रगत
रगत जीवजन्तुहरूको शरीरमा पाइने रातो तरल पदार्थ हो जसले शरीरको कोषहरूमा आवश्यक पदार्थहरु जस्तै पोषक तत्व र अक्सिजन पुराउछ। यो प्लाजमा र रक्त कोषहरूको समिश्रणले बनेको हुन्छ। धमनी नली तथा शिरा नलीमार्फत शरीरमा रगतको सञ्चार हुन्छ। विशेषत: धमनी नलीले मुटुबाट शुद्ध रगत विभिन्न अङ्गहरूमा पुराउछ भने शिरा नलीले अशुद्ध रगतलाई मुटुसम्म पुराउछ। रगत हाम्रो शरीरको अस्थि मज्जा (बोन म्यारो) बन्छ। मानव शरीरमा औसत ७.५ लीटर रगत हुन्छ।
कार्यसम्पादन
शरीरमा रगतले निकै महत्त्वपूर्ण कार्यहरु गर्छ। जस्तै,
- कोशिकासम्म अक्सिजनको आपूर्ति
- ग्लुकोज, एमिनो एसिड र फैटी एसिड जस्ता पोषक तत्वको आपूर्ति
- कार्बन डाइक्साइड, यूरिया, र ल्याक्टिक एसिड जस्ता फोहोरहरूलाई हटाउछ
- हर्मोनको परिवहन
- शरीर पीएच को सन्तुलन
- हाइड्रोलिक कार्य
मानव रगतको घटकहरुसम्पादन
मानव शरीरको कुल वजनको ७% मात्र रगत हुन्छ।मानव शरीरमा औसत ५.५ लीटर रगत हुन्छ। प्लाज तथा विभिन्न रक्तकोषहरु जस्तै, रातो रक्तकोष, स्वत रक्तकोष, प्लेटलेटस् मिलेर रगत बनेको हुन्छ। रगतमा प्लाज्मा ५४.३%, रातो रक्तकोषहरु ४५% र सेतो रक्तकोष ०.७% को मात्रामा हुन्छ।