स्त्री प्रजनन प्रणाली

स्त्री प्रजनन प्रणालीलाई निम्न २ भागमा बिभाजित गरिएको छ :-

  1. भित्री अङ्गहरू
  2. बाहिरी अङ्गहरू
स्त्री प्रजनन प्रणाली
विबरण
प्रणालीप्रजनन प्रणाली
पहिचान
ल्याटिनsystema genitale femininum
चिकित्सा विषय शीर्षकहरूD005836
TAA09.1.00.001
एनाटोमीको आधारभूत मोडेल45663
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू

‍‍ भित्री अङ्गहरूसम्पादन

योनीमार्गसम्पादन

योनीमार्ग योनिद्वार पाठेघरको मुख सम्म फैलिएको हुन्छ। यसको भित्ता तन्किनेखालको मांसपेसीले बनेको हुन्छ अर्थात यो एउटा तन्किने खालको मांसपेसीले बनेको हुन्छ। यो महिलाको दुई तिघ्राको कापमा गुदद्वार र मुत्रमार्गको बीचमा अगाडिबाट माथी तिर उठदै पछाडी तिर लगभग ४५ डिग्री कोण बनाई तेर्सो परेको हुन्छ। सामान्यतया योनिमार्गको लम्बाई ७ देखि १० से. मि. र चौडाई ४ देखि ७ से. मि. हुन्छ। यसले मुख्यतया बच्चा जन्माउने, महिनावारी हुंदा रगत बग्ने र बिपरीत लिङ्ग बीच यौन सम्पर्कको लागि मार्ग तथा बाह्य र भित्री प्रजनन अङ्गहरूलाई जोड्ने कार्य गर्दछ।

 
स्त्री प्रजनन प्रणालीमा भाग लिने भित्री अङ्गहरू

पाठेघरसम्पादन

पाठेघर स्त्री प्रजनन प्रणालीको प्रमुख अङ्ग हो। बोलिचालिको भाषामा यसलाई बच्चादानी पनि भनिन्छ। यसको माथिल्लो भाग डिम्ब बाहिनी नलि सँग तल्लो भाग अर्थात यसको मुख योनिमार्गसँग जोडिएको हुन्छ । यो मुत्रथैली र रेक्टमको बीचमा रहेको खाली थैली जस्तो अङ्ग हो । यसको माथीको भाग फुकेको र चौडा तथा तल्लोभाग साँगुरीएको हुन्छ । यो साँघुरीएको भागलाई पाठेघरको मुख भनिन्छ । सामान्यतया पाठेघरको आकार ७.५ से. मि. लामो, ५ से. मि. चौडा र २.५ से. मि. मोटो हुन्छ र तौल ३० देखि ४० ग्राम हुन्छ । यसका भित्ता करिव २.५ सेमी बाक्लो हुन्छ ।

डिम्बबाहिनी नलीसम्पादन

डिम्बबाहिनी नलीलाई बीजबाहिनी नली वा अण्डबाहिनी नली पनि भनिन्छ। डिम्बबाहिनी नलीहरू महिला स्तनधारिहरूको दुबै अण्डाशयलाई पाठेघरसँग जोड्ने प्रमुख नली हुन। यि नलीहरू पाठेघरको माथिल्लो भागबाट दुबै पट्टि दायाँ र बायाँ निस्केका हुन्छन्। सामान्यतया यसको लम्बाई १०-१२ से.मि. र मोटाइ ०.३ से.मी. हुन्छ। डिम्बबाहिनी नलीको भित्री सतह Ciliated Epithelial तन्तुले बनेको हुन्छ, जसमा Cilia रहेका हुन्छन्। यिनै Ciliaले डिम्बलाई पाटेघर सम्म जानमा मद्दत गर्छन।

एक परीपक्व डिम्ब अण्डाशयबाट खसे पछि डिम्बबाहिनीको बाटो हुदै पाठेघर सम्म पुग्ने गर्छ। यसरी अण्डाशयबाट पाठेघर सम्म पुग्न डिम्लाबई घन्टौ या दिन पनि लाग्न सक्छ।

डिम्बाशयसम्पादन

 
स्त्री प्रजनन प्रणाली बाहिरी अङ्गहरू (१.बाहिरी भगोष्ठ २.भित्री भगोष्ठ ३.क्लिटोरियल हुड ४.भगांकुर ५.योनीद्वार)

बाहिरी अङ्गहरूसम्पादन

स्त्री प्रजनन प्रणालीको बाहिरी अङ्गहरूलाई समग्र रूपमा योनी भनिन्छ। यस अन्तर्गत मोन्स प्यूबिस, बाह्य भगोष्ठ, भित्री भगोष्ठ, भगांकुर,भेस्टिबुल(Vestibule), भेस्टिबुलर /बार्थोलिन ग्रन्थीहरू पर्दछन।

महिनावारी चक्रसम्पादन

 
महिनावारी चक्र

प्रत्येक महिना स्त्री प्रजनन अङ्गबाट चक्रिय रूपमा रगत बग्ने क्रियालाई महिनावारी चक्र भनिन्छ। महिनावारी चक्र तिन चरणमा पुरा हुने गर्छ।

प्रोलिफेरेटिभ फेजसम्पादन

जब रगतमा Progesteroneको मात्रा कम हुन्छ, तब Pitutary Gland सक्रिय हुन्छ र यसबाट FSH निस्कन्छ। FSHले डिम्बासयमा रहेका स-साना follicleलाई विकसित गर्न सहयोग गर्छ। follicle विकसित भएपछि यसले oesttrogen निकाल्छ, जसको कारणले Endometriumको सेलहरू द्रुतगतिमा बृद्धि हुन्छन्। यसमा Mucus secreting gland blood vessles विकसित भएका हुन्छन्। यस पछि follicleबाट डिम्ब निस्कन्छ, यस कार्यलाई Ovulation भनिन्छ।

सेक्रेटरी फेजसम्पादन

डिम्ब निशकासन पश्चात उक्त follicleलाई Pitutary Glandबाट आउनेलेमा बदली दिन्छ। यसले उत्पादन गर्छ, जसले गर्दामा भइका स‍-साना ग्रन्थीहरूले प्रशस्त निकाल्छ। जसले डिम्बलाई डिम्ब बाहिनी नली तर्फ अघि बढ्न सजिलो हुन्छ र निषेचन हुन्छ, यदी निषेचन नभएमा पुन: चक्र दोहोरीन्छ।

मानसिक श्रावसम्पादन

जब डिम्बाशयबाट डिम्ब निस्कन्छ तब योमा आईपुग्छ। त्यहि बेला यो निषेचन हुन पाएन भने रगतमा भएको अधिक मात्राले Pituitary Glandको कार्यमा कमी ल्याउँछ जसबाट २६ औँ दिनमा Corpus Leutum मर्छ। यसबाट निस्कने हार्मोन पनि बन्द हुन्छ। त्यसपछि पाठेघरमा भएका रक्तनली खुम्चिन थाल्छन र फुटेर रगत बाहिर निस्कन थाल्छ। यो रगत योनीमार्ग हुँदै योनीबाट बाहिर निस्कन्छ र मानसिक श्राव शुरु हुन्छ। सामान्य अवस्थामा यसरी रगत निस्कने कार्य ४-६ दिन सम्म चलिरहन्छ।