बृहस्पति (ज्योतिष)
बृहस्पतिलाई "प्रार्थना र भक्तिको स्वामी" मानिन्छ,[१] र ब्राह्मनस्पति तथा देवगुरु (देवताको गुरु) पनि भनिन्छ। उनी एक हिन्दू देवता एवं वैदिक आराध्य हुन्। उनलाई शील र धर्मको अवतार मानिन्छ ना र उनी देवताहरूको लागि प्रार्थना र बलि व हविको प्रमुख प्रदाता समेत हुन्। यस प्रकार उनले मनुष्य र देवता को बीच मध्यस्थता गर्थे।
बृहस्पति | |
---|---|
देव गुरु, बृहस्पति | |
देवनागरी | बृहस्पति |
संबद्ध | देव (ग्रह) |
वासस्थान | देवलोक |
ग्रह | बृहस्पति |
मन्त्र | Om Brihaspataye Namaha |
दिन | बिहीबार |
Color | पहेँलो |
Number | ३ |
पत्नी | Tara |
बहान | Elephant / chariot drawn by eight white horses |
पिता | अंगिरा |
बृहस्पति हिन्दू देवताको गुरु थिए र दैत्य गुरु शुक्राचार्यको कट्टर विरोधी रहेका थिए। उनी नवग्रह समूहको नायक पनि मानिन्छन् त्यसैले उनलाई गणपति पनि भनिन्छ। उनी ज्ञान र वाग्मिताको देवता मानिन्छन्। उनले नै बार्हस्पत्य सूत्रको रचना गरेका थिए। उनको वर्ण सुवर्ण या पहेँलो मानिन्छ र उनसँग दण्ड, कमल र जपमाला रहन्छ। उनलाई सप्तवारमा बृहस्पतिवार/बिहीबार को स्वामी मानिन्छ।[२] ज्योतिषमा उनलाई बृहस्पति (ग्रह)को स्वामी मानिन्छ।
हिन्दू धर्ममा
सम्पादन गर्नुहोस्ऋग्वेद अनुसार बृहस्पतिलाई अंगिरस ऋषिको पुत्र मानिन्छ [३]
ग्रह
सम्पादन गर्नुहोस्हिन्दु ज्योतिष ग्रन्थहरूमा संस्कृतमा बृहस्पतीलाई ग्रहको रूपमा प्रस्तुत गरिएको छ- जस्तै ५औं शताब्दीमा आर्यभट्टको आर्याभटिया, ६ औँ शताब्दीमा लटदेवको रोमाक र वराह मिहिरको पंचसिद्धान्तिका, ७ औँ शताब्दीमा ब्रह्मगुप्तको खण्डखाद्यक, र ८औं शताब्दीमा लल्लको शिष्यधीवृद्धिदतन्त्रम्।[४] यी ग्रन्थहरूमा बृहस्पतिलाई एक ग्रहको रूपमा प्रस्तुत गरिएको छ र यसको ग्रह चकृय चालको अनुमान गरिएको छ।[४] ५औं-१०औं शताब्दीको बीचमा रचिएको सुर्य सिद्धान्त जस्ता अन्य ग्रन्चहरूमा अन्य ग्रहरु र तिनको पौराणिकता प्रस्तुत गरिएको छ।[४]
यी ग्रन्थहरूको पाण्डुलिपिमा आकाशमा बृहस्पतिको चाल प्रस्तुत गरिएको छ, तर आकडा फरक छ र त्यसमा संशोधन गर्न खुला गरिएको छ।[५] यी ग्रन्थहरूमा बृहस्पतिको एक चक्कर, दूरतम बिन्दु, अधिचक्र, नोडल देशान्तर र कक्षीय झुकावमा केही भिन्नता छ।[६][७] उदाहरणको लागि, खण्डखाद्यक र सुर्य सिद्धान्तमा बृहस्पतिको एक चाकरको लागि पृथ्वीको ४३,२०,००० वर्ष लाग्छ भने सुर्य सिद्धान्त अनुसार ३,६४,२२०[८]
पहिलो सहशताब्दीमा नाक्षत्र समय्को लागि हिन्दु विद्वानहरूले आफ्नो ज्योतिष अध्ययनबाट गरेको अनुमान अनुसार केही भिन्नता छ।[९]
Source | Estimated time per sidereal revolution[९] |
Surya Siddhanta | 4,332 days, 7 hours, 41 minutes, 44.4 seconds |
Siddhanta Shiromani | 4,332 days, 5 hours, 45 minutes, 43.7 seconds |
Ptolemy | 4,332 days, 18 hours, 9 minutes, 10.5 seconds |
20th century calculations | 4,332 days, 14 hours, 2 minutes, 8.6 seconds |
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ Monier-Williams, also "he is the chief offerer of prayers and sacrifices, and therefore represented as the type of the priestly order, and the Purohita of the gods with whom he intercedes for men"
- ↑ Coleman, Charles. Mythology of the Hindus, p. 133
- ↑ ऋग्वेद ४.४०.१
- ↑ ४.० ४.१ ४.२ Ebenezer Burgess (१९८९), P Ganguly, P Sengupta, सम्पादक, Sûrya-Siddhânta: A Text-book of Hindu Astronomy, Motilal Banarsidass (Reprint), Original: Yale University Press, American Oriental Society, पृ: vii–xi, आइएसबिएन 978-81-208-0612-2।
- ↑ Lionel D. Barnett (१९९४), Antiquities of India: An Account of the History and Culture of Ancient Hindustan, Asian Educational Services, पृ: 190–192, आइएसबिएन 978-81-206-0530-5।
- ↑ Ebenezer Burgess (१९८९), P Ganguly, P Sengupta, सम्पादक, Sûrya-Siddhânta: A Text-book of Hindu Astronomy, Motilal Banarsidass (Reprint), Original: Yale University Press, American Oriental Society, पृ: ix–xi, xxix, आइएसबिएन 978-81-208-0612-2।
- ↑ J Fleet (१९११), "Arbhatiya", Journal of the Royal Asiatic Society of Great Britain and Ireland: 794–799।
- ↑ Ebenezer Burgess (१९८९), P Ganguly, P Sengupta, सम्पादक, Sûrya-Siddhânta: A Text-book of Hindu Astronomy, Motilal Banarsidass (Reprint), Original: Yale University Press, American Oriental Society, पृ: ix–x, आइएसबिएन 978-81-208-0612-2।
- ↑ ९.० ९.१ Ebenezer Burgess (१९८९), P Ganguly, P Sengupta, सम्पादक, Sûrya-Siddhânta: A Text-book of Hindu Astronomy, Motilal Banarsidass (Reprint), Original: Yale University Press, American Oriental Society, पृ: 26–27, आइएसबिएन 978-81-208-0612-2।