१ वैशाख
बैशाख १ गते बैशाख महिनाको पहिलो दिन हो । यो दिन विक्रम संवत् अनुसारको नयाँ वर्ष हो साथै वर्ष शुभारम्भ दिन हो । यस दिनलाई नेपालीहरूले देश तथा विदेशमा नयाँ वर्षको एक चाडका रूपमा मनाउने गर्दछन् । यो दिन नेपालका धेरै ठाउँमा नयाँ वर्षको नाममा मेला, महोत्सव, विभिन्न सांस्कृतिक तथा विविध खेलकुद कार्यक्रमहरू आयोजना हुने गर्दछन् । साथै यो दिन नेपाली समुदायको एक सामान्य पर्वका रूपमा नै रहेको छ ।
<< | वैशाख | >> | |||||
आइत | सोम | मङ्गल | बुध | बिही | शुक्र | सनि | |
१ | २ | ३ | |||||
४ | ५ | ६ | ७ | ८ | ९ | १० | |
११ | १२ | १३ | १४ | १५ | १६ | १७ | |
१८ | १९ | २० | २१ | २२ | २३ | २४ | |
२५ | २६ | २७ | २८ | २९ | ३० | ३१ |
बैशाख १ गतेको आधारमा रहेर वर्ष भरिको पात्रो बनाउने गरिन्छ ।
घटनाहरू
सम्पादन गर्नुहोस्- वि.स. २००५ बैशाख १ गतेदेखि नेपालमा नेपाल सरकार वैधानिक कानुन २००४ लागू भएको थियो ।
- वि.स. २००५ बैशाख १ गते मोहन शमशेर जङ्गबहादुर राणा नेपालका प्रधानमन्त्री भएका थिए ।
- वि.स. २०१८ सालमा तत्कालीन राजा विरेन्द्रले नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरेका थिए ।
- वि.स. नेपाललाई विफरमुक्त देश घोषणा गरिएको थियो ।
- वि.स. २०५६ देखि कान्तिपुर दैनिक १२ पृष्ठ प्रकाशन हुन थालेको थियो । यस अघि कान्तिपुर ८ पृष्ठमा प्रकाशन हुने गर्दथ्यो ।
- वि.स. २०६१ बैशाख १ गतेदेखि नेपाल टेलिफोन कम्पनीका रूपमा स्थापित भएको थियो ।
- २०६३ बैशाख १ को दिन सात राजनीतिक दलद्वारा एक अपिल जारी गरिएको थियो ।
- तत्कालीन नेपालमा ६८ डिभिजन सहकारी कार्यालय रहेकोमा २०६१ बैशाख १ गते देखि ती कार्यालयहरूको बदलामा एक वा सो भन्दा बढी जिल्ला कार्यक्षेत्र भएको ३८ डिभिजन सहकारी कार्यालयको स्थापना भएको थियो ।
जन्म तिथि
सम्पादन गर्नुहोस्- लय संग्रौला (वि.स. २०१३ बैशाख) : साना पर्दाका चलचित्र तथा टेली शृङ्खलाका निर्देशक हुन् ।
- प्रकाश तिम्सिना (वि.स. २०४४) : एक नेपाली गायक हुन् ।
मृत्यु तिथि
सम्पादन गर्नुहोस्पर्व र उत्सवहरू
सम्पादन गर्नुहोस्- यो दिनलाई नयाँ वर्षका रूपमा मनाइने गरिन्छ ।
- सूर्यले पृथ्वीको परिक्रमा बैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो दिन बिसु पर्व मनाइन्छ ।
अन्य
सम्पादन गर्नुहोस्- “आदर्श नारी विकास केन्द्र” २०६६ बैशाख १ गते देखि संचालनमा रही उदेश्य परिपूर्तिका लागि क्रियाशिल रहिरहेको थियो ।
- अलपेश्वर गुफा स्थानीय युवाहरूको सक्रियतामा वि.स. २०६४ साल बैशाख १ गते पत्ता लागेको थियो ।