सेन्जेन क्षेत्र
सेन्जेन क्षेत्र २७ युरोपेली देशहरू मिलेर बनेको क्षेत्र हो । यी देशहरूले सन् १९८५ मा लक्जम्बर्गको सेन्जेन सहरमा अनुमोदित सेन्जेन सम्झौताको पालना गर्दछन्। अन्तर्राष्ट्रिय यात्राको निम्ति सेन्जेन क्षेत्र एक प्रकारले संयुक्त मुलुकको नीतिमा संचालित हुन्छ, जस अन्तर्गत यहाँ कुनै आन्तरिक सीमा नियन्त्रण हुँदैन तर यहाँ भित्रिने तथा बाहिरिने यात्रीहरूको निम्ति भने सीमा नियन्त्रण अर्थात राहदानी नियन्त्रण यथावत रहन्छ।
विवरण | स्वतन्त्र आवगमन क्षेत्र |
---|---|
स्थापना | २६ मार्च १९९५ |
सदस्यता | |
नीति निर्माता | युरोपेली सङ्घ |
क्षेत्रफल | ४३,६८,६९३ वर्ग कि.मि. |
जनसङ्ख्या | ४२,३२,६४,२६२ |
जनघनत्व | ९७ प्रति वर्ग कि.मि. |
सेन्जेन नियमलाई १९९९ मा एमस्टर्डम सन्धीद्वारा युरोपेली सङ्घ (EU) कानुनभित्र गाभिएको थियो जबकि यस क्षेत्र अन्तर्गत तीन गैर-यूरोपेली सङ्घ मुलुकहरू - आइसलैंड, नर्वे स्विजरल्याण्ड तथा तीन सूक्ष्म यूरोपीय राष्ट्र मोनाको, सैन मैरिनो, तथा वेटिकन सिटीपनि समावेश छन्। यूरोपेली संघका दुई सदस्यहरू - आयरलैंड तथा ब्रिटेनले अहिलेसम्म सेन्जेन लागू गरेका छैनन तर बुल्गारिया, साइप्रस तथा रोमानिया बाहेक अन्य सबै यूरोपीय संघका मुलुकहरूले यसलाई पहिले नै अनुमोदन गरिसकेका छन्। वर्तमान परिपेक्षमा यो क्षेत्रको जनसङ्ख्या ४० करोडभन्दा बढी तथा यसको क्षेत्रफल ४३,६८,६९३ वर्ग किलोमिटर (१६,८६,७६२ वर्ग माइल) रहेको छ।
सेन्जेन नियम लागू गर्नुको मुख्य उद्देश्य सेन्जेन सदस्य राष्ट्रहरूबीच सीमा नियन्त्रणको अन्त्य तथा गैर सदस्य रास्ट्रहरूका साथ सीमा नियन्त्रणलाई थप बलियो बनाउनु हो। बाहिरी मुलुकका नागरिकहरूद्वारा सेन्जेन क्षेत्रमा गरिने अस्थाइ प्रवेशमा अपनाइने साधारण नीतिको प्रावधान (सेन्जेन भिसा), बार्ह्य सीमा नियन्त्रणको सुव्यवस्था तथा सीमापार प्रहरी तथा न्यायिक सहयोग सेन्जेन सन्धी अन्तर्गत पर्दछन्।
सेन्जेन क्षेत्रभित्र विमानस्थल, होटेल अथवा प्रहरीको अगाडि आफ्नो परिचय प्रदान गर्नको निम्ति भिसा सहितको पासपोर्ट या यूरोपीय सङ्घ स्वीकृत राष्ट्रिय परिचय पत्र बोक्न अनिवार्य माननुहोस तापनि कहिलेकाँही भने यो कुनै एकल राष्ट्रको राष्ट्रिय नियममा पनि निर्भर हुन्छ। कहिलेकाँही त सेन्जेन देशहरूको बीचमा समेत सीमा नियन्त्रण गर्ने गरिन्छ।