लय संग्रौला नेपाली टेलिभिजनको क्षेत्रमा चिनिएको व्यक्तित्व हुनुहुन्छ। उहाँले नेपाल टेलिभिजनको स्थापनादेखि २०६५ सम्म काम गर्नुभयो। २०४१ सालदेखि २०६५मा उहाँ नायब प्रबन्धक बन्नुभएको थियो। उहाँलाई सानोपर्दा (टेलिभिजन) का निर्माता, निर्देशक र कलाकारका रूपमा चिनिन्छ। उहाँले सानोपर्दाका ६ सय जति चलचित्र र टेलिश्रृंखला निर्देशन गर्नुभएको छ।

लय संग्रौला

लयको जन्म २०१३ वैशाख १ गते तेह्रथुम जिल्लाको आठर्राईमा भएको हो। उहाँका पिताको नाम जीवनाथ र माताको नाम धनमाया हो। उहाँहरू आठ दाजुभाई र छ दिदीबहिनी जन्मनुभएको हो। लय काहिलो छोरा हो।

उहाँले लेखेका गीतको एल्बम 'कल्पवृक्ष' आएको छ। जर्मनी, चीन, सिंगापुर, मलेसिया, रुस, थाइल्याण्ड, दक्षिण कोरिया, हङकङ आदि मुलुक पुग्नुभएको छ।