विकिपिडिया:विकिथन-८
विकिथन नेपाली विकिपिडिया समुदायका सम्पादनकर्ताहरूद्वारा वि.सं. २०६८ देखि प्रत्येक वर्ष विजयादशमी, तिहार तथा छठको अवसर पारेर आयोजना गरिने एक चाडपर्व विशेष सम्पादन-थन कार्यक्रम हो। नेपाली विकिपिडियामा विभिन्न क्षेत्रसँग सम्बन्धित लेखहरू निर्माण गर्ने उद्देश्यले यो प्रतियोगिता सञ्चालन गर्ने गरिन्छ। मुख्यतया नेपाल लगायत विश्वको प्रमुख व्यक्तित्व, भूगोल, संस्कृति, खेलकूद, वनस्पति, जनावर आदि विषयको लेखहरू अभिवृद्धि गरि नेपाली भाषाको विकिपिडियालाई समृद्ध बनाउने यस सम्पादन-थन प्रतियोगिताको लक्ष्य रहेको छ। यो प्रतियोगिता विजयादशमीको पहिलो दिन सुरु भई छठको भोलिपल्ट सकिन्छ।
लगभग ३० दिनसम्म सञ्चालन गरिने यस प्रतियोगितामा कुनै पनि विकी प्रयोगकर्ताले यस प्रतियोगितामा सहभागिता जनाई मापदण्ड अनुसारको नयाँ लेख निर्माण गर्नुका साथै यस विकिपिडियामा रहेका पुरानो लेखमा सामग्री थप्न सक्छन्।
समयतालिकासम्पादन
उद्देश्यसम्पादन
- नेपाली विकिपिडियाको स्तर अभिवृद्धि गर्न
- नेपालीभाषी माझ नेपाली विकिपिडियाको प्रयोगलाई विस्तार गर्न
- विज्ञान प्रविधिको यस युगमा नेपाली विकिपिडियालाई ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास गर्न
- ज्ञान अभिवृद्धिको कार्यलाई हर्षोल्लास तथा मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउन
कसरी सहभागी हुने?सम्पादन
विकिथन प्रतियोगितामा सहभागी हुनको लागि निम्नलिखित बुँदाहरू ध्यानपूर्वक पढ्नुहोस्:
कसले भाग लिन पाउने?सम्पादन
- सम्पूर्ण नेपालीभाषी (नेपाली, नेपालीमूलका वा नेपालीभाषाका जानकार) मित्रहरू यस प्रतियोगितामा भाग लिन सक्नेछन्।
- सहभागीहरूले आफ्नो प्रयोगकर्ता पृष्ठलाई विकिथन-८ ब्याचले शोभायमान गर्न सक्नुहुन्छ। यसको लागि आफ्नो प्रयोगकर्ता पृष्ठमा {{आठौँ विकिथन सहभागी प्रयोगकर्ताहरू}} राख्नुहोला।
- नोट
यस प्रतियोगितालाई आयोजन गर्ने समितिका सदस्यहरूले यस प्रतियोगितामा भाग लिन पाउने छैनन्।
विकिथनमा के गरिन्छ?सम्पादन
- धेरैजना मानिसहरू एक ठाउँमा जम्मा भएर विकिपिडियामा लेखहरू लेख्ने गर्छन्।
- अफलाइन कार्यक्रम आयोजना गरेर लेख कसरी लेख्ने वा कसरी प्रस्तुतिकरण गर्ने भन्ने बारेमा सीप सिकाइन्छ।
- लेखहरूलाई स्तरीकरण गरिन्छ।
- अफलाइन कार्यक्रममा उपस्थित हुन नसक्ने प्रयोगकर्ताहरूले आफू बसेकै ठाउँबाट अनलाइन योगदान गर्न सक्नेछन्।
नियमहरूसम्पादन
- पुरानो लेख सुधार गर्दा कम्तिमा २०० शब्दहरू जोड्नु पर्नेछ।
- नयाँ लेखमा अनिवार्य २०० शब्द, ज्ञानबाकस तथा स्रोत हुनुपर्नेछ।
पुरस्कारसम्पादन
- यस प्रतियोगितामा सहभागिता जनाई नियमानुसार १० वटा योग्य लेख सृजना गर्ने प्रतियोगीलाई प्रोत्साहन स्वरूप प्रमाण पत्र दिइनेछ।
विजेताहरूसम्पादन
- कार्यक्रम सकिएपछि विजेताको नाम सार्वजनिक गरिनेछ।