नेपालको पूर्वी भागमा बसोबास गर्ने नेपालको आदीबासी किरात जातिहरूले बोल्ने भाषालाई " किरात भाषा" भनिन्छ। "चोमोलुङ" यहि "राईभाषा"बाट आएको शब्द हो। जसको अर्थ "सगरमाथा" भन्ने हुन्छ। जसमा "चोमो"को अर्थ "अग्लो"/वा ”चुच्चो” हो भने "लुङ"को अर्थ "ढुङ्गा" अर्थात "पहाड" भन्ने हुन्छ। यि नै दुइ शब्द मिलेर "सगरमाथा" अर्थात "अग्लो पहाड" भन्ने अर्थ दिन "चोमोलुङ" भनिएको हो। त्यस्तै प्रकृतीलाई राईहरूले स्त्रीलिङ्गी मान्ने हुनाले स्त्रिलिङ्ग जनाउने नामको पछाडी “मा” जोडिने भएर यसलाई “चोमोलुङमा” पनि भनिन्छ। हुन त "राईभाषा" भित्र २७ भन्दा धेरै भाषा बोलिन्छ। पहिले ३५ भन्दा धेरै भगिनी भाषा भए पनि लोप हुदैँ गएर हाल २७ वटा मात्र अस्तित्वमा रहेको छ। यि भगिनी भाषा आपसमा फरक भए पनि कतिपय शव्दहरू साझा हुने भएकोले प्राय: सबै "राईभाषा"मा "चोमोलुङ" नै भनिन्छ। वि.सं. २०१२(सन १९५६)मा बाबुराम आचार्यले सगरमाथा नामाकरण गर्नुपूर्व "चोमोलुङ"लाई स्थानिय भाषामा "चोमोलुङमा" भनेर चिनिन्थ्यो। "चोमोलुङमा" शव्द "चोमोलुङ"मा "मा" परसर्ग जोडिएर आएको शव्द हो। सामान्यतया किरात "राईहरू" प्रकृतिलाई स्त्रिलिङगी मान्दछन। त्यस्तै किरात "राईभाषा"मा स्त्रिलिङ्गी जनाउने शव्दको पछाडी "मा" जोडिने भएकोले "चोमोलुङ"लाई "चोमोलुङमा" पनि भन्ने गर्दछन।