सानोश्री-ताराताल नगरपालिका नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत भेरी अञ्चलमा पर्ने बर्दिया जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा बर्दिया जिल्लामा सानोश्रीताराताल यी २ गाउँ विकास समितिहरूलाई समेटेर सानोश्री-ताराताल नगरपालिका घोषणा गरिएको हो।[३][४] सानोश्री-ताराताल नगरपालिकाको केन्द्रभने साविकको सानोश्री गाविस भवनमा रहको छ।[२] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[४]

सानोश्री-ताराताल नगरपालिका
देश नेपाल
विकास क्षेत्रमध्य-पश्चिमाञ्चल
अञ्चलभेरी अञ्चल
जिल्लाबर्दिया जिल्ला
स्थापनामंसिर २०७१
क्षेत्रफल
 • जम्मा४५.५ किमी (१७.६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२६,४३१
 • घनत्व५८०/किमी (१५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-८४

जनसङ्ख्या सम्पादन गर्नुहोस्

सानोश्री-ताराताल नगरपालिका साविकका सानोश्रीताराताल गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी २ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा सानोश्री-ताराताल नगरपालिकाको कूल जनसङ्ख्या २६,४३१ हुन्छ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
  2. २.० २.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१ 
  3. ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर 
  4. ४.० ४.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्