सम्पर्कमा रहनुहोस् विकिथन ट्विटरमा फेसबुकमा
विकिथन-२
विकिथन-२को लोगो
आरम्भ२०७० असोज २५
समाप्ति२०७० कार्तिक २३
उद्घाटन२०६८
पछिल्लो संस्करणविकिथन-१
अघिल्लो संस्करणविकिथन-३
सहभागीहरूविश्वभरका नेपाली भाषीहरू
संरक्षक(हरू)सरोज कुमार ढकाल
आयोजनकर्तानेपाली विकिपिडियन

दोस्रो विकिथन कार्यक्रम सम्पादन गर्नुहोस्

२०७० सालको यस दशैं-तिहार-छठको अवसर पारेर विकिमिडिया नेपालले २०७० असोज २५ (फुलपाती) देखि कार्तिक २३ (छठ)सम्म दोस्रो नेपाली विकिथन कार्यक्रम आयोजना गर्यो ।

उद्देश्य सम्पादन गर्नुहोस्

  • नेपाली विकिपिडियाको स्तर अभिवृद्धि गर्नु
  • नेपाली विकिपिडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
  • नेपाली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
  • विज्ञान प्रविधिको यस युगमा विकिपिडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
  • ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु

विकिथनमा सहभागी हुन निम्न कुराहरूमा तयार रहनुहोस् :

सर्वप्रथम नेपाली विकिपिडियामा गएर आफ्नो खाता खोल्नुहोस : यहाँ खाता तयार भैसकेको भए प्रवेश गरेर यहाँ गएर आफ्नो नाम दर्ता गर्नुहोस् : दर्ता गर्न सम्पादनमा क्लिक गरेर अन्तिम हरफमा # ~~~~ राख्नुहोस अथवा wikithon.nepali[at]gmail[dot]comमा इमेल पठाउनुहोस् । विकिपिडिया कसरी सम्पादन गर्ने भन्ने जानकारी लिइराख्नुहोस् ।

नेपाली युनिकोड स्थापना सम्पादन गर्नुहोस्

विकिपिडियामा लेखहरू युनिकोडमा लेखिनु आवस्यक छ । यदी तपाईं आफ्नो कम्प्युटरमा युनिकोड स्थापना (इन्स्टल) गर्न चाहनुहुन्छ भने तल दिइएका लिङ्कहरूबाट युनिकोड सफ्ट्वेरहरू प्राप्त गर्न सक्नुहुनेछ । तर आफ्नो इच्छा अनुसार अन्य वेबसाइट प्रयोग गरी युनिकोडमा परिवर्तन गर्न र लेख्न पनि सक्नुहुनेछ ।

लिनक्स मेसिनहरूमा : सम्पादन गर्नुहोस्

SCIM या iBUS स्थापना गरेर नेपाली फन्टहरूको स्थापना गर्नुहोस् , यिनलाई आवश्यक इन्पुट टेबलहरूपनि स्थापना गर्नुहोस् ।

विन्डोज मेसिनहरूमा: सम्पादन गर्नुहोस्

मदन पुरस्कार पुस्तकालयबाट नेपाली किबोर्ड लेआउट डाउनलोड गरेर स्थापना गर्नुहोस् । यहाँ नेपली युनिकोडको स्थापना गर्न थप जानकारीयहाँ पनि रहेको छ। याद राख्नुहोस विकिपिडिया एक खुला ज्ञानको भण्डार हो । यो हामी सम्पूर्णको सम्पदा हो ।

कसले भाग लिन पाउने? सम्पादन गर्नुहोस्

  • सम्पूर्ण नेपालीभाषी (नेपाली, नेपालीमूलका या नेपालीभाषाका जानकार) मित्रहरू जो विश्व भरी छरिएर रहेका छन्।
  • सहभागीहरूले आफ्नो प्रयोगकर्ता पृष्ठलाई विकिथन-२ ब्याजले शोभायमान गराउन सक्नुहुन्छ । यसको लागि आफ्नो पृष्ठमा {{विकिथन-२}} राख्नुहोला !

नोट विकिपिडिया तदर्थ समितिका सदस्यहरूले यस प्रतियोगितामा भाग लिन पाउने छैनन् ।

विकीथनमा के गरिन्छ? सम्पादन गर्नुहोस्

  • धेरैजना मानिसहरू एक ठाउँमा जम्मा भएर विकिपिडियामा लेखहरू लेखिन्छन् र तिनलाई सम्पादन गरिन्छन्।
  • लेख कसरी लेख्ने वा कसरी प्रस्तुतिकरण गर्ने भन्ने बारेमा सीप सिकाइन्छ।
  • लेखहरूलाई स्तरीकरण गरिन्छ।
  • तोकिएको स्थानमा उपस्थित हुन नसक्ने व्यक्तिहरूले आफू बसेकै ठाउँबाट अनलाइन योगदान गर्न सक्नेछन्।

योगदानको खाका सम्पादन गर्नुहोस्

  • असोज २५ (फुलपाती) देखि कार्तिक २३ (छठ)सम्म सबैले आ-आफ्नो ठाउँबाट नेपाली विकिपिडियामा योगदान गर्ने। (नयाँ लेख लेख्ने तथा पुराना लेखमा सूचनाहरू थप गर्ने वा परिमार्जन गर्ने।)
  • कार्तिक महिनाको दोस्रो हप्तामा एक दिन एकैठाउँमा भेला भएर विकिथन डे मनाउने। मिति चाँडै तय गरिनेछ।

पुरस्कार सम्पादन गर्नुहोस्

  • यस कार्यक्रममा भाग लिइ उत्कृष्ट योगदान दिने विकिकर्मीहरूलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ।
  • प्रतियोगिता अवधी भरिमा सबैभन्दा धेरै लेखहरू सिर्जना गर्ने योगदानकर्ता पुरस्कृत हुनेछन् ।(कसैले पनि १०० लेखहरू पु-याउन नसकेको खण्डमा)
  • एक सय भन्दा बढी लेखहरू सिर्जना गर्ने योगदानकर्ताहरू भएमा पुरस्कार उनीहरूमाझ दामासाहीले बाँढिने छ।
  • प्रतिसम्पादनमा कम्तिमा १० शव्द जरुरी हुनेछ ।
  • विकिपिडियाका सम्पूर्ण नियमहरूको पालना भएको हुनुपर्ने छ।
  1. Nabin K. Sapkota- ९१९ सम्पादन
  2. Laxmi Rose- २९५ सम्पादन

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्