नेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरू
नेपालको इतिहास विभिन्न हत्याकाण्ड तथा पर्वहरूले भरिएका छन् | नेपालमा भएका विभिन्न हत्याकाण्डहरूको सूची निम्न रहेका छन् :
१. वासठ्ठीहरणसम्पादन
वि. संं.१८६२ मा मुख्तियार रणबहादुर शाहले विर्ता, गुठी र किपट जग्ग्गा जफत गर्ने घोषणा गरे। यसै घटनालाई ६२ हरण, विर्ता हरणको नामले चिनिन्छ ।
२. कोत पर्वसम्पादन
कोतपर्व नेपालको इतिहासमा सबैभन्दा दोश्रो ठूलो हत्याकाण्ड हो । यो काण्डले तत्कालिन नेपालको अस्थिर राजनीतिलाई १०३ वर्षे राणा शासनतिर सुम्पेको थियो । यही काण्डले जंगबहादुरको उदय भएको थियो । वि.सं. १९०३ भदौ ३१ गते राति पूर्व महारानी राज्यलक्ष्मीको प्रिय पात्र तथा मन्त्रिपरिषद्का सदस्य गगन सिंह को रहस्यमय ढङ्गले गरिएको हत्यारा पत्ता लगाउन महारानीको आदेशले वि.सं. १९०३ भाद्र ३२ गते शनिबार राति सबै भारदारहरूलाई कोतको परिसरमा जम्मा हुने आदेश अनुसार कोतमा भेला भए ।
३. भण्डारखाल पर्वसम्पादन
भण्डारखाल पर्व वि.सं. १९०३ कात्तिक १२ गते रानी राज्यलक्ष्मीले जङ्गबहादुरलाई विष खुवाई हत्या गर्न रचिएको पर्व हो । पुतली नानी र पण्डित विजयराजले यस कुराको सूचना जङ्गबहादुरलाई दिएपछि उनी मारिनबाट जोगिए। उल्टै जङ्गबहादुरले वीरध्वज बस्नेतलगायतका १५ भन्दा बढीको हत्या गरे र रानी २१ लाख रूपैयाँ र गरगहना लिई बनारस गइन् ।
४. अलौ पर्वसम्पादन
अलौ पर्व वि.सं. १९०४ साउन महिनामा राजा राजेन्द्रको समयमा उनी बनारसबाट फर्केर नेपाल आउँदा वीरगञ्ज नजीकै अलौ भन्ने ठाउँमा जङ्गबहादुर राणााको हातबाट सत्ता फर्काउन गरिएको सैनिक विद्रोहको प्रयासको उपज हो ।
अन्य पर्वसम्पादन
पञ्चायत कालसम्पादन
बहुदलीय संसदीय व्यवस्था कालिनसम्पादन
माओबादी युद्धसम्पादन
- दोरम्बा घटना
- दाङ आक्रमण
- बेनी आक्रमण
- बाँदरमुडे काण्ड
- दरबार हत्या काण्ड