वि.सं २०६१ सालको शाही कदम

२०६१ साल माघ १९ गते नेपालका राजा ज्ञानेन्द्रले नेपाली काङ्ग्रेसलाई सत्ताच्युत गरेपछि नेपालमा राजाकै नेतृत्वमा 'सैन्य शासन' सुरु भएको थियो।[] मन्त्रिपरिषद् विघटन गरि आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरेका थिए।[] नेपालको जनआन्दोलन २०६३पछि राजाले पूर्णरूपमा सत्ता त्याग्न सहमत भएपछि वि.सं २०६३ मा संसद् पुनःस्थापना भएको थियो। भारत, संयुक्त अधिराज्यसंयुक्त राज्य अमेरिकाले यस कदमको निन्दा गरेका थिए।[]

२०६१ सालको शाही घोषणा
माओवादी जनयुद्धको भाग
मिति१९ माघ २०६१
स्थान
परिणाम

शाही शासन सफल

  • नेपालको संसद विघटन
योद्धा
 नेपाल अधिराज्य नेपालको संसद
सेनापतिहरू
ज्ञानेन्द्र शेरबहादुर देउवा

वि.सं २०१७ पुस १ गते राजा महेन्द्रको नेतृत्वमा भएको नेपाल 'कू' पछि वि.सं २०४६ मा राजा वीरेन्द्रको शासनकालमा संवैधानिक राजतन्त्र नबनेसम्म नेपाल सरकार निरङ्कुश राजतन्त्रको रूपमा शासन गर्दै आएको थियो।[] राजा वीरेन्द्र, रानी ऐश्वर्य र युवराज दीपेन्द्रसहित राजपरिवारका १० सदस्यहरूको हत्या भएपछि राजा ज्ञानेन्द्र सत्तामा आएका थिए।[] राजा ज्ञानेन्द्रले यसअघि वि.सं २०५८ देखि तीन वटा सरकारलाई बर्खास्त गरेका थिए।[] माओवादीले नेतृत्व गरेको नेपाली गृहयुद्ध जारी थियो र ११,००० भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको थियो। नेपालमा वि.सं २०५८ देखि संसद् विघटन गरिएको थियो[] जसका कारण ज्ञानेन्द्रको लोकप्रियता खस्केको थियो।[]

प्रतिनिधि सभा पुनर्स्थापना

सम्पादन गर्नुहोस्

२०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले सङ्कटकाल घोषणा गर्दै र नेपालको संसद विघटन गरेका थिए।[][][] संसदका सदस्यहरूलाई नजरबन्दमा राखिएको थियो, प्रमुख संवैधानिक अधिकारहरू निलम्बित गरिएको थियो र सैन्य शासन अन्तर्गत पूर्ण बन्देज लागू गरिएको थियो र सञ्चार कटौती गरिएको थियो।[][]

भारत, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाले यस कदमको निन्दा गरेका थिए। राजाको शासन एक वर्ष भन्दा बढी समयसम्म चलेको थियो। २०६३ वैशाख ११ मा, राजाले पूर्ण शक्ति त्याग्न र लोकतन्त्र आन्दोलन पछि विघटित प्रतिनिधि सभालाई पुनर्स्थापित गर्न सहमत भएका थिए।[१०][११]

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "२०६१ माघ १९ को त्यो शाही घोषणा (पूर्णपाठसहित)", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २२ साउन २०८१ 
  2. "आज माघ १९ : व्यवस्था फेरियो, अवस्था फेरिएन"अनलाइन खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. "माघ १९ अर्थात् राजा ज्ञानेन्द्रले ‘कू’ गरेको दिन", देश सञ्चार (नेपालीमा), अन्तिम पहुँच २२ साउन २०८१ 
  4. ४.० ४.१ ४.२ "Unrest as Nepal crowns new king", the Guardian (अङ्ग्रेजीमा), २००१-०६-०४, मूलबाट २२ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०१-२२ 
  5. ५.० ५.१ "Nepal's Royal Coup: Making a Bad Situation Worse", Crisis Group (अङ्ग्रेजीमा), ९ फेब्रुअरी २००५, मूलबाट १३ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अप्रिल २०२१ 
  6. ६.० ६.१ Ramesh, Randeep (२ फेब्रुअरी २००५), "King of Nepal seizes power", The Guardian (अङ्ग्रेजीमा), मूलबाट १५ अप्रिल २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अप्रिल २०२१ 
  7. "The Coup in Nepal", The New York Times (अङ्ग्रेजीमा), १९ फेब्रुअरी २००५, आइएसएसएन 0362-4331, मूलबाट १५ अप्रिल २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अप्रिल २०२१ 
  8. "Nepal's king declares emergency" (अङ्ग्रेजीमा), २००५-०२-०१, मूलबाट ३० मे २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०४-१५ 
  9. "Nepal: Time for King to Relinquish Power", Human Rights Watch, १ जनवरी २००६, मूलबाट २२ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अप्रिल २०२१ 
  10. Sengupta, Somini (२५ अप्रिल २००६), "In a Retreat, Nepal's King Says He Will Reinstate Parliament", The New York Times, मूलबाट १८ सेप्टेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ फेब्रुअरी २०१७ 
  11. "Full text: King Gyanendra's speech", BBC, २४ अप्रिल २००६, मूलबाट २२ डिसेम्बर २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अक्टोबर २०१२