रूत हेदभिग लिन्दाल (स्वीडेनी: Hedvig Lindahl) (जन्म २९ अप्रिल १९८३) एक स्विडेनी महिला व्यवसायीक फुटबल गोलरक्षक हुन् जो बुन्डेसलिगामा उल्फ्सबर्गका लागि खेल्दछिन्।[५] उनले यस अघि स्विडेनमा स्विडेनको शीर्ष व्यवसायीक महिला फुटबल लिग रुसेनगोद एफएफ , लिङ्सपिङ फुटबल क्लब , क्रिस्तनस्टाद दिएफएफ र कोपर्बरग्स/योहतेबोर्य फुटबल क्लबका साथ साथै चेल्सी जस्ता अङ्ग्रेजी एफए डब्ल्यूएसएलमा क्लब फुटबल खेल्थिन्।[६][७] सन् २००२ मा उनको अन्तर्राष्ट्रिय प्रवेश गरिसके देखि लिन्दालले स्विडेन महिला राष्ट्रिय फुटबल टोलीका लागि ११५ भन्दा बढी उपस्थिति जनाइसकेकी छिन्।[८] ३ अगस्ट २०१४ मा लिन्दालले स्विडेन महिला राष्ट्रिय फुटबल टोलीका लागि १०० औँ उपस्थितिमा इङ्ल्यान्ड विरूद्ध खेलेकी थिइन्।[९] १७ सेप्टेम्बर २०१५ मा लिन्दालले स्विडेन महिला राष्ट्रिय फुटबल टोलीका लागि उनको १३३ औँ उपस्थिति बनाउँदै इलिजाबेथ लेडिङको किर्तिमानी तोड्ने स्विडेनका लागि सबैभन्दा बढी उपस्थिति बनाउने महिला गोलरक्षक बन्न सफल भएकी थिइन्। [८] उनले स्विडेनका लागि युइएफए महिला च्याम्पियनसिप , फिफा महिला विश्वकप र ओलम्पिक खेलहरूमा गोललाई उत्कृष्ट तरिकाबाट रोकेकी थिइन्।[१०] लिन्दालले सन् २००४, २००५, २००९, २०१४ र २०१५ मा उत्कृष्ट स्विडेनी महिला गोलरक्षकको उपाधि हात पारेकी थिइन। सन् २०१५ मा सर्वाधिक मूल्यवान खेलाडीका लागि तीन नामाङ्कनहरू मध्ये एक भएपछि उनले दिमान्तबोलान जितेकी थिइन्। [११] सन् २०१६ मा लिन्दाललाई पिएफए ​​वर्षको उत्कृष्ट खेलाडीका लागि नामाङ्कन र वर्षको महिला सुपर लिग टोलीका लागि पनि छनोट गरिएको थियो।[१२] मार्च २०१८ मा, लिन्दाललाई खेलाडी सङ्गठन फिफप्रोद्वारा विश्वको सर्वश्रेष्ठ गोलरक्षकको रूपमा नामकरण गरेको थियो।[९]

हेदभिग लिन्दाल
सन् २०१५ को अल्गार्भे कपमा लिन्दाल
व्यक्तिगत जानकारी
पुरा नाम रुत हेदभिग लिन्दाल[१]
जन्म मिति (1983-04-29) २९ अप्रिल १९८३ (उमेर ४०)[१]
जन्म स्थान क्यातरिनहोल्म, स्विडेन[२]
उचाइ १.७९ मी (५ फिट १० इन्च)
खेल्ने स्थान(हरू) गोलरक्षक
क्लब जानकारी
वर्तमान टोली
उल्फ्सबर्ग
सङ्ख्या ३६
युवा करियर
सन् १९८७–१९९४ ग्रुपतोर्प्स आइएफ
सन् १९९४–१९९६ बेगतोर्प्स आइएफ
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
सन् १९९६–१९९८ दिएफके भमबोल
सन् १९९८–२००० तुनाफर्स एसके
सन् २००१–२००३ माल्म एफएफ
सन् २००३ → आइएफ त्रियोन (ऋण)
सन् २००४–२००८ लिङ्सपिङ एफसी
सन् २००९–२०१० कोपर्सबर्ग/योहतेबोर्य एफसी ४३ (०)
2011–2014 क्रिस्तनस्ताद दिएफएफ ७४ (०)
सन् २०१५–२०१९ चेल्सी ४५ (०)
सन् २०१९– उल्फ्सबर्ग (०)
अन्तर्राष्ट्रिय करियर
सन् २००२– स्विडेन[३] १६९[४] (०[४])
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १७ जुलाई २०१९
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ७ नोभेम्बर २०१९

बाल्यकाल र सुरुवात सम्पादन गर्नुहोस्

लिन्दालको जन्म २९ अप्रिल १९८३ मा क्यातरिनहोल्ममा भएको थियो। सानै देखि उनको फुटबल रूचि रहेको पाइन्छ। उनले ४ वर्षको उमेर देखि फुटबल खेल्न थालेकी थिइन्। [१३] १३ वर्षको उमेरमा लिन्दालले एक व्यवसायीक फुटबल खेलाडी बन्नेमा ध्यान केन्द्रित गर्ने निर्णय गरेकी थिइन्। यस अघि लिन्दाल दुबै अग्रपङ्क्ति र गोलरक्षकको रूपमा फुटबल खेलेकी थिइन्। अन्ततः उनी गोलरक्षक बनेकी थिइन्। मार्मोबीनमा हुर्केकी लिन्दाललाई सर्मलान्द टोलीमा फुटबल खेल्नका लागि छनोट गरिएको थियो। सोदमालान्दमा सबैभन्दा राम्रो उमेर समूहका फुटबल खेलाडीहरू खेल्नको लागि चयन गरिने यो एक अस्थायी टोली थियो।

सर्मलान्द टोलीको सहभागीको रूपमा उनले हल्मस्तदको एक कार्यशालामा भाग लिएकी थिइन् जसले गर्दा उनको राष्ट्रिय टोली कार्यकाल सन् १९९८ मा सुरु भएको थियो। त्यहाँ उनी अलस्टार टोलीको लागि छनोट भएकी थिइन, जहाँ सन् १९८० को दशकमा जन्मिएका सर्वश्रेष्ठ फूटबल खेलाडीहरूले भाग लिएका थिए

क्लब कार्यकाल सम्पादन गर्नुहोस्

लिन्दालले उनको क्लब कार्यकाल सोदमालान्दमा क्यातरिनहोल्म बाहिर ग्रुपतर्प्स आइएफबाट सुरु गरेकी थिइन्। उनी सुरुमा केटा टोलीहरूसँग खेल्ने गर्थिन्। लिन्दाल त्यसपछि टर्प आइएफ, डिएफके भर्मबोल र तुनाफर्स एसकेका लागि खेलेकी थिइन्।[१३]

सन् २००१ मा उनलाई रुसेनगोद फुटबल क्लब र स्विडेन युवा राष्ट्रिय फुटबल टोलीमा प्रशिक्षक एलिजाबेथ लेडिङ्गे मुल्याङ्कन गरेपछि उनी रुसेनगोद एफएफका साथ दमल्सेभेन्स्कनमा गएकी थिइन्।[१४] रुसेनगोदको उनको तीनवटा संस्करणमा लिन्दालले तत्कालीन राष्ट्रिय टोलीकी गोलरक्षक क्यारोलिन जनसनसँग कडा प्रतिस्पर्धा गरेकी थिइन्।[१३][१४] उनी सन् २००३ को संस्करणमा आइएफ त्रिअनमा ऋणमा आएकी थिइन् [१३] र उनले त्यसपछिका पाँचवटा संस्करणहरू उनले लिङ्सपिङ फुटबल क्लबका लागि खेल्दै सन् २००९ मा कोपर्बरग्स/योहतेबोर्यमा सम्मिलित भएकी थिइन्।[१४]

 
क्रिस्तनस्ताद दिएफएफका साथ लिन्दाल

योहतेबोर्यसँगको दुईवटा संस्करणमा उनले ४३ खेल खेलेकी थिइन् जसमा उनले २१ खेलहरूमा प्रतिद्वन्दीका कुनैपनि प्रहारलाई गोल हुनबाट बचाएकी थिइन्।[१५] तथापि, प्रशिक्षक तोर्बर्जन निल्सनले लिन्दालको सम्झौतालाई नवीकरण नगरेका कारण उनी सन् २०११ को संस्करणका लागि महत्त्वाकांक्षी क्रिस्तनस्टाद दिएफएफसँगको सम्झौतामा हस्ताक्षर गरेकी थिइन्।[१६]

 
सन् २००९ मा लिन्दाल योहतेबोर्यको साथ

लिन्दालले डिसेम्बर २०१४ मा लन्डनमा आधारित एफए महिला सुपर लिगको क्लब चेल्सीका लागि हस्ताक्षर गरेकी थिइन्।[१७] पहिलो पाँचवटा खेलमा चार क्लिन सिट सहित चेल्सी कोच एमा हेसले लिन्दाललाई महिला सुपर लिगको सर्वश्रेष्ठ गोलरक्षकको संज्ञा दिएकी थिइन्।[१८]

पहिलो पटक वेम्बले रङ्गशालामा आयोजित सन् २०२५ को एफए महिला कपको फाइनलमा, लिन्दालले चेल्सीको नट्स काउन्टीलाई १-० ले हराएको थियो।[१९] यो चेल्सीको पहिलो प्रमुख उपाधि थियो। अक्टोबर २०१५ मा उनले चेल्सीको सोदरलान्द विरूद्ध ४-० को ​​जीतमा पनि महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् जुन क्लबको पहिलो एफए महिला सुपर लिगको उपाधि रहेको थियो।[२०] अप्रिल २०१९ मा, लिन्दालले क्लबसँगको चार संस्करण पछि सन् २०१८–१९ अभियानको अन्त्यमा चेल्सीबाट बाहिरिने घोषणा गरेकी थिइन्।[२१][२२]

१७ जुलाई २०१९ मा, लिन्दालले उल्फ्सबर्गसँग एक वर्षे सम्झौतामा हस्ताक्षर गरेकी थिइन्।[२३]

अन्तर्राष्ट्रिय कार्यकाल सम्पादन गर्नुहोस्

लिन्दाल सन् १९९८ सम्म २१ वर्ष मुनिको राष्ट्रिय टोलीमा रहेकी थिइन् र पछि उनी स्विडेनी महिला राष्ट्रिय टोलीमा स्थानान्तरण भएकी थिइन्।[१८]

क्लब स्तरमा दोस्रो गोलरक्षकको रूपमा उनको स्थानको रहेको थियो, तथापि, लिन्दालले तत्कालीन राष्ट्रिय टोलीकी प्रशिक्षक मारिका दोमान्स्की लाइफोर्सको विश्वास प्राप्त गर्न सफल भएकी थिइन् जसले गर्दा लिन्दाल सन् २००२ मा वरिष्ठ महिला राष्ट्रिय टोलीमा प्रवेश गरेकी थिइन्[२४] र त्यसको लगत्तै स्विडेन महिला राष्ट्रिय टोलीले सन् २००३ को फिफा महिला विश्वकपमा रजत पदक प्राप्त गरेको थियो।[२५] लिन्दालले उनको वरिष्ठ अन्तर्राष्ट्रिय प्रदापण जनवरी २००२ मा ला माङ्गामा इङ्ल्यान्ड विरुद्ध गरेकी थिइन् जसमा टोलीले इङ्ल्यान्ड विरुद्ध ५–० को सहज जीत दर्ता गरेको थियो।[२६]

लिङसपिङमा स्थानान्तरण भएपछि र क्लबमा प्रथम टोली हासिल गरिसपछि लिन्दालले अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शनका लागि क्यारोलिन जन्सन र सोफिया लुन्ग्रेदनसँग बढी समान प्रतिस्पर्धा गर्न थालेकी थिइन्।[२७] इङ्ल्यान्डमा २००५ युइएफए महिला युरोसम्म लिन्दाल स्विडेनको पहिलो मनपर्दो गोलरक्षकको रूपमा रहेकी थिइन र उनले तीनवटै समूह चरणका खेलहरू खेलेकी थिइन्। तथापि, टोली प्रतिस्पर्धी नर्वेसँगको अतिरिक्त समयको सेमीफाइनलमा पराजित हुन पुगेको थियो।[२८]

नयाँ राष्ट्रिय टोलीका प्रशिक्षक थोमस डेनेर्बीले लिन्दाललाई उपस्थित गराएका थिए र उनी सन् २००७ फिफा महिला विश्वकप, सन् २००८ ओलम्पिक चीन र युइएफए महिला युरो २००९ मा फिनल्यान्डमा उपस्थिति जनाएकी थिइन्।[१८] उनी सन् २०१२ को लन्डन ओलम्पिक र सन् २०११ को फिफा महिला विश्वकप जर्मनीमा स्विडेनको शीर्ष गोलरक्षकको रूपमा रहेकी थिइन् जहाँ स्विडेन महिला टोलीले तेस्रो स्थान प्राप्त गरेको थियो।[२९]

 
सन् २०११ को फिफा महिला विश्वकपमा स्विडेनका लागि गोलरक्षकको रूपमा लिन्दाल

सेप्टेम्बर २०१२ मा लिन्दाल क्रिस्तनस्तादका लागि खेल्ने क्रममा घाइते हुन पुगेकी थिइन्। स्विडेनमा आयोजना गरिएको युइएफए महिला यूरो २०१३ भन्दा अगाडि उनलाई मे २०१३ मा नयाँ प्रशिक्षक पिया सन्दहेजले राष्ट्रिय टोलीमा बोलाइएका थिए।[३०] लिन्दालको अनुपस्थितिमा क्रिस्टिन ह्यामर्सट्रमले राष्ट्रिय टोलीका लागि गोलरक्षकको स्थान ओगटेकी थिइन् र सेमि फाइनलमा आयोजक स्विडेनले जर्मनीसँग १-० ले पराजित हुन पुगेको थियो।[३१]

सेप्टेम्बर २०१४ मा लिन्दालले दोहोरो नितम्ब सल्यक्रिया गराएकी थिइन्। उनलाई वर्षभरी पीडा भइरहेको थियो, तैपनि उनले आफ्नो एक संस्करण खेलेकी थिइन्। उनी सन् २०१५ फिफा महिला विश्वकपमा खेल्ने दृढ संकल्पको रूपमा सल्यक्रियालाई छनोट गरेकी थिइन् र यदि उक्त प्रतियोगितामा उनलाई चयन गरियो भने, उनको शरीरमा चोटपटक हुने जोखिम लिन भने उनले चाहन्थिनन्। शल्य चिकित्सा ढिला भयो भने यसले भविष्यमा लिन्दालको लागि दोहोरो नितम्ब प्रतिस्थापनको जोखिम पनि लिने थियो। सन् २०१५ को एल्गारभे कपको लागि उनलाई राष्ट्रिय टोलीमा फिर्ता बोलाइएको थियो।[३२]

सन् २०१५ को फिफा महिला विश्वकपमा, लिन्दाल स्विडेनको पहिलो रोजाईमा गोलरक्षकको रूपमा फिर्ता आएकी थिइन्। दोस्रो चरणमा टोली जर्मनीसँग ४–१ गोल अन्तरले पराजित हुन पुगेको थियो, तथापि उनले धेरै गोलहरूको बचावट गर्न सफल भएकी थिइन् जसले गर्दा टोली ठूलो हार हुनबाट बाँचेको थियो। नोभेम्बर २०१५ लिन्दाल स्वीडनको उत्कृष्ट महिला खेलाडीका लागि दिमान्तबोलान पुरस्कारद्वारा सम्मानित भएकी थिइन्।[३३]

सम्मानहरू सम्पादन गर्नुहोस्

क्लब सम्पादन गर्नुहोस्

लिङ्सपिङ फुटबल क्लब
चेल्सी महिला

अन्तर्राष्ट्रिय सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "खेलाडीहरूको सूची – २०१५ फिफा महिला विश्वकप", Fédération Internationale de Football Association, अन्तिम पहुँच २४ जुन २०१५ 
  2. "Profile", Svenska Fotbollförbundet (स्विडेनीमा), अन्तिम पहुँच २५ जुन २०१५ 
  3. "Damlandslagsspelare 1973–2012" (स्विडेनीमा), Svenskfotboll.se, अन्तिम पहुँच २६ मे २०१३ 
  4. ४.० ४.१ "Caps and goals" 
  5. "Hedvig Lindahl". sports-reference.com. Läst 6 april 2018. (अङ्ग्रेजीमा)
  6. Jonathan Nilsson, Petra Thorén (२०१९-०७-०७), "Hedvig bekräftar – lämnar England" (स्विडेनीमा), Aftonbladet, अन्तिम पहुँच २०१९-०७-०७ 
  7. ”Chelsea FC Women hemsida (Läst 2019-07-18)”
  8. ८.० ८.१ Nyström, Pelle (2017-10-23/24): "Hedvig Lindahl slår målvaktsrekordet". svt.se. Läst 6 april 2018.
  9. ९.० ९.१ ”Hemsida FIFPro (Läst 2019-07-20)”
  10. Association, Press (२१ अप्रिल २०१६), "Leicester and Tottenham dominate PFA Premier League team of the year", the Guardian 
  11. "PFA Utmärkelser 2016: Kandidaterna", www.thepfa.com 
  12. "Lindahl: Casillas är bäst", फिफा, १२ अगस्ट २०१२, अन्तिम पहुँच २६ मे २०१३ 
  13. १३.० १३.१ १३.२ १३.३ "Jubileumsskrift för Värmbols damfotboll", २००९, अन्तिम पहुँच २०१८-०४-०४ 
  14. १४.० १४.१ १४.२ Hedberg, Carin (२०१७-०७-०९), "Hedvig Lindahl: Att få barn kullkastade allt", Allers, अन्तिम पहुँच २०१८-०४-०४ 
  15. "Hedvig Lindahl – INFORMATIONS SUR LES MATCHES". uefa.com. Läst 6 april 2018।
  16. "Lindahl lämnar Chelsea", Aftonbladet, २०१९-०४-२९, अन्तिम पहुँच २०१९-०९-०६ 
  17. Radiosporten TT (२०१९-०७-१७), "Lindahl-klar-för-Wolfsburg" (स्विडेनीमा), Radiosporten, अन्तिम पहुँच २०१९-०७-१८ 
  18. १८.० १८.१ १८.२ "Hedvig Lindahl" (स्विडेनीमा), Svenskdamfotboll.com, २१ मार्च २००६, मूलबाट ३ डिसेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ मे २००७ 
  19. "Hedvig Lindahl får inte stå i IF Trions mål ikväll" (स्विडेनीमा), Damfotboll.com, १६ जुन २००३, अन्तिम पहुँच २६ मे २०१३  वेब्याक मेसिन अभिलेखिकरण २२ अगस्ट २०१६ मिति
  20. "Ny målvakt läggs till ladies squad", Chelsea F.C., २३ डिसेम्बर २०१४, अन्तिम पहुँच २३ डिसेम्बर २०१४ 
  21. Garry, Tom (४ अक्टोबर २०१५), "WSL 1: Chelsea Ladies 4–0 Sunderland Ladies", बिबिसी खेलकुद, अन्तिम पहुँच ८ अक्टोबर २०१५ 
  22. "Hedvig Lindahl reflects as she departs Chelsea Women | Official Site | Chelsea Football Club", ChelseaFC 
  23. "Verstärkung zwischen den Pfosten", Verstärkung zwischen den Pfosten (जर्मनेलीमा), १७ जुलाई २०१९। 
  24. A-landslagets spelarporträtt hos Svenska fotbollförbundet वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति
  25. Falck, Ronny (२०१५-०१-०८), "Fotbollsdrömmen blev sann för Hedvig Lindahl" (स्विडेनीमा), kkuriren.se, अन्तिम पहुँच २०१८-०४-०४  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-०५ मिति
  26. "Storförlust mot England", svenskfotboll.se, ३ augusti २०१४, अन्तिम पहुँच ४ augusti २०१४ 
  27. "Drömstart för Sverige i EM-kvalet", अन्तिम पहुँच २०१५-०९-१७ 
  28. "Gerhardssons VM-trupp presenterad", svenskfotboll.se, १६ maj २०१९, अन्तिम पहुँच १९ maj २०१९ 
  29. "Målvakten Hedvig Lindahl är skadad" (स्विडेनीमा), Sveriges Radio, २८ सेप्टेम्बर २०१२, अन्तिम पहुँच २६ मे २०१३ 
  30. "Hedvig Lindahl tillbaka i landslagsmålet" (स्विडेनीमा), Sveriges Radio, १५ मे २०१३, अन्तिम पहुँच २६ मे २०१३ 
  31. "Lindahl borta resten av året" (स्विडेनीमा), स्विडेनी फुटबल सङ्घ, ३० सेप्टेम्बर २०१४, मूलबाट ९ अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १० अक्टोबर २०१५ 
  32. "VM över för Sverige" (स्विडेनीमा), स्विडेनी फुटबल सङ्घ, २० जुन २०१५, अन्तिम पहुँच ४ अक्टोबर २०१५ 
  33. Lundberg, Angelica; Bråstedt, Mats (९ नोभेम्बर २०१५), "Hedvig Lindahl fick diamantbollen 2015" (स्विडेनीमा), Expressen, अन्तिम पहुँच १६ नोभेम्बर २०१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्