लैङ्गिकतामा आधारित हिंसा विरुद्ध १६ दिने अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई विश्वव्यापी रूपमा लैङ्गिकतामा आधारित हिंसा विरुद्ध १६ दिने अभियान वा छोटकरीमा १६ दिने अभियान भनी मनाइन्छ । [१] [२] सन् १९९१मा महिलाहरूको विश्वव्यापी नेतृत्व संस्थानले यस अभियानको आयोजना गरेको थियो । विश्वका १८७ देशहरूले यो अभियान मनाउँदै आएका छन् । [३] महिला विरुद्धको हिंसा उन्मुलनको अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २५)मा सुरु भई अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (डिसेम्बर १०)का दिन यस १६ दिने अभियान समापन हुँदछ ।

महत्वपूर्ण दिनहरू सम्पादन गर्नुहोस्

  • नोभेम्बर २५ - महिला विरुद्धको हिंसा उन्मुलनको अन्तर्राष्ट्रिय दिवस
  • नोभेम्बर २९ - अन्तर्राष्ट्रिय महिला मानव अधिकार रक्षक दिवस
  • डिसेम्बर १ - विश्व एड्स दिवस
  • डिसेम्बर ५ - आर्थिक र सामाजिक विकासका लागि अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस
  • डिसेम्बर १० - मानव अधिकार दिवस


सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "WHO | 16 Days of Activism Against Gender Violence", www.who.int, अन्तिम पहुँच २०१७-०३-०८ 
  2. "16 days of activism", UN Women www.unwomen.org, अन्तिम पहुँच ६ डिसेम्बर २०१४ 
  3. "About", 16 Days Campaign (en-USमा), अन्तिम पहुँच २०१९-१०-२९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-२९ मिति