सौगात मल्ल
सौगात मल्ल नेपाली चलचित्र क्षेत्रका अभिनेता तथा निर्माता हुन् । उनले नेपाली चलचित्र कागबेनीबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । तथा सन् २०१२को चलचित्र लूटमा हाकुकालेको अभिनयबाट प्रसिद्ध भएका थिए ।
सौगात मल्ल | |
---|---|
Saugat malla | |
![]() | |
जन्म | २१ जुन १९७६ |
वासस्थान | कुमारिपाटी काठमाण्डौ, नेपाल |
राष्ट्रियता | नेपाली |
अन्य नाम | हाक्कुकाले |
नागरिकता | नेपाली |
शिक्षा | St. Xaviers Academy |
पेशा | अभिनेता चलचित्र निर्माता |
उल्लेखनीय कार्य | लूट, छडके, कागबेनी, सुनगाभा, फिट्कीरी आदिमा अभिनय |
गृहनगर | नवलपरासी नेपाल |
जीवनसाथी | सृष्टी श्रेष्ठ |
सामान्य जीवनी
सम्पादन गर्नुहोस्सौगात मल्लको जन्म नवलपरासीको परासीमा भएको थियो। उनको बाल्यकाल नवलपरासीमै बित्यो। सानैदेखि हिरो बन्न चाहने सौगात मल्ल बिध्यालयको कार्यक्रममा नृत्य गर्ने गर्थे। SLC पास भएपछि हिरो बन्ने सोच लिएर काठमाडौं पसे। त्यहाँ उनले आकाश अधिकारीलाई भेटे र आकाश अधिकारीकै चलचित्र रणभुमिमा सहायक भूमिकाबाट चलचित्र क्षेत्रमा प्रवेश गरे। त्यसपछि आकाशकै चलचित्र दाग र पक्षींमा पनि सहायक भुमिकामा काम गरे। चलचित्र हेरेपछि आफूले गरेको अभिनय मन नपरेर चलचित्र क्षेत्रबाट टाढा भए। केही समयपछि उनि रंगमन्च जोडिए र त्यही अभिनय गर्न थाले। र फेरि केही बर्षको रंगमन्चको यात्रा पछि कागवेनी चलचित्रबाट चलचित्र क्षेत्रमा प्रवेश गरे। त्यसको केही बर्षपछि दासठुङगा र लुट मा काम गरे। लुटबाट धेरै दर्शकलाई आफ्नो अभिनयबाट प्रभावित पार्न सफल भए। त्यसपछि उनले कहिलै पछाडि फर्किनुपरेन।
सन्दर्भ
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्यो पनि हेर्नुस
सम्पादन गर्नुहोस्