विकिपिडिया:विकिथन-४
विकिथन-४ | |
---|---|
आरम्भ | २०७२ असोज १४ |
समाप्ति | २०७२ मङ्सिर २ |
उद्घाटन | २०६८ |
पछिल्लो संस्करण | विकिथन-३ |
सहभागीहरू | विश्वभरका नेपाली भाषीहरू |
संरक्षक(हरू) | सरोज कुमार ढकाल |
आयोजनकर्ता | नेपाली विकिपिडियन |
चौथो विकिथन कार्यक्रम
सम्पादन गर्नुहोस्२०७२ सालको दशैं-तिहार-छठको अवसर पारेर विकिमिडिया समुदाय नेपालले २०७२ असोज १४ देखि मङ्सिर २ (छठ) सम्म चौथो नेपाली विकिथन कार्यक्रम आयोजना गरेको छ ।
उद्देश्य
सम्पादन गर्नुहोस्- नेपाली विकिपिडियाको स्तर अभिवृद्धि गर्नु
- नेपाली विकिपिडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
- नेपाली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
- विज्ञान प्रविधिको यस युगमा विकिपिडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
- ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु
विकिथनमा सहभागी हुन निम्न कुराहरूमा तयार रहनुहोस् :
सर्वप्रथम नेपाली विकिपिडियामा गएर आफ्नो खाता खोल्नुहोस : [{{{url}}}] खाता तयार भैसकेको भए प्रवेश गरेर यहाँ गएर आफ्नो नाम दर्ता गर्नुहोस् : दर्ता गर्न सम्पादनमा क्लिक गरेर अन्तिम हरफमा # ~~~~ राख्नुहोस अथवा wikithon.nepali[at]gmail[dot]comमा इमेल पठाउनुहोस् । विकिपिडिया कसरी सम्पादन गर्ने भन्ने जानकारी लिइराख्नुहोस् ।
नेपाली युनिकोड स्थापना
सम्पादन गर्नुहोस्विकिपिडियामा लेखहरू युनिकोडमा लेखिनु आवश्यक छ । यदी तपाईं आफ्नो कम्प्युटरमा युनिकोड स्थापना (इन्स्टल) गर्न चाहनुहुन्छ भने तल दिइएका लिङ्कहरूबाट युनिकोड सफ्ट्वेरहरू प्राप्त गर्न सक्नुहुनेछ । तर आफ्नो इच्छा अनुसार अन्य वेबसाइट प्रयोग गरी युनिकोडमा परिवर्तन गर्न र लेख्न पनि सक्नुहुनेछ ।
लिनक्स मेसिनहरूमा :
सम्पादन गर्नुहोस्SCIM या iBUS स्थापना गरेर नेपाली फन्टहरूको स्थापना गर्नुहोस् , यिनलाई आवश्यक इन्पुट टेबलहरूपनि स्थापना गर्नुहोस् ।
विन्डोज मेसिनहरूमा:
सम्पादन गर्नुहोस्मदन पुरस्कार पुस्तकालयबाट नेपाली किबोर्ड लेआउट डाउनलोड गरेर स्थापना गर्नुहोस् । नेपाली युनिकोडको स्थापना गर्न थप जानकारी यहाँ पनि रहेको छ । याद राख्नुहोस विकिपिडिया एक खुला ज्ञानको भण्डार हो । यो हामी सम्पूर्णको सम्पदा हो ।
कसले भाग लिन पाउने?
सम्पादन गर्नुहोस्- सम्पूर्ण नेपालीभाषी (नेपाली, नेपालीमूलका या नेपालीभाषाका जानकार) मित्रहरू जो विश्व भरी छरिएर रहेका छन्।
- सहभागीहरूले आफ्नो प्रयोगकर्ता पृष्ठलाई विकिथन-४ ब्याजले शोभायमान गराउन सक्नुहुन्छ । यसको लागि आफ्नो पृष्ठमा {{विकिथन-४}} राख्नुहोला !
विकिपिडिया तदर्थ समितिका सदस्यहरूले यस प्रतियोगितामा भाग लिन पाउने छैनन् ।
विकिथनमा के गरिन्छ?
सम्पादन गर्नुहोस्- धेरैजना मानिसहरू एक ठाउँमा जम्मा भएर विकिपिडियामा लेखहरू लेखिन्छन् र तिनलाई सम्पादन गरिन्छन्।
- लेख कसरी लेख्ने वा कसरी प्रस्तुतिकरण गर्ने भन्ने बारेमा सीप सिकाइन्छ।
- लेखहरूलाई स्तरीकरण गरिन्छ।
- तोकिएको स्थानमा उपस्थित हुन नसक्ने व्यक्तिहरूले आफू बसेकै ठाउँबाट अनलाइन योगदान गर्न सक्नेछन्।
योगदानको खाका
सम्पादन गर्नुहोस्- असोज १४ देखि मंसिर २ (छठ) सम्म सबैले आ-आफ्नो ठाउँबाट नेपाली विकिपिडियामा योगदान गर्ने। (नयाँ लेख लेख्ने तथा पुराना लेखमा सूचनाहरू थप गर्ने वा परिमार्जन गर्ने।)
- कार्तिक महिनाको पहिलो हप्तामा एक दिन एकैठाउँमा भेला भएर विकिथन डे मनाउने। मिति चाँडै तय गरिनेछ।
पुरस्कार
सम्पादन गर्नुहोस्- यस कार्यक्रममा भाग लिइ उत्कृष्ट योगदान दिने विकिकर्मीहरूलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ।
- प्रतियोगिता अवधी भरिमा सबैभन्दा धेरै लेखहरू सिर्जना गर्ने योगदानकर्ता पुरस्कृत हुनेछन् ।(कसैले पनि १०० लेखहरू पु-याउन नसकेको खण्डमा)
- १०० भन्दा बढी लेखहरू सिर्जना गर्ने योगदानकर्ताहरू भएमा पुरस्कार उनीहरूमाझ दामासाहीले बाँढिने छ।
- प्रतिसम्पादनमा कम्तिमा १० शव्द जरुरी हुनेछ ।
- विकिपिडियाका सम्पूर्ण नियमहरूको पालना भएको हुनुपर्ने छ ।
विजेताहरू
सम्पादन गर्नुहोस्- प्रथम विजेता:
- दोस्रो विजेता:
उत्कृष्ट योगदानकर्ताहरु:
सम्पादन गर्नुहोस्पुरस्कार संकलनका लागि कृपया माथि उल्लेखित विजेता तथा योगदानकर्ता मित्रहरुलाई आफ्नो नाम र सम्पर्क मोबाइल नं उल्लेख गरि यहाँ इमेल पठाउन अनुरोध गर्दछौं ।