शम्भुनाथ मन्दिर पूर्वी नेपालको प्रसिद्ध मन्दिरहरू मध्ये एक हिन्दू मन्दिर हो। यो मन्दिर सप्तरी जिल्लाको पूर्व पश्चिम राजमार्गको दक्षिण भागमा रहेको शम्भुनाथ नगरपालिकामा अवस्थित छ। यस मन्दिरमा शिव प्रमुख देवताको रूपमा रहेको छ। भारत तथा नेपालको भक्तजनहरूको आस्थाको केन्द्रको रूपमा यो मन्दिर रहेको छ। यहाँ प्रत्येक वर्ष बैशाख महिनामा महिना दिने लामो मेला लाग्ने गर्दछ।[१][२]

शम्भुनाथ मन्दिर
शम्भुनाथको शिवलिङ्ग
प्राथमिक विवरण
स्थान:शम्भुनाथ नगरपालिका
सम्बन्धनहिन्दुत्व
जिल्लासप्तरी
देशनेपाल
अवस्थिति७८ मी (२५६ फिट)

यो मन्दिर ऐतिहासिक, सांस्कृतिक र धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको छ। यो मन्दिर १६औँ शताब्दीमा निर्माण गरिएको हो र मन्दिरमा रहेको शिवलिङ्गको उचाइ ५ फिट ५ इन्च रहेको छ। यस मन्दिरमा रहेको शिवलिङ्ग सेनवंशी राजाहरूको राजदरवार रहेको चन्द्रभोगा अथवा एकागढ क्षेत्र चन्द्रभोगा गढीबाट ल्याएर स्थापित गरिएको हो।[३][४][५] मन्दिरको वर्तमान स्वरूप वि.सं. १९९० मा कचनदाहाका स्थानीय निवासी बुछमान गोइतले निर्माण गराउन आरम्भ गरेका थिए तर उनको यो प्रयास विफल भएको थियो। त्यस्को केही समयपछि स्थानीय निवासी दसन साहले मन्दिरको निर्माण कार्य सम्पन्न गरेका थिए। रुपनीकठौनाको मध्य भागमा अवस्थित शम्भुनाथ मन्दिर लगभग ३ विगहा क्षेत्रफलमा फैलिएको छ। मन्दिरको ठीक अगाडि प्राचीन पोखरी रहेको छ। यस मन्दिर प्राङ्गणमा चन्द्रभोगा क्षेत्रबाट ल्याइएको कलात्मक ढुङ्गा, शिलालेखहरू रहेका छन्।[६][७] यो मन्दिर रहेको ठाउँबाट दक्षिण दिशामा पर्ने चुरे पहाडको माथिल्लो डाँडामा सनेवंशी राजाहरूले आफ्नो शीतकालीन राजधानी बनाएका इतिहासकारहरूको भनाइ रहेको छ। सेनवंशी राजाहरू मध्ये यो चन्द्रकेतु भनिने राजाको दरवार रहेको जनविश्वास रहेको छ। मन्दिरमा स्थापना गरिएको शिवलिङ्ग भने यहाँ नजिकै रहेको खाँडो खोलाबाट बयल गाडामा स्थानीयहरूको पहलमा ल्याइएको थियो।[३] १५औँ शताब्दीमा चन्द्रकेतु नामक राजाले सप्तरी जिल्लाको उत्तरपूर्वमा महेन्द्र राजमार्ग नजिकै रहेको धर्मपुर गाउँदेखि पाँच किलोमिटर उत्तरमा रहेको चुरे पर्वतमाथि आफ्नो कुलदेवी चन्द्रभागा भगवतीको स्थापना गरेका थिए। सो मन्दिरको भग्नावशेष अहिले पनि त्यहाँ रहेको छ। सोही मन्दिरको एउटा स्तम्भलाई शम्भुनाथ भनी पूजा गर्ने चलन छ।[८][९][१०]

हिन्दू धर्मावलम्बीको पवित्र धार्मिक स्थलको रूपमा रहेको यो मन्दिरमा दर्शन गर्न सिमावर्ती देश भारत तथा पूर्वी तथा मध्य नेपालका मोरङ, सुनसरी, सिरहा, धनुषा, महोत्तरीसम्मका श्रद्धालुहरू आउने गरेका छन्। यहाँ लाग्ने वैशाखे मेला युवा पुस्तामाझ एकदमै लोकप्रिय रहेको छ।[११]

 
शम्भुनाथ मन्दिर, नेपाल मा प्रार्थना मोती बेच्ने स्थानीय पसल

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "अन्नत चतुदर्शीमा महादेव मन्दिरमा जल चढाउँन श्रद्धालुहरूको घुईचो", Madhesh Special  वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-२३ मिति
  2. "सप्तरीको शम्भुनाथमा एकमहिने मेला सुरु", Bikash News (en-USमा), अन्तिम पहुँच २०२०-०९-२६ 
  3. ३.० ३.१ Dāsa, Harikāntalāla (२००३), Saptarī Jillākā pramukha sāṃskr̥tika sthalaharu : eka adhyayana : laghuanusandhānakārya (1. saṃskaraṇa. संस्करण), Kāṭhamāḍauṃ: Nepāla Rājakīya Prajñā-Pratishṭhāna, पृ: 120, आइएसबिएन 9789993350569 
  4. Sūcanā Vibhāga, Nepal (२००३), Mecīdekhi mahākālī, Volume 1 (1. saṃskaraṇa. संस्करण), Kāṭhamāḍauṃ: Śrī 5 ko Sarakāra Sañcāra Mantrālaya, Sūcanā Vibhāga, 1975। 
  5. "Former king gyanendra arrives in Saptari", Sambad Media, अन्तिम पहुँच १० जुन २०१५  वेब्याक मेसिन अभिलेखिकरण ४ मार्च २०१६ मिति
  6. "संक्षिप्त परिचय : सप्तरी जि.स.स", जिसस, सप्तरी, अन्तिम पहुँच २०२०-०९-२६ 
  7. "शम्भुनाथ नगरपालिकाकाे परिचय", शम्भुनाथ नगरपालिकाकाे कार्यालय, अन्तिम पहुँच २०२०-०९-२६ 
  8. "सप्तरीको शम्भुनाथ मन्दिरमा लाग्ने एक महिने मेला सुनसान", खरी बोट, अन्तिम पहुँच २०२०-०९-२६ 
  9. अमात्य (नेपालीमा). सप्तरीको चन्द्रभागा र कान्छा खोरियाका अवशेषहरू (Thesis). नेपाल पुरातत्व विभाग. p. ११. http://himalaya.socanth.cam.ac.uk/collections/journals/ancientnepal/pdf/ancient_nepal_49-52_03.pdf. 
  10. "सप्तरीकाे शम्भुनाथ मन्दिरमा भीड", सौर्य अनलाइन, अन्तिम पहुँच २०२०-०९-२६ 
  11. "सलहेश क्षेत्र पर्यटन प्रबर्दन विकास समिति", सलहेस पर्यटन, अन्तिम पहुँच २०२०-०९-२६  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०१-२० मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्