हिमाली निलो भालु वा तिब्बती निलो भालु (तिब्बती: डोम ग्यामुक) खैरो भालुको एक प्रजाति हो । यो नेपालको हिमाली क्षेत्रमा र तिब्बतको पठारमा पाइने गर्दथ्यो । यो भालु १८५४ मा पहिलो पटक फेला परेको थियो । यो भालुलाई यतिको किम्बदन्तीसँग सम्बन्धित मानिएको पाइन्छ । सन् १९६० मा एडमण्ड हिलारीले गरेको यतिको अवशेषको खोजीको क्रममा उनले केही भुत्ला फेला पारेका थिए, जसलाई स्थानीयहरूले यतिको रौँ भएका थिए । तर पछि वैज्ञानिकहरूले त्यसलाई हिमाली निलो भालुको रौँ भनेर प्रमाणित गरे ।[१][२]

हिमाली निलो भालु
U. a. pruinosus
सीआईटिईएस परिशिष्ट प्रथम (सीआईटिईएस)
वैज्ञानिक वर्गीकरण e
जगत: जनावर
सङ्घ: रज्जुकी
वर्ग: स्तनधारी प्राणी
गण: मांसाहारी
परिवार: Ursidae
वंश: Ursus
Species: U. arctos
Subspecies: {{{1}}}

त्रिपद नाम
Ursus arctos pruinosus
Blyth, 1854


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्