विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/आम्पान महाचक्रवात

आम्पान महाचक्रवात सम्पादन गर्नुहोस्

आम्पान बङ्गालको खाडी भन्दा माथि चरम तीव्रताको नजिक, १८ मे २०२०

आम्पान महाचक्रवात (बङ्गाली: ঘূর্ণিঝড় আম্পান) वा आम्फान महाचक्रवात हाल बङ्गालको खाडीमा सिर्जित एक भयानक आँधी वा चक्रवात हो जसको कारण पूर्वी भारत र बाङ्लादेशको तटीय क्षेत्रमा आँधीको खतरा रहेको छ। यो आँधी सन् २०२० को उत्तर हिन्द महासागरमा सिर्जित चक्रवातहरूको पहिलो उष्णकटिबन्धीय चक्रवात हो। यो चक्रवात सन् १९९९ मा आएको ओडिशा चक्रवात पछि बङ्गालको खाडीमा सिर्जित पहिलो महाचक्रवाती आँधी हो। सबैभन्दा पहिला यस आँधी हिन्द महासागरबाट सिर्जित भएको थियो भने पछि यो आँधी महाचक्रवातमा परिवर्तन भएको थियो। पहिलो दुई आँधीहरू बङ्गालको खाडीबाट सुरु भएका थिए भने यो पछि आम्पानको गतिमा पुगेको थियो। यस दुई आँधी मध्ये एकले भारतको ओडिशा राज्यमा प्रभाव पारेको थियो भने अर्कोले बङ्गलादेशको चट्टोग्राममा क्षति पुर्‍याएको थियो। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ७४७, अक्षर: ४०४, स्पेस: १११
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनका कारणहरू:
२९ अगस्त २०२० ०५:२३ नेपाली समय पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --


  असमर्थन समुदायको समर्थन बिना के को आधारमा तपाईले यो लेखलाई मुख्य लेखको लागि स्वीकृत गर्नु भयो? आफैं अनुरोध गरेर आफै १ घन्टा भन्दा पनि कम समयमा लेख स्वीकार गर्नु कुन नीति मा छ? स्वतन्त्र विकिलाई आफ्नो निजि सम्पत्ति सोच्नु हुन्छ जस्तो छ! मेरो घोर असमर्थन छ।Big Hero (कुरा गर्ने) १२:३०, २२ अगस्त २०२० (नेपाली समय)

  • लेखलाई आवेदन गरेपछि एक मिनेटको अन्तरालमा स्वीकृत गरेर प्रमुख पृष्ठमा देखिने ढाँचा बनाउनु एकदम अनैतिक कार्यमा पर्दछ। कमसेकम आवेदनमा तोकिएको समयावधिको पालना गर्नुपर्छ। यस लेखलाई आफैंले उत्कृष्ट ठान्नु भएको रहेछ तर समुदायलाई किन आफ्नो धारणा राख्ने समय दिइएन? यदि तपाईंलाई समुदायको मत्लब छैन भने किन उक्त आवेदन पृष्ठ निर्माण गर्नुभयो? आफैंले प्रमुख लेख तय गर्ने हो भने यस पृष्ठको आवश्यक छैन किनकि यो पृष्ठ समुदायको समर्थन, असमर्थन र छलफलको लागि निर्माण गरिएको हो नकि आवेदन गरेको एक मिनेटमा स्वीकृत गर्न बनाएको हो। पुराना समयावधि सकिएका धेरै आवेदनहरू थिए जसलाई ढाँचामा हालिएको भए कुनै समस्या थिएन तर भर्खरै आवेदन तयार परेर ढाँचामा हाल्नु उचित हुँदैन। अर्को कुरा तपाईंद्वारा आजसम्म प्रमुख लेखमा हालिएका एउटा पृष्ठले पनि मापदण्ड पुरा गरेको छैन। तपाईं नेपाली विकिपिडियालाई विश्वसनीय बनाउन चाहनुहुन्छ तर उक्त कार्य कुनै पनि विश्वसनीय विकिपिडियाले गरेको देखिन्न।--Saroj Uprety (कुरा गर्ने) १८:४३, २२ अगस्त २०२० (नेपाली समय)