चौधरी चरण सिंह विश्वविद्यालय

चौधरी चरण सिंह विश्वविद्यालय भारतीय राज्य उत्तर प्रदेशको मेरठमा स्थित एउटा विश्वविद्यालय हो।

चौधरी चरण सिंह विश्वविद्यालय (CCS University), पहिलेको मेरठ विश्वविद्यालय, मेरठ, उत्तर प्रदेश, भारतमा रहेको राज्य स्तरीय सरकारी विश्वविद्यालय हो। यस विश्विद्यालयको स्थापना सन् १९६५ मा भएको हो।[१] पछि यस विश्वविद्यालयको नाम भारतका पूर्व प्रधानमन्त्री चौधरी चरण सिंहको नाममा राखिएको थियो।[१] यस विश्वविद्यालयले आफ्नो रजत जयन्ती सन् १९९१ मा मनाएको थियो।

चौधरी चरण सिंह विश्वविद्यालय
पूर्व नामहरू
मेरठ विश्वविद्यालय
नेपालीमा आदर्श वाक्य
जहाँ सत्यको त्यो सर्वोच्च खजाना बास गर्दछ
प्रकारराज्य स्तरीय विश्विविद्यालय (सरकारी)
स्थापनासन् १९६५
कुलपतिआनन्दीबेन पटेल
रजिष्ट्रारदीप चन्द (आईएएस अधिकृत)
स्थान, ,
क्याम्पसशहरी
सम्बन्धनहरूUGC
वेबसाइटwww.ccsuniversity.ac.in

शिक्षण सम्पादन गर्नुहोस्

यस विश्वविद्यालयमा विज्ञान, मानविकी, समाज-शास्र, र इन्जीनियरिङ सङ्कायका विभिन्न विषयहरूमा पढाइ हुन्छ। एमफिल र पीएचडी तहका कार्यक्रमहरू सन् १९६९बाट शुरू गरेको यस विश्विविद्यालयले सन् १९७३बाट पोष्ट-ग्र्याजुएट तहका विभिन्न विषयहरूमा परिष्कृत पाठ्यक्रमको आधारमा पढाइ शुरू गरेको थियो। यस विश्वविद्यालयमा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा २२ वटा र स्ववित्तपोषित ३५ वटा विभाग पाठ्यक्रमहरू सञ्चालित छन्। सर छोटुराम इन्स्टिच्युट अफ इन्जीनियरिङ एण्ड टेक्नोलोजी यस विश्वविद्यालय अन्तर्गत सञ्चालित सरकारी इन्जीनियरिङ क्याम्पस हो। यहाँ इन्जीनियरिङ तर्फका विभिन्न ७ वटा विषयमा अध्यापन गराइन्छ। यस विश्वविद्यालयले विश्वविद्यालयको शैक्षणिक समुदाय तथा समग्र राज्यलाई सेवा दिने उद्देश्यले सन् १९६८ मा पुस्तकालयको स्थापना गरेको थियो। पुस्तकालयलाई थप व्यवस्थित बनाउन सन् १९७० मा निर्माण शुरू भएको छुट्टै पुस्तकालय भवनको निर्माण सम्पन्न सन् १९७२ मा भएको थियो; जसलाई ११ जनवरी १९७२ मा विश्वविद्यालयका पहिलो कुलपति डा॰ गोपाल रेड्डीले उद्घाटन गरेका थिए। यो पुस्तकालय अहिले राजा महेन्द्र प्रताप पुस्तकालयको नामले जानिन्छ।

सम्बन्धनप्रदत्त कलेजहरू सम्पादन गर्नुहोस्

यस विश्वविद्यालयबाट सम्बन्धनप्रदत्त कलेजहरू मेरठसहारनपुर क्षेत्रका विभिन्न नौ जिल्ला - बागपत, बुलन्दशहर, गौतम बुद्ध नगर, गाजियाबाद, हापुड, मेरठ, मुझफ्फरनगर, सहारनपुरशमलीमा रहेका छन्।

उल्लेखनीय पूर्व छात्र सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Chaudhary Charan Singh University - About Us", मूलबाट २१ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ मार्च २०११  वेब्याक मेसिन अभिलेखिकरण २१ जुलाई २०११ मिति
  2. "Ramesh bidhuri" 
  3. "Ms. Mayawati, Chief Minister, Uttar Pradesh, Life History: At A Glance (Official Profile of Chief Minister of Uttar Pradesh)", upgov.nic.in, Government of Uttar Pradesh, १६ जुलाई २००९, मूलबाट ८ जुन २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ डिसेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण ८ जुन २००८ मिति
  4. "K.C. Tyagi Indian Parliament Profile", National Portal of India, अन्तिम पहुँच २६ डिसेम्बर २०१७ 
  5. Dr. Ela Mishra, Reshmi Rumaal Sharyantra (Hindiमा), Manak Publications and Jamiat Ulema-e-Hind 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

निर्देशाङ्कहरू: २८°५८′१२″N ७७°४४′२९″E / २८.९७००°N ७७.७४१५°E / 28.9700; 77.7415