सुब्रह्मण्यम जयशङ्कर

सुब्रह्मण्यम जयशङ्कर एक भारतीय कूटनीतिज्ञराजनीतिज्ञ हुन् जसले ३० मे २०१९ देखि भारत सरकारको विदेश मन्त्रीको रूपमा सेवा गरिरहेका छन्। उनि भारतीय जनता पार्टीका सदस्य हुन् र ५ जुलाई २०१९ देखि राज्यसभामा संसद सदस्य बनेका थिए। जयशङ्कर एक बहु-भाषाविद् हुन् र अङ्ग्रेजी, तमिलहिन्दी बोल्छन्, जबकि रूसी, जापानीचिनियाँ भाषामा पनि कुराकानी गर्न सक्छन्।[१]

सुब्रह्मण्यम जयशङ्कर
सुब्रह्मण्यम जयशङ्कर
३०औँ भारतको विदेश मन्त्री
पद बहाली
३० मे २०१९
प्रधानमन्त्रीनरेन्द्र मोदी
पूर्वाधिकारीसुषमा स्वराज
व्यक्तिगत विवरण
जन्म (1955-01-09) ९ जनवरी १९५५ (उमेर ६९)
नयाँ दिल्ली, भारत
राजनीतिक दलभारतीय जनता पार्टी
पुरस्कारपद्म श्री (सन् २०१९)

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

जयशङ्करको जन्म दिल्ली, भारतमा एक प्रमुख भारतीय निजामती कर्मचारी र रणनीतिक मामिला विश्लेषक, के. सुब्रह्मण्यम र सुलोचना सुब्रह्मण्यमको घरमा भएको थियो। उनी हिन्दु तमिल परिवारमा हुर्केका थिए। उनका दुई भाइहरू छन्: इतिहासकार सञ्जय सुब्रह्मण्यम र भारतीय प्रशासनिक सेवा अधिकारी एस विजय कुमार, भारतका पूर्व ग्रामीण विकास सचिव।[२]

कूटनीतिक जीवन सम्पादन गर्नुहोस्

जयशङ्कर साढे चार वर्षको कार्यकालका साथ चीनमा सबैभन्दा लामो समय सेवा गर्ने भारतका राजदूत थिए। बेइजिङमा, जयशङ्कर चीनभारत बीचको आर्थिक, व्यापार र सांस्कृतिक सम्बन्ध सुधार गर्न र चीन-भारत सीमा विवाद व्यवस्थापनमा संलग्न थिए।[३] जयशङ्करलाई सेप्टेम्बर २०१३ मा संयुक्त राज्य अमेरिकाका लागि भारतको राजदूतको रूपमा नियुक्त गरिएको थियो। उनले निरुपमा रावको उत्तराधिकारी भएर २३ डिसेम्बर २०१३ मा पदभार ग्रहण गरेका थिए।[४]

३१ मे २०१९ मा उनलाई विदेश मन्त्रीको कार्यालयमा नियुक्त गरिएको थियो। जयशङ्करले ३० मे २०१९ मा क्याबिनेट मन्त्रीको रूपमा सपथ लिएका थिए। ५ जुलाई २०१९ मा, उनी भारतीय जनता पार्टीबाट गुजरात राज्यबाट राज्यसभाका लागि सांसदका रूपमा निर्वाचित भए। उनले आफ्नो पहिलो कार्यकालमा नरेन्द्र मोदीको सरकारमा विदेश मन्त्री भएकी सुष्मा स्वराजको उत्तराधिकारी बने।[५]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Sirohi, Seema (९ अगस्ट २०१३), "Exclusive: S Jaishankar to be India's next envoy to Washington", Firstpost (अङ्ग्रेजीमा), अन्तिम पहुँच १६ अप्रिल २०२२ 
  2. Manager (१४ मार्च २०१७), "S. Vijay Kumar", Resource Panel, अन्तिम पहुँच ४ जुन २०१९ – www.resourcepanel.orgद्वारा। 
  3. Disturbance of Peace at Border Can Vitiate Ties: India to China,The Economic Times, 21 August 2013.
  4. "Meet Subrahmanyam Jaishankar, the new Indian Ambassador to USA", अन्तिम पहुँच २४ डिसेम्बर २०१३ 
  5. "S Jaishankar takes oath as Rajya Sabha member", India Today (अङ्ग्रेजीमा) (Delhi), PTI, ८ जुलाई २०१९, अन्तिम पहुँच १३ जुन २०२०