विपिन रावत

भुतपुर्व भारतीय रक्षा प्रमुख (चीफ अफ डिफेन्स स्टाफ)

जनरल विपिन रावत (पविसेप, उयुसेप, अविसेप, युसेप, सेप, विसेप, एडिसी) (सन् १९५८ मार्च १६- सन् २०२१ डिसेम्बर ८) भारतको प्रथम प्रमुख रक्षा अधिकारी वा चिफ अफ डिफेन्स स्टाफ (सिडिएस) थिए।[३] उनले सन् २०२० जनवरी १ को दिन भारतको प्रमुख रक्षा अधिकारीको पदभार ग्रहण गरेका थिए। रक्षा प्रमुख बन्नु पूर्व उनी भारतीय थलसेनाको प्रमुख थिए। रावत सन् २०१६ डिसेम्बर ३१ देखि सन् २०१९ डिसेम्बर ३१ सम्म थल सेनाध्यक्ष पदमा रहेर काम गरेका थिए।[४][५][६][७] सन् २०२१ डिसेम्बर ८ मा हेलिकप्टर दुर्घटनामा ६३ वर्षको उमेरमा उनको मृत्यु भएको थियो।

विपिन रावत
आधिकारिक तस्विर, सन् २०२०
पहिलो प्रमुख रक्षा अधिकारी
कार्यकाल
१ जनवरी २०२० (2020-01-01) – ८ डिसेम्बर २०२१ (2021-12-08)
राष्ट्रपतिराम नाथ कोविन्द
प्रधानमन्त्रीनरेन्द्र मोदी
रक्षा मन्त्रीराजनाथ सिंह
पूर्वाधिकारी'पद स्थापित'
उतराधिकारी'रिक्त'
व्यक्तिगत विवरण
जन्म(१९५८-०३-१६)१६ मार्च १९५८
पौडी, पौडी गढवाल जिल्ला, उत्तर प्रदेश, भारत
(वर्तमान उत्तराखण्ड, भारत)
मृत्यु८ डिसेम्बर २०२१(2021-12-08) (उमेर ६३)
बन्दिसोला, नीलगिरी जिल्ला, तमिलनाडु, भारत
मृत्युुको  कारणहेलिकप्टर दुर्घटना
जीवन साथी
मधुलिका रावत
(
वि १९८५; मृत्यु २०२१)
सन्तान(हरू)
मातृ शिक्षाप्रतिष्ठान
सैन्य सेवा
निष्ठा भारत
शाखा/सेवा भारतीय सेना
सेवाको वर्षहरूसन् १९७८ डिसेम्बर १६  – सन् सन् २०२१ डिसेम्बर ८
श्रेणी जनरल
एकाइ५/११ गोर्खा राइफल्स
सेवा क्रमIC-35471M[२]
पुरस्कारहरू

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

रावतको जन्म सन् १९५८ मार्च १६ मा पौडी गढवाल जिल्लाको पाउरी, हालको उत्तराखण्ड राज्यमा भएको थियो।[८][९] उनको परिवार कयौँ पुस्तादेखि भारतीय सेनामा सेवारत छन्। उनको बुवा लक्ष्मण सिंह रावत भारतीय सेनाको लेफ्टिनेन्ट जनरलको दर्जासम्म पुगेका थिए। [१०][११][१२] उनको आमा उत्तरकाशी जिल्लाकी थिइन् र उनी उत्तराखण्ड विधानसभाका पूर्व सदस्य किसन सिंह परमारकी छोरी थिइन्। [१३]

सैन्य जीवन सम्पादन गर्नुहोस्

राजपूत परिवारमा जन्मिएका रावतको कयौँ पिढी सेनामा रहेका छन्।

प्रारम्भिक वृत्ति सम्पादन गर्नुहोस्

सन् १९७८ डिसेम्बर १६ मा, रावत ५औँ  बटालियन, ११ गोर्खा राइफलमा प्रवेश गरेका थिए। उनको पिताले यसै इकाइबट सेनामा प्रवेश गरेका थिए।[१४][१५] उनले उच्चतम उचाइमा युद्ध गरेका थिए साथै उनले प्रति विद्रोह अपरेसन सञ्चालनमा दस वर्ष विताएका थिए।

१९८७ चीन-भारत सङ्घर्ष सम्पादन गर्नुहोस्

सुमदोरोङ चू नामक स्थानमा भएको सन् १९८७ को चीन-भारत सङ्घर्षको समयमा, तत्कालीन क्याप्टेन रावतको बटालियनलाई चिनियाँ जनमुक्ति सेना विरुद्ध परिचालन गरिएको थियो। [१६] यो गतिरोध सन् १९६२ को भारत-चीन युद्ध पछि विवादित म्याकमोहन लाइनमा भएको पहिलो सामना थियो।[१७]

विमान दुर्घटनामा असामयिक मृत्यु सम्पादन गर्नुहोस्

सन् २०२१ डिसेम्बर ८ को दिन तमिलनाडुको कुन्नुरमा भारतीय वायुसेनाको रक्षा प्रमुख जनरल विपिन रावत चढेको मिल एमआई-१७ भिएच हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो। यस दुर्घटनामा सवार १४ मध्ये १३ जनाको मृत्यु भएको पुष्टि गरिएको थियो। यस परिस्थितिमा वायुसेनाद्वारा जाँचको आदेश दिइएको थियो। उक्त हेलिकप्टरले कोयम्बटोरको सुलुर आइएएफ स्टेसनबाट उडान सुरु गरेको थियो र रक्षा प्रमुखलाई लिएर वेलिङ्टन सैन्य अधिकारी एकेडमी जाँदै थियो।[१८]

सम्मान र सैनिक चिह्नहरू सम्पादन गर्नुहोस्

लगभग ४३ वर्षे आफ्नो सैन्य करियरमा उनले परम विशिष्ट सेवा पदक, उत्तम युद्ध सेवा पदक, अति विशिष्ट सेवा पदक, युद्ध सेवा पदक, सेना पदक, विशिष्ट सेवा पदकका साथै उनको वीरता र विशिष्ट सेवाको लागि दुई पटक सैन्य प्रशस्तिसँगै एक पटक सेना कमान्डर प्रशस्तिले सम्मानित गरिएको थियो।[१९][२०][२१][२२][२३][२४]

   
       
       
       
       
परम विशिष्ट सेवा पदक उत्तम युद्ध सेवा पदक
अति विशिष्ट सेवा पदक युद्ध सेवा पदक सेना पदक विशिष्ट सेवा पदक
घाइते पदक सामान्य सेवा पदक विशेष सेवा पदक अपरेसन पराक्रम पदक
सैन्य सेवा पदक उच्च उचाइ सेवा पदक विदेश सेवा पदक ५०औँ स्वतन्त्रता वार्षिकोत्सव पदक
३० वर्षे लामो सेवा पदक २० वर्षे लामो सेवा पदक ९ वर्षे लामो सेवा पदक मोनुस्को

पद ग्रहण मिति सम्पादन गर्नुहोस्

अधिचिह्न पद भाग पदभार ग्रहण मिति
  दोस्रो उपसेनानी भारतीय सेना सन् १९७८ डिसेम्बर १६[२५]
  उपसेनानी भारतीय सेना सन् १९८० डिसेम्बर १६[२६]
  सह-सेनानी भारतीय सेना सन् १९८४ जुलाई ३१[२७]
  सेनानी भारतीय सेना सन् १९८९ डिसेम्बर १६[२८]
  प्रमुख सेनानी भारतीय सेना सन् १९९८ जुन १[२९]
  महासेनानी भारतीय सेना सन् २००३ अगस्ट १[३०]
  सहायक रथी भारतीय सेना सन् २००७ अक्टोबर १ (सन् २००७ मे १७ देखि वरिष्ठता)[३१]
  उप रथी भारतीय सेना सन् २०११ अक्टोबर २० (सान्दर्भिक, सन् २०१० मे ११ देखि वरिष्ठता)[३२]
  रथी भारतीय सेना सन् २०१४ जुन १ (सान्दर्भिक)[३३]
  जनरल(सिओएएस) भारतीय सेना सन् २०१७ जनवरी १[३४]
  जनरल(सिडिएस) भारतीय सशस्त्र बल

(त्रि-सेवा)

सन् २०१९ डिसेम्बर ३१[३५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Who is Bipin Rawat: A brief look at General Bipin Rawat, India's first CDS", The Economic Times, अन्तिम पहुँच ८ डिसेम्बर २०२१ 
  2. "411 Republic Day Gallantry and Other Defence Decorations Announced", २५ जनवरी २०१९। 
  3. Bhaumik, Subir (८ डिसेम्बर २०२१), "Bipin Rawat: India's 'inspiring commander' who died in helicopter crash", BBC News (en-GBमा) (Kolkata), अन्तिम पहुँच ८ डिसेम्बर २०२१ 
  4. "संग्रहीत प्रति", मूलबाट १८ दिसंबर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ दिसंबर २०१६ 
  5. "संग्रहीत प्रति", मूलबाट १८ दिसंबर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ दिसंबर २०१६ 
  6. "संग्रहीत प्रति", मूलबाट १८ दिसंबर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ दिसंबर २०१६ 
  7. "संग्रहीत प्रति", मूलबाट १ जनवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ दिसंबर २०१६ 
  8. "Army Chief Gen Bipin Rawat set to be India's first CDS" 
  9. "Top positions in country's security establishments helmed by men from Uttarakhand – Times of India", मूलबाट २१ डिसेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जनवरी २०१७ 
  10. "Gen Bipin Rawat known for operational skills and strategic expertise", मूलबाट २४ डिसेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जनवरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण २४ डिसेम्बर २०१६ मिति
  11. "Top positions in country's security establishments helmed by men from Uttarakhand – Times of India", The Times of India, मूलबाट २० डिसेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ डिसेम्बर २०१६ 
  12. "Bipin Rawat to have full three years tenure", The New Indian Express, मूलबाट २१ डिसेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अक्टोबर २०१७ 
  13. "Army Chief visits mother's ancestral village", Business Standard India, Press Trust of India, २० सेप्टेम्बर २०१९। 
  14. "Lt Gen Bipin Rawat takes over as new Army Commander", २ जनवरी २०१६, मूलबाट २५ डिसेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जनवरी २०१७ 
  15. Peri, Dinakar (१७ डिसेम्बर २०१६), "In surprise move, Lt. Gen. Bipin Rawat appointed next Army Chief", The Hindu, मूलबाट २१ डिसेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जनवरी २०१७ 
  16. "Why General Rawat made the cut which General Bakshi failed to", मूलबाट १७ डिसेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ डिसेम्बर २०१६ 
  17. "Flashback from 1986: When India First Stared China in the Eye", News18 (अङ्ग्रेजीमा), ७ जुलाई २०१७, अन्तिम पहुँच ८ डिसेम्बर २०२१ 
  18. "नहीं रहे CDS बिपिन रावत, हेलिकॉप्टर हादसे में पत्नी सहित 13 लोगों की मौत।", आज तक (हिन्दीमा), ८ दिसम्बर २०२१। 
  19. "Superseding two senior Lt Gens, Bipin Rawat is new Army Chief; Dhanoa to head Air Force", The Indian Express, १८ डिसेम्बर २०१६, मूलबाट १८ डिसेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ डिसेम्बर २०१६ 
  20. "Lt Gen Bipin Rawat appointed new Army chief, Air Marshal BS Dhanoa as new Air Force chief", मूलबाट १७ डिसेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ डिसेम्बर २०१६ 
  21. "Eight things you need to know about new army chief Bipin Rawat", Hindustantimes, १७ डिसेम्बर २०१६, मूलबाट १७ डिसेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ डिसेम्बर २०१६ 
  22. "New Army Chief Has What the Govt Wants: Nuts-and-Bolts Experience", The Quint, मूलबाट २० डिसेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ डिसेम्बर २०१६ 
  23. "Press Information Bureau", मूलबाट ८ अक्टोबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अक्टोबर २०१७ 
  24. "Lt Gen Mathews takes over as GoC of India's only desert corps", The Indian Express (en-USमा), १ सेप्टेम्बर २०१४, अन्तिम पहुँच २३ अक्टोबर २०१७ 
  25. "Part I-Section 4: Ministry of Defence (Army Branch)", The Gazette of India, २१ फेब्रुअरी १९८१, पृ: २१२, मूलबाट २४ सेप्टेम्बर २०२१-मा सङ्ग्रहित। 
  26. "Part I-Section 4: Ministry of Defence (Army Branch)", The Gazette of India, १ अगस्ट १९८१, पृ: ९९५, मूलबाट २४ सेप्टेम्बर २०२१-मा सङ्ग्रहित। 
  27. "Part I-Section 4: Ministry of Defence (Army Branch)", The Gazette of India, २३ मार्च १९८५, पृ: ३७५, मूलबाट २४ सेप्टेम्बर २०२१-मा सङ्ग्रहित। 
  28. "Part I-Section 4: Ministry of Defence (Army Branch)", The Gazette of India, ३ नोभेम्बर १९९०, पृ: १७४६, मूलबाट २४ सेप्टेम्बर २०२१-मा सङ्ग्रहित। 
  29. "Part I-Section 4: Ministry of Defence (Army Branch)", The Gazette of India, १८ मे २००२, पृ: ८११, मूलबाट २४ सेप्टेम्बर २०२१-मा सङ्ग्रहित। 
  30. "Part I-Section 4: Ministry of Defence (Army Branch)", The Gazette of India, २५ जुन २००५, पृ: ९७४, मूलबाट २४ सेप्टेम्बर २०२१-मा सङ्ग्रहित। 
  31. "Part I-Section 4: Ministry of Defence (Army Branch)", The Gazette of India, २१ फेब्रुअरी २००९, पृ: २५४, मूलबाट २४ सेप्टेम्बर २०२१-मा सङ्ग्रहित। 
  32. "Part I-Section 4: Ministry of Defence (Army Branch)", The Gazette of India, १९ जनवरी २०१३, पृ: ९५। 
  33. "Part I-Section 4: Ministry of Defence (Army Branch)", The Gazette of India, २० डिसेम्बर २०१४, पृ: २३६६। 
  34. "Part I-Section 4: Ministry of Defence (Army Branch)", The Gazette of India, २५ मार्च २०१७, पृ: २२३। 
  35. "General Bipin Rawat Appointed as Chief of Defence Staff", Press Information Bureau of India – Archive, ३० डिसेम्बर २०१९, अन्तिम पहुँच २ जनवरी २०२१