विकिपिडिया:प्रयोगकर्ता नाम नीति
यो एक विकिपिडियामा प्रस्ताव गरिएको नीति, दिशानिर्देश, वा प्रक्रिया हो। यो प्रस्ताव हाल बन्ने क्रममा रहेको छ वा बनिसकेको छ र नीति लागू गर्न वार्तालाप पृष्ठमा सहमतिको लागि प्रयास भइरहेको छ। |
पृष्ठ सारंश: प्रयोगकर्ता नाम छान्दा ती नामहरूको चयन नगर्नुहोस् जो आक्रामक, भ्रामक, विघटनकारी वा प्रचारक हुन सक्छन्। सामान्यतया, एउटा प्रयोगकर्ता नामले कुनै एउटै व्यक्तिलाई प्रतिनिधित्व गरिनुपर्छ। |
विकिपिडिया सम्पादन गर्नको लागि जब तपाईँले खाता बनाउनुहुन्छ, त्यस समय तपाईँले एउटा प्रयोगकर्ता नाम छान्नुहुन्छ। खाता बनाएर गरिने सबै योगदानहरू त्यो प्रयोगकर्ता नामसँग जोडिदै जान्छ (कसैले खाता नबनाई प्रवेश गरेर गरेको योगदानहरू इन्टरनेट प्रोटोकल ठेगानाबाट गरिएको देखिन्छ)। तपाईँले आफ्नो विकिपिडियाको प्रयोगकर्ता नाम परिवर्तन गर्न सक्नुहुन्छ। प्रयोगकर्ता नाम परिवर्तन भएपछि तपाईँको पुरानो योगदानसमेत नयाँ प्रयोगकर्ता नाममा जोडिन्छ। यो नीति पृष्ठले नेपाली विकिपिडियामा कस्ता कस्ता प्रयोगकर्ता नाम स्वीकार्य छैन भन्ने कुराको जानकारी दिन्छ।
अनुचित प्रयोगकर्ता नामसम्पादन
विघटनकारी वा आपत्तिजनक प्रयोगकर्ता नामसम्पादन
- अपशब्दहरू युक्त वा विवादलाई सन्दर्भित गर्ने प्रयोगकर्ता नाम।
- व्यक्तिगत आक्षेप गर्ने प्रयोगकर्ता नाम।
- भावनात्मक प्रतिक्रिया (ट्रलिङ) गर्ने अभिप्रायले बनाइएको प्रयोगकर्ता नाम।
प्रचारात्मक प्रयोगकर्ता नामसम्पादन
- प्रयोगकर्ता नाम जसले स्पष्ट रूपले कुनै कम्पनी, समूह, सङ्गठन, संस्था वा उत्पादनको नामलाई प्रतिनिधित्व गर्दछ।
- इमेल ठेगाना र युआरएल (जस्तै "Rahul@example.com" र "Example.com" को रूपमा) जसले कुनै व्यावसायिक वेब पृष्ठको प्रचार गर्छन्।
भ्रामक प्रयोगकर्ता नामसम्पादन
निम्नलिखित प्रयोगकर्ता नाम राख्नको लागि अनुमति छैन किनभने यस्ता प्रयोगकर्ता नाम भ्रामक हुन सक्छन् र यो परियोजनालाई बाधा पुर्याउन सक्छ:
- प्रयोगकर्ता नाम जसले अन्य प्रयोगकर्ता नामको नक्कल गरेको छ (कोही अरु भएर अरु नै हुने नाटक गर्ने), जस्तै सक्कली नाम र समान प्रयोगकर्ता नाम।
- प्रयोगकर्ता नाम जसले यो धारणालाई जन्म दिन्छ कि त्यो खातासँग कुनै विशेष अधिकार छ तर असलमा त्यो अधिकार त्यो प्रयोगकर्तासँग छैन ("प्रशासक", "स्टेवार्ड", "प्रबन्धक", "चेकयुजर", "ओभरसाइट", "सिसप" वा "मोडरेटर" जस्ता शब्दहरू युक्त)।।
- प्रयोगकर्ता नाम जसलाई सजिलै गलत रहेको बुझ्न सकिन्छ जस्तै प्रयोगकर्ता नामको पछि "बोट" राखेको छ।
- "विकिपिडिया", "विकिमिडिया", WMF जस्ता वाक्यांशहरू सहित प्रयोगकर्ता नाम यदि त्यसले गलत धारणा दिइरहेको छ। यस्ता खाताहरू आधिकारिक रूपले विकिमिडिया फाउन्डेसन वा त्यस्कै कुनै परियोजनासँग सम्बद्ध भएमा ठीक छ अन्यथा त्यसलाई गलत मानिन्छ।
- आइपी ठेगाना सरह प्रयोगकर्ता नाम भएमा।
यो पनि हेर्नुहोस्सम्पादन
- विकिपिडिया:दिशानिर्देशहरू
- श्रेणी:विकिपिडिया नीतिहरू: यस श्रेणीमा विकिपिडियाको सबै वर्तमान नीतिहरू पाउन सक्नुहुन्छ।