
  9. "पारलैङ्गिक पहिचानको रोगिकरण विरुद्धको अन्तर्राष्ट्रिय कार्य दिवसको उपलक्षमा क्वयेर युथ ग्रुपको वक्तव्य" 
  10. "पारलैङ्गिक पहिचानको रोगिकरण विरुद्धको अन्तर्राष्ट्रिय कार्य दिवसको उपलक्षमा पारलैङ्गिक अधिकार समूहको वक्तव्य" 
  11. "संयुक्त राष्ट्र अमेरिकाको देलावर राज्यको माथिल्लो सदनमा निर्वाचित सारा म्याकब्राइड (Sarah McBride) बारे नेपाली आम सञ्चार माध्यमहरूले लैङ्गिक दुस्बोधन (misgendering) गरेको सम्बन्धी ध्यानाकर्षण", पारलैङ्गिक अधिकार समूह, नेपाल। 
  12. "नेपाली संचारमाध्यमले लैङ्गिक दुस्बोधन गरेकोमा पारलैङ्गिक अधिकार समूहको गम्भिरध्यानाकर्षण", संसार न्यूज, २०२०, मूलबाट ९ नोभेम्बर २०२०-मा सङ्ग्रहित। 
  13. "Language Commission Application"  सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषतका व्यक्तिहरू (लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरू)को भाषिक अधिकारलाई सम्बोधन गरी यस पत्रका साथ संलग्न गरिएका शब्द र तिनका अर्थहरूलाई नेपाली भाषाको आधिकारिक शब्दकोषमा समावेश गर्न गराउन भाषा अयोग ऐन २०७४ बमोजिम सम्बन्धित निकाय तथा सरोकारवालालाई सिफारिस गरिपाउँ ।
  14. "मंसिर ९ गते बाध्यकारी तेस्रोलिङ्गी लेबल विरुद्ध टुइटर आँधी", ४१को कार्य अभियान वेबसाइट। 
  15. "#EndForcedThirdGenderLabel ट्रेन्डिङमा आएको", क्वयेर युथ ग्रुप, २०२०, मूलबाट ९ नोभेम्बर २०२०-मा सङ्ग्रहित। 
  16. "#EndForcedThirdGenderLabel", क्वयेर युथ ग्रुप, २०२०, मूलबाट ९ नोभेम्बर २०२०-मा सङ्ग्रहित। 
  17. "Language Commission"  भाषा आयोगले सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति (लैङ्गिक तथा यौनिक अल्पसंख्यक) सम्बन्धीका शब्दहरू नेपाली भाषाको आधिकारिक शब्दकोषमा समावेश गर्न/गराउन नेपाल प्रज्ञा प्रतिष्ठानलाई सिफारिस गरिएको ।