सेक्टर काण्ड वि.सं २०४३ मा नेपालमा सशस्त्र विद्रोह सुरु गर्न गरिएको असफल प्रयासलाई दिएको नाम हो । यो काण्ड तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (मशाल)ले आयोजना गर्ने प्रयास गरेको थियो । मशालको एक समूहबाट नै पछि गएर नेपाल कम्युनिष्ट पार्टी (माओवादी) निर्माण भएको थियो । सेक्टर काण्ड नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले ६ वर्षपछि जनयुद्ध सुरु गर्नभन्दा अघि सशस्त्र विद्रोहको पहिलो अनुभव बनेको थियो ।

सेक्टर काण्ड
स्थान
योद्धा

नेपाल नेपाल अधिराज्य
(नेपाल सरकार)

नेपाल कम्युनिस्ट पार्टी (मशाल)
सेनापतिहरू
नेपाल मोहन वैद्य (किरण)
मृत्यु र क्षति

वि.सं. २०४३ चैत्र १९ गतेको घटना

सम्पादन गर्नुहोस्

मोहन वैद्य (किरण)को नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (मशाल)ले माओवादलाई आफ्नो राजनीतिक सिद्धान्तका रूपमा स्वीकार गर्यो। नयाँ धार ग्रहणगरेको लगत्तै पञ्चायती व्यवस्थाका विरुद्ध जनआन्दोलन चर्काउने उद्देश्यका साथ मशालले सशस्त्र विद्रोहमा होमिन र पञ्चायतको चुनाव वहिस्कारका लागि आह्वान गर्यो। वि.सं. २०४५ चैत्र १९ गते काठमाडौंको त्रिपुरेश्वरमा रहेको राजा त्रिभुवनको शालिकमा कालो पोतियो र केही प्रहरी चौकीहरूमा मशालले आक्रमण गर्यो। पञ्चायतको चुनावलाई असफल बनाउन सन् १९८९ अप्रिल १ अर्थात विसं २०४५ चैत्र १९ गते घटाइएको सोही काण्डलाई सेक्टर काण्ड नामले चिनिन्छ।

आक्रमणकारीले ‘पञ्चायती व्यवस्था मुर्दावाद’, ‘राष्ट्रिय पञ्चायत निर्वाचन बहिष्कार गरौं’, ‘मजदुर एकता जिन्दावाद’, ‘गणतन्त्र जिन्दावाद’, ‘नयाँ जनवादी क्रान्ति जिन्दावाद’, ‘नेकपा मशाल जिन्दावाद’ जस्ता नारा लगाए । ‘बहिष्कार सफल पारौं’ शीर्षकमा ‘निर्वाचनमा भोट नहालौं’ भन्ने जस्ता आह्वान गरिएका पर्चा पनि छरे । प्रहरीलाई क्षति नपुर्‍याउने त नीति नै थियो, त्यसैले घटनामा राज्य र पार्टी दुवैतर्फ मानवीय क्षति भएन । आक्रमणपछि सबै समूहका सबै सदस्य फर्किएर राति बसेकै कोठामा पुगे, दिनभर कोठामै बसे, प्रहरीले छापा मार्न थाल्यो ।[]

सेक्टर काण्ड कम्जोर तयारीमा चालिएको अपरिपक्क कदम थियो, जसमा जिम्मेवार ठहर्यौदै पार्टीले दर्जनौ कार्यकर्ताहरूलाई कारबाही गर्यो भने नेताहरूलाई आत्मालोचना गराएर छाड्यो। 'नेताहरूलाई चाँही किन कारबाही नगर्ने ?" बारे पार्टीमा तीन वर्षसम्म विवाद चल्यो। केन्द्रमा हरेक पटक बैठक बस्ने, छलफल हुने, निष्कर्षमा कोही पुग्न नसक्ने प्रक्रिया चल्दै आएको थियो ।

अन्तत: २०४६ कार्तिकमा चितवनमा भएको केन्द्रिय समितिको बैठकले सेक्टर काण्डलाई एक भुलको रूपमा लियो र महामन्त्री किरणकै प्रस्तावअनुसार त्यसमा संलग्न साबि नेताको एकएक पद घटुवा गर्ने निर्णय गर्यो। त्यस अनुरुप किरण महामन्त्रीबाट पोलिटब्युरो सदस्यमा झरे भने पोलिटब्युरो सदस्यहरू केन्द्रीय समितिमा र केन्द्रीय सदस्यहरू क्षेत्रीय सदस्यमा झरे । अनि 'सेक्टर काण्डमा नफसेका' मुख्य नेताहरूमा 'प्रचण्ड 'मात्र बाँकी रहे।

प्रचण्डलाई महामन्त्रीमा प्रस्ताव गर्नुअघि किरणले सीपी गजुरेल, भक्तबहादुर श्रेष्ठलगायतलाई पनि महामन्त्री बन्न आग्रह गरेका, तर कोही तयार नभएको प्रचण्डको भनाइ छ । आफूले उनलाई नै महामन्त्री बनिराख्न भन्ने गरेको पनि उनको भनाइ छ । भन्छन्, ‘किरण भित्रैदेखि महामन्त्री पद बोक्न नसक्ने भएर कहाँ लगेर बिसाउने भन्नेमा पुगेका थिए । त्यही सन्दर्भमा भएको लामो छलफलमा किरणले मलाई नै महामन्त्री बनेर पार्टीलाई अघि बढाउन अनुरोध गरे ।’ []। किरणकै प्रस्तावमा ३५ वर्षे युवा पार्टीका महामन्त्री बने, जो उस बेला 'कमरेड विश्वास'का नामले चिनिन्थे ।[]

यो हमला सहर अझ राजधानीमै गरिएकाले सरकार तुरुन्तै निर्णायक दमनमा उत्रेको थियो। शसस्त्र संघर्षको सुरुवात सहरबाट होइन, गाउँबाट गर्नु पर्छ भन्ने प्रचण्डको मान्यता अझ दह्रो भयो। []

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. दहाल, किशोर (वैशाख १३, २०८२), "सेक्टर काण्ड– त्यसपछि उदाए प्रचण्ड", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२५-०५-०३ 
  2. अवतरण/शुभशंकर कँडेल/३२
  3. ३.० ३.१ प्रयोगशाला, सुधीर शर्मा पृष्ठ २८