सुदूरपश्चिम प्रदेश सभा निर्वाचन, २०७४

सुदूरपश्चिम प्रदेश सभा निर्वाचन, २०७४ सुदूरपश्चिम प्रदेश सभाको ५३ सदस्य चयनको लागि दुई चरणमा वि.सं. २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ मा मतदान सम्पन्न भएको थियो।[८][९]निर्वाचन आयोग नेपालको अनुसार यस निर्वाचनमा मतदान गर्न योग्य मतदाताको सङ्ख्या १४ लाख ३५ हजार ६ सय ७१ रहेको जनाएको थियो। यस निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत १७ र समानुपातिक प्रतिनिधित्व प्रणाली मार्फत ८ सिट जितेर नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) सबैभन्दा ठूलो दल बनेको थियो। नेकपा (एमाले)नेकपा (माओवादी केन्द्र)बिच गठबन्धन भएपछि सभाको तेस्रो ठूलो दलको रूपमा रहेको माओवादी (केन्द्र)को भागमा मुख्यमन्त्री पद परेको थियो। वि.सं. २०७४ माघ २३ गते नेकपा (माओवादी केन्द्र)को संसदीय दलको नेता समेत रहेका त्रिलोचन भट्टलाई आन्तरिक दलको बैठकद्वारा मुख्यमन्त्री चयन गरिएको थियो[१०] भने वि.सं. २०७४ फागुन ३ गते नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम यस प्रदेशको प्रदेश प्रमुख मोहनराज मल्लले उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।[११] वि.सं. २०७४ फागुन ५ गते भट्टले मुख्यमन्त्रीको रूपमा सपथग्रहण गरेका थिए।[१२][१३]

सुदूरपश्चिम प्रदेश सभा निर्वाचन, २०७४

मङ्सिर १०
मङ्सिर २१, २०७४
२०७९ →

सुदूरपश्चिम प्रदेश सभाको सम्पूर्ण ५३ सिट[१]
बहुमतको लागि २७ सिट[२]
दर्तावाल मतदाता१४,३५,६७१[३]
कुल मतदान९,५३,०३३
  पहिलो दल दोस्रो दल तेस्रो दल
 
नेता प्रकाशबहादुर शाह[५] त्रिलोचन भट्ट[६] रणबहादुर रावल[४]
दल नेकपा (एमाले) नेकपा (माके) नेपाली कांग्रेस
शीर्ष नेता घोषित वि.सं. २०७४ फागुन ५ वि.सं. २०७४ माघ २१ वि.सं. २०७५ जेष्ठ ६
नेताको सिट बाजुरा १(ख) डोटी १ (ख) कैलाली १ (ख)
प्राप्त सिट २५ १४ १२

निर्वाचित मुख्यमन्त्री

त्रिलोचन भट्ट[७]
नेकपा (माओवादी केन्द्र)

प्रदेशसभा निर्वाचनको लागि एक उम्मेदवारले अधिकतम १५ लाख खर्च गर्न पाउने सीमा निर्वाचन आयोगले तोकेको थियो। यस अन्तर्गत उम्मेदवारले सवारीसाधन प्रयोग गर्नका लागि ३ लाख, प्रचारप्रसार सामग्रीको लागि ६० हजार, ढुवानीका लागि ४५ हजार, गोष्ठी तथा अन्तरक्रियाका लागि ४ लाख ८० हजार, अन्य प्रचार प्रसार/ छापा तथा विद्युतीय माध्यमको लागि ६० हजार, कार्यलय सञ्चालनका लागि ३५ लाख, प्रतिनिधि परिचालनका लागि १ लाख २० हजार तथा विविध खर्चका लागि ७३ हजार २ सय तोकेको थियो।[१४]

निर्वाचन कार्यक्रम

सम्पादन गर्नुहोस्

वि.सं. २०७४ भदौ १५ गते मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन वि.सं. २०७४ मङ्सिर १० र मङ्सिर २१ गते हुने गरी दुई चरणमा गर्ने निर्णय गरेको थियो।[१५]पहिलो चरण अन्तर्गत ३२ हिमाली जिल्लामा निर्वाचन भएको थियो भने दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन सम्पन्न गरिने निर्णय आयोगले गरेको हो।[१६][१७] सुदूरपश्चिम प्रदेशको ९ जिल्लाहरू मध्ये पहिलो चरणमा ४ जिल्ला र दोस्रो चरण अन्तर्गत ५ जिल्लामा निर्वाचन सम्पन्न भएको थियो।

निर्वाचन प्रणाली

सम्पादन गर्नुहोस्

सुदूरपश्चिम प्रदेशको प्रदेश सभाका ५३ सदस्यहरूको चयन दुई तरिकाले गरिएको थियो जसमध्ये ३२ सदस्यको चयन एकल-मतदान निर्वाचन क्षेत्रबाट पहिलो मतदान गरेर र बाँकी २१ सदस्यको चयन एक प्रदेशव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको सामानुपातिक प्रतिनिधित्वद्वारा गरिएको थियो।[१९] प्रत्येक मतदाताले दुईवटा विधिहरूको लागि छुट्टाछुट्टै मतपत्र पाएका थिए। सामानुपातिक तर्फ कुनै पनि एक राजनीतिक दल वा निर्वाचन गठबन्धनले एउटा सिट छुट्याउन समग्र वैध मतदानको ३% मत पाउनु पर्ने व्यस्था गरिएको थियो।[२०]

 
राजनीतिक दल प्रत्यक्ष समानुपातिक जम्मा
मत % सिट मत % सिट
नेपाली कांग्रेस ३५७,२०४ ३९.३७ २९५,७२९ ३७.३८ १२
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) २९१,३५८ ३२.११ १७ २६०,९५५ ३२.९९ २५
नेकपा (माओवादी केन्द्र) १६६,५१३ १८.३५ १० १४२,७०२ १८.०४ १४
राष्ट्रिय जनता पार्टी नेपाल ३२,४०० ३.५७ ३६,९०२ ४.६६
अन्य ५५,२६९ ५.४९ ५४,७८४ ६.९३
स्वतन्त्र ४,६३० ०.५१
अमान्य/बदर मत ४५,६४९ १५८,२६७
जम्मा ९५३,०३३ १०० ३२ ९४९,३३९ १०० २१ ५३
दर्तावाल मतदाता/मतदान १,४३५,६७३ ६६.३८ १,४३५,६७३ ६६.१३
स्रोत: निर्वाचन आयोग नेपाल

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. सुवेदी, ईश्वरी, "प्रादेशिक मन्त्रिपरिषद्को आकार असन्तुलित" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-११ 
  2. "यसरी बन्ने छ नेपालमा पहिलो पटक प्रदेश सरकार", http://hamrakura.com/ (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-११ 
  3. "प्रतिनिधिसभा र प्रदेशसभा चुनावः कुन जिल्लामा कति मतदाता ? (तथ्यांकसहित)" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-११ 
  4. "प्रदेश ७ मा कांग्रेसले छान्यो संसदीय दलको नेता", रेडियो कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१७ 
  5. "प्रदेश नम्बर ७ : एमाले संसदीय दलको नेतामा बाजुराका शाह निर्वाचित", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१७ 
  6. भट्ट, शिवराज, "प्रदेश ७ मा माओवादी संसदीय दलको नेता त्रिलोचन भट्ट", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१७ 
  7. "त्रिलोचन भट्ट प्रदेश ७ को मुख्यमन्त्री नियुक्त", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१७ 
  8. "Govt decides to hold provincial, parliamentary polls in two phases", The Himalayan Times, International Media Network Nepal (Pvt) Ltd, अन्तिम पहुँच ३१ अगस्ट २०१७ 
  9. "प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन", सेतोपाटी, अन्तिम पहुँच १६ भदौ २०७४ 
  10. छत्याल, दिलबहादुर, "मुख्यमन्त्रीमा भट्ट निश्चित", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१७ 
  11. "भट्ट बने प्रदेश ७ को मुख्यमन्त्री", लोकपथ (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१७ 
  12. नेपालपत्र (२०१८-०२-१७), "Nepapatra", नेपालपत्र (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१७ 
  13. "प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आज सपथ लिने", इमेजखबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१७ 
  14. "प्रतिनिधि सभा र प्रदेशमा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-०७ [स्थायी मृत कडी]
  15. "प्रदेश र प्रतिनिधि सभा निर्वाचन मङ्सिर १० र २१ मा", annapurnapost.com (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-०७  वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-२७ मिति
  16. "प्रतिनिधि र प्रदेश सभा सदस्यमा जम्मा ४१ जना महिला उम्मेदवार" (नेपालीमा), २०१७-१०-२४, अन्तिम पहुँच २०१७-१२-०७ 
  17. "दोस्रो चरणको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको ३ सय ८४ सिटका लागि झन्डै ५ हजारको उम्मेदवारी" (नेपालीमा), २०१७-११-०३, अन्तिम पहुँच २०१७-१२-०७ [स्थायी मृत कडी]
  18. "निर्वाचन कार्यक्रम" (pdf), १५ भदौ २०७४, अन्तिम पहुँच २१ मङ्सिर २०७४ 
  19. Article 84 Constitution of Nepal
  20. Kafle, Narayn (५ सेप्टेम्बर २०१७), "स‌ंसद् र प्रदेशको निर्वाचन विधेयक पारित", Gorkhapatra (Gorkhapatra Sansthan), अन्तिम पहुँच ६ सेप्टेम्बर २०१७ 

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्